Author Archive »

प्रधानमन्त्री कप क्रिकेट: एपीएफको लगातार दोस्रो जित

प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ। आज (मंगलवार) मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै एक दिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको हो। सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले ११ ओभर २ बलमा कुनैपनि विकेट नगुमाइकन भेट्टाउन सफल बन्यो। उसका लागि आशिफ शेखले…

प्रधानमन्त्री कप क्रिकेट: प्रदेश–१ को उत्कृष्ट जित

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा प्रदेश–१ ले उत्कृष्ट जित निकालेको छ। उसले बागमती प्रदेशमाथि ६९ रनको जित निकालेको हो। प्रदेश–१ ले दिएको ३०५ रनको बिशाल लक्ष्य पछ्याएको बागमती ४५.५ ओभरमा २३५ रनमा अलआउट बन्यो। जसमा नन्दन यादवले ४३, ईशान पाण्डेयले ३५ र रामनरेश गिरीले २८ रनमा अविजित रहे। प्रदेश–१ का श्रवण यादवले ३, फ्रिदोस अन्सारी,…

कार्तिक ३० मा नेपालले पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

कार्तिक ३० गते नेपाली राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार मैत्रीपूर्ण खेलको मिति तय गरेको हो। विश्व फुटबल महासंघ (फिफा) को निलम्बन फुकुवा भएसँगै ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानले नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो। यस खेलका लागि एन्फाले प्रवेश कटुवाललाई मुख्य…

महिला साफ यु–१५ च्याम्पियनसीप: बंगलादेशको विजयी सुरुआत

आयोजक बंगलादेशले महिला साफ यु–१५ च्याम्पियनसीप फुटबलमा विजयी सुरुआत गरेको छ। ढाकामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै च्याम्पियनसीपमा बंगलादेशले सुखद सुरुआत गरेको हो। च्याम्पियनसीपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता छ। नेपालले बिहीबार भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि उचाल्नेछ।…

एमालेको घोषणापत्र: ‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र’

नेकपा (एमाले) ले आज (मंगलबार) आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। सार्वजनिक गरेको ९६ पृष्ठ लामो चुनावी घोषणापत्रमा एमालेले ‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र’ लाई मूलमन्त्र मानेको छ। साथै, घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल: सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिएको छ। कुल ५ खण्ड रहेको एमालेको घोषणापत्र अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधिसभा…

माओवादीको घोषणापत्र सार्वजनिक, प्रत्यक्ष निर्वाचित राष्ट्रपति

नेकपा माओवादी केन्द्रले मंसीर ४ गते हुने चुनावको घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (सोमवार) आयोजित कार्यक्रममा सार्वजनिक भएको घोषणापत्रमा माओवादीले स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेन्डालाई प्राथमिकता दिएको छ। संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डल रहने व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ। संसद् मुख्यरूपमा विधायन…

पीएम कप: पुलिसको दोस्रो जित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ। समूह बी अन्तर्गत भएको खेलमा पुलिसले प्रदेश–१ लाई ७ विकेटले पराजित गरेको हो। मूलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै प्रदेश–१ ले दिएको १०२ रन बनाएको थियो। जवाफमा पुलिसले २६१ बल बाँकी हुँदै ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको…

पीएम कप: गण्डकीले सुदूरपश्चिमलाई हरायो

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६९ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा गण्डकीले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३२.४ ओभरमा सबै विकेट गुमाउनुअघि १३९ रनमात्र जोड्न सक्यो। सुदूरपश्चिमलाई सस्तैमा समेट्न विपिन कार्कीले ४ विकेट लिए। अभिषेक बस्नेत र सुवास भन्डारीले समान २/२ विकेट लिँदा…

नेकपा (एकीकृत समाजवादी)को घोषणापत्र सार्वजनिक

नेकपा (एकीकृत समाजवादी) ले चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको घोषणापत्रमा एकीकृत समाजवादीले निर्वाचन प्रणालीमा सुधार गर्न जोड दिएको छ। उसले महँगो निर्वाचन प्रणालीका कारण राजनीतिमा त्याग गरेका र आर्थिकरुपमा कमजोर व्यक्तिले कहिल्यै शासकीय जिम्मेवारीमा पुग्न नसक्ने ठहर गर्दै निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएको छ। सो पार्टीले आज (सोमबार) सार्वजनिक गरेको प्रतिनिधिसभा र…

दोश्रो संस्करणको गणेशमान सिंह टेनिस प्रतियोगिता कार्तिक १९ गतेबाट

नेपाली राजनीतिका युग पुरुष प्रजातान्त्रीक योद्धा वीर गणेशमान सिंहको संस्मरणमा आयोजना हुने दोश्रो संस्करणको टेनिस प्रतियोगिता यही कार्तिक १९ गतेबाट हुने भएको छ। वीर गणेशमान सिंह प्रतियोगिता अन्तरगत टेनिस र १० के रोड रेस हुने कार्यक्रम रहेको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ। ललितपुर सातदोवाटोस्थित टेनिस कोर्टमा २६ गतेसम्म हुने टेनिस प्रतियोगितामा सिनियर…