Author Archive »

पीएम कप एनभीए भलिबल सुरु, महिलातर्फ एपीएफको विजयी सुरुवात

नवौं संस्करणको प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा विभागीय सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा विहीबार सुरु भएको भलिबल लिगमा कर्णाली प्रदेशमाथि ३–० को सेटमा जीत निकाल्दै नेपाल एपीएफ क्लबले पहिलो खेलबाट विजयी यात्रा सुरुवात गरेको हो। एपीएफले कर्णालीमाथि २५–१०,२५–१०, २५–१५ को सहज जीत निकाल्यो। अब महिलातर्फको दोस्रो…

पीएम कप एनभीए भलिबल: महिलातर्फ विभागीय आर्मीमाथि एभरेष्टको जीत

एभरेष्ट भलिबल क्लबले पोखरामा आज सुरु भएको नवौं संस्करणको पीएम कप एनभीए भलिबल लिगमा विजयी सुरुवात गरेको छ। एभरेष्टले आफ्नो पहिलो खेलमा विभागीय सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराएको हो। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा पहिलो सेट २२–२५ ले गुमाएको एभरेष्टले त्यसपछि विभागीय आर्मीमाथि लगातार २५–१९, २५–१७,२५–१३ ले सेट आफ्नो पक्षमा पार्‍यो। राष्ट्रिय टोलीकी…

प्रेस काउन्सिलको ध्यानाकर्षण: ‘पत्रकारहरुले गैरपेसागत कार्यहरु नगरौं’

प्रेस काउन्सिल नेपालले देशका केही जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत क्रियाकलाप भएको पाइएको जनाएको छ। त्यस सम्बन्धमा काउन्सिलले गंभीर ध्यानाकर्षण भएकोसमेत जनाएको छ। काउन्सिलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सिरहा, कैलाली, पर्सा, धनुषा, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, सुनसरीलगायतका जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत कार्य भएको गुनासा आएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो। ‘मिडियाको…

गोपनीयतासँग जोडिएका सूचनाहरु दिन जरुरी छैन: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले गोपनीयतासँग जोडिएका सूचनाहरू दिन जरुरी नरहेको बताएका छन्। राष्ट्रिय सूचना आयोगले मंगलबार आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले स्पष्ट पारे, ‘संविधानले नागरिकलाई सूचनाको हकको अधिकार दिएको छ। तर, मुलुकको शान्ति सुरक्षा, मुलुकको प्रतिरक्षा, वैदेशिक सम्बन्ध, कुटनीतिक सम्बन्धलगायतका सूचनाहरू दिन जरुरी छैन।’ उनले यी सूचनाहरू मुलुकको प्रतिरक्षासँग जोडिएकाले…

पोखराको लेकसाइडमा जेठको ९ गतेदेखि ‘गाउँ पर्यटन मार्ट–२०८२’ हुँदै

पोखराको लेकसाइडमा यही जेठको ९ गतेदेखि तेस्रो संस्करणको ‘गाउँ पर्यटन मार्ट–२०८२’ हुँदैछ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सह–आयोजनामा ‘गाउँ पर्यटन मार्ट–२०८२’ हुने भएको हो। मार्ट आयोजना हुने मिति : २०८२, जेष्ठ ९ र १० गते। मार्ट आयोजना हुने स्थान : क्रिस्टल महल, अम्बोट, लेकसाइड स्ट्रीट…

स्याङ्जाको गल्याङमा १८१ विद्यार्थीलाई १२ लाख छात्रवृत्ति

स्याङ्जाको गल्याङ नगरपालिकाले विपन्न परिवारका १८१ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेको छ। आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले १२ लाख १७ हजार ८ सय रुपैयाँ छात्रवृत्तिस्वरुप उपलब्ध गराएको नगर प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिएका छन्। नगरपालिकाका गल्याङ बहुमुखी क्याम्पस र मालुंगा बहुमुखी क्याम्पसमा अध्ययनरत् जेहेनदार, विपन्न तथा गरिब छात्रछात्रालाई…

प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबलको तयारी पूरा

पोखरामा पहिलो पटक हुन गइरहेको नवौं संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको तयारी पूरा भएको छ। एनभीए भलिबल प्रतियोगिता तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा भलिबल संघ अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिएका छन्। अध्यक्ष चन्दले भलिबल संघको आयोजनामा पहिलो पटक भलिबलको ठूलो लिग पोखरामा गर्न गएको बताए। उनले पोखरालाई ‘भलिवुड सिटी’…

महिला टी–२० विश्वकप छनोट: नेपालले थाइल्यान्डसँग हार्‍यो

महिला टी–२० क्रिकेट विश्वकपको एशिया छनोटमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। आइसीसी महिला टी–२० क्रिकेट विश्वकपको एशिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपाल घरेलु टोली थाइल्यान्डसँग ७८ रनले पराजित भएको हो। योसँगै थाइल्यान्डले अपराजित रहँदै उपाधि जित्दा नेपाल उपविजेतामा सीमित बन्यो। थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा…

एक हजार ३८७ विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम लागू

आर्थिक वर्ष २०८०/८१ मा एक हजार ३८७ विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम लागू भएको छ। स्वास्थ्य सेवा विभागको वार्षिक स्वास्थ्य प्रतिवेदन २०८०/८१ मा ‘विद्यालय नर्स कार्यक्रम’ एक हजार ३८७ विद्यालयमा लागू भएको उल्लेख गरेको छ। उक्त प्रतिवेदनअनुसार उक्त कार्यक्रम नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाअन्तर्गत १९ प्रतिशत अर्थात २६० वटा विद्यालयमा लागु भएको छ भने…

सगरमाथा संवाद सकियो, २५ बुँदे आह्वान जारी

नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद सकिएको छ। २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आइतबार सगरमाथा संवाद सकिएको हो। ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण यही जेठ २ देखि सुरु भएको थियो। सगरमाथा कार्य आह्वानले दिगो भविष्य सुनिश्चित गर्न साझेदारीलाई सुदृढ गरेर पूर्व–औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी…