Author Archive »

खेलकुद पत्रकार मञ्च गण्डकीमा १९ जना सदस्य थपिए

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीमा १९ जना सदस्य थपिएका छन् । मञ्चको शनिबार पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको चौधौं बैठकले यो निर्णय गरेको हो। मञ्चका महासचिव राजाराम पौडेलले दिएको जानकारी अनुसार सदस्य बन्नका लागि ३० जना पत्रकारले आवेदन दिएका थिए। उनीहरुमध्येबाट प्राप्त कागजातसहितको विवरण र सक्रियताको आधारमा १९ जना सदस्य छनोट गरिएको हो। जसमध्ये अनुप…

नवौं राष्ट्रिय खेलकुद : गण्डकीबाट स्क्वासका ७ खेलाडी छनोट

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्क्वास खेल्न गण्डकी प्रदेशबाट ७ जना खेलाडी छनोट भएका छन्। पोखरा रंगशालास्थित स्क्वास कोर्टमा शनिबार सम्पन्न खेलको आधारमा गण्डकी प्रदेशबाट पुरुषतर्फ ४ र महिलातर्फ ३ जना छनोट भएका हुन्। पुरुषतर्फ अमृत थापामगर (गोरखा), दीपक थापामगर (कास्की) र नवराज थापा (स्याङ्जा) छनोट भएका हुन्। पुरुषतर्फ र हिराकाजी श्रेष्ठ (कास्की) वैकल्पिक खेलाडीका…

पोखरा महानगरका नयाँ मेयर धनराजका १०० दिन

पोखरा महानगर नयाँ नेतृत्वले आफ्ना १०० दिनका उपलब्धि सार्वजनिक गरेको छ। बैसाख ३० गते भएको स्थानीय तह निर्वाचनपछि पोखरा महानगरपालिकामा जनप्रतिनिधि आएको १०० दिन पुगेको छ। मेयर धनराज आचार्य नेतृत्वको पोखरा महानगरले १०० दिनभित्र महानगरवासीमा आशा जगाएको छ। सपथ ग्रहण सकिनासाथ ३ सय ७५ वटा फुलका विरुवा रोपेर पदस्थापन गरेका मेयर आचार्यले अहिलेसम्म २४ हजार…

नवौं राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशबाट व्याडमिन्टनका खेलाडीहरु छानिए

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत व्याडमिन्टन खेलका लागि गण्डकी प्रदेशबाट खेलाडीहरु छनोट गरिएको छ। गण्डकी प्रदेशस्तरीय खेलकुद प्रतियोगिताबाट खेलाडीहरु छानिएका हुन्। आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि ब्याडमिन्टनतर्फ गण्डकी प्रदेशबाट ७ पुरुष र ५ महिला गरी १२ खेलाडी छनोट हुन सफल भएका छन्। जसमध्ये पुरुषतर्फ कास्कीका विधान अधिकारी, विशाल खड्का, इशान खड्का, शम्भू श्रेष्ठ, भूगोल…

नवौं राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशस्तरीय कबड्डीमा कास्कीलाई दोहोरो उपाधि

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरीय कबड्डीमा कास्कीले दोहोरो उपाधि दोहोरो उपाधि जितेको छ। कास्कीले महिला र पुरुषतर्फ दुवैमा स्वर्ण पदक जित्दै दोहोरो उपाधि जितेको हो। महिला कबड्डीतर्फ कास्कीले म्याग्दीलाई ४६ बिरुद्ध ६० अंकले जित हासिल गर्दै विजयी भयो भने बाग्लुङले गोर्खालाई १४ बिरुद्ध ५७ ले पाराजित गर्दै काश्य यदक जितेको छ। यस्तै,…

नवौं राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट करातेमा कास्की च्याम्पियन

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट करातेमा प्रतियोगितामा कास्की जिल्ला टिम च्याम्पियन बनेको छ। कास्कीले ८ स्वर्ण, २ रजत र २ कास्यसहित टिम च्याम्पियन बनेको सुवास खड्काले बताएका छन्। त्यस्तै, स्याङजा १ स्वर्ण, २ रजत र ७ कास्य पदकका साथ उपविजेता र तनहुँ १ स्वर्ण, २ रजत र २ कास्यसहित तेस्रो…

गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीको दोहोरो जित

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय ह्याण्डबल छनोट प्रतियोगितामा कास्कीले दोहोरो जित हासिल गरेको छ। पोखरा रंगशालाको ह्याण्डबल प्रशिक्षण केन्द्रको कोर्टमा सम्पन्न फाइनल खेलमा महिला तथा पुरुषतर्फ बागलुङकै महिला तथा पुरुष टोलीमाथि कास्कीले जित हासिल गरेको हो। महिलातर्फको ह्याण्डबल खेलमा कास्कीले बागलुङलाई २ का विरुद्ध १४ गोलको फराकिलो अन्तरले पराजित गरेको हो। यसैगरी, पुरुषतर्फ कास्कीले…

लमजुङमा १ वर्षमा ४७१ जनाले पाए रोजगारी

कोरोना महामारीले गर्दा बेरोजगार बन्न पुगेका युवायुवतीलाई लक्षित हुने गरी घरेलु तथा साना उद्योग कार्यालयले लमजुङका बेरोजगार युवायुवतीलाई सिप प्रदान गरेको छ। कार्यालयले जिल्लाका ८ वटै स्थानीय तहका बेरोजगार युवायुवतीलाई विशेष प्राथमिकता दिँदै विभिन्न तालिम प्रदान गरेको हो। जसअन्तर्गत १ महिने ड्राइभिङ तालिम सात दिने, अचार बनाउने तालिम, १५ दिने गुडिया बनाउने तालिम, यसै तीन…

नेपालले केन्याविरुद्धको एक दिवसीय पहिलो खेलमा जित निकाल्यो

नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एक दिवसीय खेलमा जित निकालेको छ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले केन्यालाई ७ विकेटले हराएको हो। केन्याले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा आसिफ शेखले १ सय १० रनको शतकीय इनिङ खेले। उनले १…

महेन्द्रपुलको हिमालयन गार्डेन मिनी मार्केट पनि नि:शुल्क सार्वजनिक शौचालय संचालनमा आयो

पोखरा महानगरपालिका वडा नम्बर ४ ले सार्वजनिक शौचालय संचालन गरेको छ। चिप्लेढुंगास्थित हिमालयन गार्डेन मिनी मार्केटसँगको सहकार्यमा गरेर वडा कार्यालयले सार्वजनिक शौचालय संचालनमा ल्याएको हो। उक्त शौचालयको पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली र वडा नम्बर २ का वडाध्यक्ष दिवसमान प्रधानांगले शुक्रबार बिहान शुभारम्भ गरेका छन्। जनप्रतिनिधिको १०० दिन पुगेको उपलक्ष्यमा उक्त सेवा थालनी गरिएको…