
नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्य कास्की निर्वाचन क्षेत्र नम्वर २ (१) का प्रत्यासी उम्मेदवार भीमबहादुर कार्कीले गण्डकी प्रदेशका ३ जिल्ला कास्की, स्याङ्जा र तनहुँको संगमस्थलको रूपमा रहेका महानगरका २ वडा पोखरा २१ र ३३ लाई महत्वपूर्ण केन्द्रको रूपमा विकास गर्ने गरी कामका योजना अगाडी बढाउने बताएका छन्। विगतमा सुरुवात भएका महत्वपूर्ण काम पूरा गर्ने…
महिला उद्यमी रामकली खड्का सिद्धि गौचन स्मृति पुरस्कार–२०७९ बाट सम्मानीत भएकी छिन्। जरो टुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित खड्कालाई उक्त पुरस्कार प्रदान गरिएको हो। पुरस्कार सिद्धि गौचनको १२ औं स्मृति दिवस पारेर आज (शनिबार) पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा आयोजित एक कार्यक्रमका बीच अर्पण गरिएको हो। पुरस्कारको राशी नगद १० हजार १ सय…
कास्की निर्वाचन क्षेत्र नं २ ‘क’ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले कास्कीलाई समृद्ध बनाउने योजना आफूसित भएको दाबी गरेका छन्। पोखरा २१ मा ५ दलीय गठबन्धनको प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेदवारको सम्पर्क कार्यालय स्थापना कार्यक्रममा लामिछानेले भने, ‘कास्कीलाई समृद्ध बनाउने योजना छन्, पूरा गर्ने जिम्मेवारी दिनुस्।’ उनले विगतमा आफूले पाएका जिम्मेवारी…
होटल संघ पोखरा नेपालले तिहारका अवसरमा विहीबार आयोजना गरेको १५ औं भाइटीका महोत्सव–२०७९ मा देश–विदेशका पर्यटकसहित ३५ जनाले सहभागिता जनाएका छन्। महोत्सवमा अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, इटली, जर्मनीलगायतका देशका पर्यटकले भाग लिएको संघले जनाएको छ। लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रेन होम नेपालका छात्राहरुले सहभागीलाई भाइटीका लगाइदिएका थिए। संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै…
आज कार्तिक शुक्ल द्वितीया तिथि, अर्थात यमपञ्चक (तिहार) को पाँचौँ दिन आज भाइटीका पर्व। आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाईलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्यप्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका…
कास्कीका सत्तारुढ गठबन्धनका नेताहरुले चुनाबी परिणाम गठबन्धनका उम्मेदवारहरुको पक्षमा आउने गरी एकजुट बन्न आग्रह गरेका छन्। सत्तारुढ गठबन्धन दलहरुको कास्की २(ख) को निर्वाचन सम्पर्क कार्यालयको भएको उद्घाटन कार्यक्रममा बोल्दै सत्तारुढ दलका नेताहरुले आफ्ना नेता–कार्यकर्ताहरुलाई अनुरोध गरे, ‘गठबन्धनका उम्मेदवारहरुको पक्षमा नतिजा निकाल्न चुनाव प्रचार–प्रसारमा लाग्नुहोस।’ नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले गठबन्धन आजको आवश्यकता…
आज कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक तिहारको चौँथो दिन। अर्थात, आजको दिन गोवर्धन पूजा साथै नेपाल संवत देशभर मनाइँदैछ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो। कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ। गोवर्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने…
यमपञ्चक (तिहार)को तेस्रो दिन गाईतिहारको दिन सांस्कृतिक सुन्दर पर्यटकीय नगरी पोखरालाई देउसी भैलो माहौलले तताएको छ। विविध उद्देश्य लिएर पोखराका सबै ठाउँमा देउसी भैलो खेलेपछि यहाँको गुञ्जायस बढेको छ। विशेषगरी, स्थानीय संघसंस्था, आमा समूह र क्लबहरु देउसी भैलोमा झुम्मिएका छन्। हेर्नुहोस, फोटो फिचर तस्बीर: नारायण शाही
यो वर्षको यमपञ्चक (तिहार) सुरु भएसँगै पर्यटकीय सुन्दर नगरी पोखराका घर–घरमा झिलिमिलिका बत्तिहरु सजिएर बलिसकेका छन्। दिपावली भन्ने बित्तिकै झिलिमिलि बत्ति र फूलैफूलको संगम मानिन्छ । यमपञ्चक (तिहार) सुरु भएदेखि नै पोखरालाई विद्युतीय बत्तिले झिलिमिली पारेर सिंगार्न सुरु गरिएको छ। दिपावलीलाई स्वागत गर्दै देखिएको पोखरास्थित झिलिमिलिका केहि तस्बिरहरु। हेर्नुहोस, फोटो फिचरमा तस्बीरः नारायण शाही
आज (मंगलवार, विसं २०७९ कार्तिक ८ गते) तदनुसार अक्टोबर २५, २०२२ का दिन। आजको दिनमा चन्द्रमा सूर्यको अगाडिबाट जाने भएकाले आंशिक सूर्य ग्रहण हुनेछ। विश्वभरका मानिसहरूले आ–आफ्नो स्थानअनुसार यस ग्रहणलाई देख्न सक्नेछन्। यस आंशिक ग्रहण अफ्रिका, एसिया, युरोप र बेलायतको गुर्नसेको उत्तरी गोलाद्र्धमा देखिनेछ र उत्तरी ध्रुव र रुसमा चाहिँ ग्रहणको सबैभन्दा चरम सीमा देखिनेछ।…