
फेवातालको सीमाना (तालघर) मा पिल्लरहरु गाढ्ने कामको सुरुवात गरिएको छ। तिनै तहका सरकारका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि तालको सिमांकन गरी सीमाक्षेत्रमा पिल्लरहरु गाढिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए। पहिलो दिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रदेश प्रहरी कार्यालय…
नेपालको महिला राष्ट्रिय फुटबल टोली पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग पराजित भएको छ। थाइल्यान्डको क्लोज डोरमा शुक्रबार भएको खेलमा थाइल्यान्डसँग १–० गोलअन्तरले नेपाल पराजित भयो। पहिलो हाफमा नेपालले थाइल्यान्डलाई गोलरहित बराबरीमा रोक्न सफल बन्यो। खेलको दोस्रो हाफमा भने थाइल्यान्डले नेपाललाई १ गोल हानेको हो। एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपालले थाइल्यान्डविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय…
पोखराको फेवातालको तालघरमा शनिबारदेखि पिल्लरहरु गाढिदैँछ। फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि गठित फैसला कार्यान्वयन सहजीकरण समितिले तालघरमा पिल्लरहरु गाड्ने भएको हो। समितिका संयोजक तथ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोलिदेखि नै ३ तहका सरकारको उपस्थितिमा फेवातालको चारैतिर पिल्लरहरु गाड्ने पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताए। पत्रकार सम्मेलनमा जनाइएअनुसार मुख्यमन्त्री पाण्डेले पहिलो पिल्लर गाढ्नेछन्।…
साविक विजेता टिप टप हेल्प नेपाल एनभीए भलिबल लिगको पाँचौ पटक च्याम्पियन बनेको छ। हेल्प नेपालले नवौं संस्करणको पीएम कप एनभीए लिगको पुरुषतर्फको उपाधिसमेत रक्षा गरेको छ। हेल्प नेपालको यो पाँचौं एनभीए लिग उपाधि हो। हेल्प नेपालले एनभीए भलिबलको उपाधिसहित सर्वाधिक पुरस्कार राशि नगद ८ लाख जित्यो। उपविजेत ाबनेको गण्डकीले नगद ४ लाख पुरस्कार जित्यो।…
साबिक विजेता विभागीय नेपाल पुलिस क्लबले महिलातर्फ नवौं संस्करणको भलिबल लिगमा च्याम्पियन बनेको छ। पुलिस क्लबले लगातार पीएम कप एनभीए भलिबल लिगको उपाधि रक्षासमेत गरेको छ। पुलिसले फाइनलमा टिपटप न्यु–डायमण्ड युथ स्पोर्ट्सलाई फाइनलमा ३–१ को सेटमा हराउँदै उपाधि रक्षा गर्यो। पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा विहीबार भएको फाइनलमा पुलिसले न्यु–डायमण्डलाई २५–२०, २२–२५, २८–२६ र २५–१४…
चैतको १५ गते काठमाण्डौको तीनकुनेमा भएको हिंसात्मक घटनाका आरोपीहरूको बयान सुरू भएको छ। आइतबार दर्ता भएको मुद्दामा सोमबारदेखि काठमाण्डौ जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सुरू भएको हो। चैत १५ गतेको आन्दोलनका कमान्डर दुर्गा प्रसाईंसहित ५० जनालाई व्यक्ति विशेष मुद्दा र ११ जनालाई आपराधिक उपद्रवअन्तर्गत मुद्दा दायर गरेको सरकारी वकील कार्यालय काठमाण्डौले जनाएको छ। यस्तै, आरोपी ४…
प्रेस काउन्सिल नेपालले विभिन्न ५ मातृभाषामा अनुवाद गरी पत्रकार आचारसंहिता सार्वजनिक गरेको छ। योसहित नेपाली मिडियामा विभिन्न ८ मातृभाषाका आचारसंहिता प्रयोगमा छन्। शुक्रबार काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर र राष्ट्रिय समाचार समातिका अध्यक्ष धर्मेन्द्र झाले भोजपुरी, राई वान्तावा, तामाङ, डोट्याली, लिम्बु भाषामा अनुवादित पत्रकार आचारसंहिता सार्वजनिक गरे। यसअघि, काउन्सिलले थारु,…
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया हाउसहरुले राज्य व्यवस्थालाई सुदृढ र उत्तरदायी बनाउने कुरामा जोड दिएका छन्। संचार तथा सूचना प्रविधि मन्त्रालयले शनिबार पोखरामा आयोजना गरेको ‘पत्रकारितामा महिलाहरुको सहभागिता तथा विकासको लागि सरोकारवालासँगको अन्तरक्रिया तथा छलफल कार्यक्रम’ मा बोल्दै मन्त्री गुरुङले प्रष्ट पारे, ‘पत्रकार तथा मिडिया हाउसले राज्य व्यवस्थालाई कसरी अझ सुदृढ र…
संचारिका समूहकी संस्थापक अध्यक्ष दुर्गा भण्डारी र संचारिका समूह, गण्डकीकी पूर्व अध्यक्ष जमुना वर्षा शर्मालाई संचारिका पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। संचारिका समूह गण्डकीले दुर्गा र जमुना वर्षालाई पुरस्कार प्रदान गरिएको हो। संचार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना र संचारिका समूह गण्डकीको सह–आयोजनामा शनिबार पुरस्कार अर्पण कार्यक्रम गरिएको हो। पोखरामा शनिबार पत्रकार महिलाको क्षमता अभिवृद्धि…
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। उनका व्यावसायिक साझेदार छविलाल बन्जाडेलाई पनि थुनामै राख्नेगरी मातहत अदालतको आदेश सर्वोच्च अनालतले सदर गरेको छ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले ३ दिनको सुनुवाइपछि आदेश सुनाएको हो। मंगलबार र बिहीबार पनि बहस भएको थियो। तर, बहस नसकिएपछि हेर्दाहेर्दैमा…