
आज कार्तिक सप्तमी तिथी। अर्थात, छठ पर्वको अन्तिम दिन। पोखरामा पनि उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिएको छ। पोखरामा पनि छठ पूजालाई व्यवस्था गरिएको थियो। केदारेश्वर महादेवमणि मन्दिर नजिकैको फेवाताल किनार, पोखराको नदीपुरस्थित नारायणस्थानको सेतीनदी घाट, पोखराकै कालीखोला किनार र भद्रकाली मन्दिर नजिकैको माछा पोखरीमा छठ पूजा र स्नान गर्ने भक्तजनलाई व्यवस्थित गरिएको…
नेकपा एमाले, गण्डकी प्रदेश कमिटीले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ। ‘सुशासन, समृद्ध र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ मूल नाराका साथ एमालेले २४ पृष्ठको प्रतिबद्धतपत्र आज (आइतबार) पोखरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। आगामी मंसीर ४ गते हुने निर्वाचनलक्षित प्रतिबद्धतापत्रमा विगतका अपूरा योजनालाई पूरा गर्दै समाजवादको आधार तयार गर्ने र केन्द्र सरकारसँगको आर्थिक…
विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा सुखद सुरुवात गरेको छ। मुलपानी क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई १९२ रनले हरायो। पुलिसले दिएको २९० रनको विजयी लक्ष्य पछ्याएको बागमती २८ ओभरमा सबै विकेटको क्षतिमा ९७ रनमा समेटिएको थियो। बागमतीको लागि ईशान पाण्डेले सर्वाधिक २४ रन बनाए। रामनरेश गिरीले २२,…
फूट ट्र्याक बनेपछि फेवातालको मुहार नै फेरियो। ठेलमठेल हिँड्ने पर्यटक, लस्करै बनेका रेस्टुरेन्ट, झिलिमिली बत्तीले फेवाताल किनारलाई गुल्जार बनायो। त्यतिञ्जेलसम्म उत्तिकै संभावना बोकेको बेगनासतालमा भने फाट्टफुट्ट मात्रै पर्यटक पुग्थे। ताल किनार सुनसानप्राय देखिन्थ्यो। अहिले बेगनासताल किनारमा पनि फूट ट्र्याक बनेपछि भने पर्यटकको चाप बढेको छ। संघीयता कार्यान्वयनपछिको पहिलो निर्वाचनमा कास्की निर्वाचन क्षेत्र १ (१) बाट…
एभरेस्ट एफ एम ९३ मेगाहर्जले आगामी बुधबार आकस्मिक रक्तदान गर्ने भएको छ। विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पूरा गर्न क्षेत्रप्य रक्तसंचार केन्द्रको अनुरोधमा कार्यक्रमको आयोजना गर्न लागिएको एफएमले जनाएको छ। ‘स्वस्थ जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको एफएमका प्रबन्ध निर्देशक…
विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ। त्रिवि मैदान कीर्तिपुरमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हरायो। एपीएफले दिएको २२० रनको विजय लक्ष्य पछ्याएको आर्मी ३२.१ ओभरमा सबै विकेटको क्षतिमा १६३ रनमा समेटिएको थियो। आर्मीका लागि हरि चौहानले ६५ र रोहित…
ओलम्पियन तेक्वान्दो खेलाडी संगीना बैद्यलाई युएई–दुवईमा सम्मान गरिएको छ। दुवईस्थित नुवाकोट सेवा समाज युएईले ओलम्पिकमा छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागी हुन सफल पहिलो खेलाडी तथा दक्षिण एशियाली खेलकुदमा लगातार २ पटक स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी संगिनालाई नुवाकोटको गरिमा बढाउन सफल भएकोमा सम्मान गरिएको जनाएको छ। नुवाकोटे चेली संगिनालाई आईतबार कोशेली होटल बर,…
आज कार्तिक शुक्ल पञ्चमी अर्थात आजदेखि आस्थाको महापर्व छठको ब्रत सुरु भएको छ। छठ पर्वको मुख्य दिन आज धुमधामसँग मनाइँदैछ। छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी जल चढाएर छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ। विशेषगरि तराईबासीको मुख्य पर्वको रुपमा रहेको यस पर्वको दिन सरकारले हरेक वर्ष सार्वजनिक विदा…
एकीकृत समाजवादी पार्टी कास्कीका सचिव होमबहादुर नेपाली नेकपा एमालेमै फर्किएका छन्। उत्पीडित जातीय मुक्ति समाज, निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नं. २ ले शनिवार आयोजना गरेको कार्यकर्ता भेलामा नेपालीलाई एमालेमा स्वागत गरिएको हो। विगतमा नेकपा एमालेमा रहँदा नेपाली कास्की जिल्ला कमिटी सदस्य तथा मुक्ति समाजको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए। नेकपा (एस) का केन्द्रीय प्रतिनिधि सदस्यसमेत…
कास्की–१(क) का प्रदेशसभा उम्मेदवार दीपक कोइरालाले पोखरा महानगरपालिका–३२ को मालेपाटन र ढोडबेंसीलाई उखु खेतीको हब बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। ५ दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कोइरालाले स्थानीयको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। उनले आज (शनिबार) उक्त वडाको मालेपाटन, ढोडबेंसी, फेदी, डाँडागाउँका स्थानीयसँग भेटघाट गरे। स्थानीय युवा, वृद्धवृद्धा, समाजसेवीसँग भेटघाट गरेर त्यस…