Hero News »

आइतवारको बिदा प्रभावकारी भएन, असार १ गतेदेखि खारेज

सरकारले आइतवार पनि दिँदै आएको सार्वजनिक बिदा खारेज गर्ने भएको छ। आज (सोमवार) बसेको मन्त्रिपरिषद्को बैठकले असार १ गतदेखि लागू हुने गरी आइतवारको बिदा खारेज गरेको बैठकमा सहभागी एक मन्त्रीले जनसम्मतलाई बताएको छ। पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सरकारले जेठ १ गतेदेखि हप्तामा २ दिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।…

विश्व वातावरण दिवशमा पोखराका मेयर आचार्यको घोषणा

पोखरा महानगरपालिकाले ३ महिनाभित्र महानगरभित्रका सबै घर कम्पाउडमा विरुवा रोप्न नगरवासीलाई अनिवार्य गरेको छ। महानगरका मेयर धनराज अचार्यले अबको ३ महिनाभित्र प्रत्येक घरमा विरुवा रोप्ने घोषणा गरे। विश्व वातावरण दिवशको सन्दर्भ पारेर उनले यस्तो घोषणा गरेका हुन्। आइतवार ५० औं विश्व वातावरण दिवशको अवसरमा महानगरपालिकाले आयोजना गरेको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘एक घर, एक…

स्थानीय तहमा कार्यपालिका बैठक र नगरसभा कसरी गरिन्छ ?

नयाँ संविधान जारीपछि भएको दोश्रो स्थानीय तहको निर्वाचनबाट देशका ७ सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर नयाँ कार्यकालका लागि काम सुरु गर्न थालेका छन्। राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचित भएका जनप्रतिनिधि स्थानीय तहको नेतृत्वका लागि पुगेका छन्। जसमध्ये, कतिपय यसअघि नै जनप्रतिनिधि भएर अनुभव हासिल गरेका व्यक्तिहरु छन् भने धेरैजसोले नयाँ भूमिकामा…

पोखरा–जोमसोमको रुटमा हालसम्म ११७ जनाको ज्यान गयो

पोखरा–जोमसोम हवाइ रुटमा अहिलेसम्म १० वटा विमान दुर्घटना भएको छ। दुर्घटनामा परेर हालसम्म ११७ जनाको ज्यान गएको तथ्यांक छ। नेपालको घरेलु हवाई रुटमध्ये यो पोखरा–जोमसोमको हवाई रुट सबैभन्दा असुरक्षित छ। यो रुटमा अहिलेसम्म १० वटा विमान दुर्घटना हुँदा ११७ जनाको मृत्यु भएको तथ्यांकले बताउँछ। २०१९ सालमा बागलुङको ढोरपाटनमा नेपाल वायुसेवा निगमको जहाज दुर्घटना हुँदा १०…

तारा एअर विमान दुर्घटनाः १० जनाको शव काठमाण्डौं लगियो

तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये १० जनाको शव काठमाण्डौं लगिएको छ। नेपाली सेनाको हेलीकोप्टरबाट पोखरा हुँदै १० जनाको शब काठमाडौं लगिएको हो। यसअघि, सुरक्षाकर्मीको टोलीले दुर्घटनास्थलबाट १० जनाको शव मुस्ताङको कोबाङसम्म बोकेर ल्याएका थिए। कोबाङबाट सेनाको हलिकोप्टरमार्फत् शव पोखरा ल्याइएको थियो। पोखराबाट शव काठमाडौं लगिएएको हो। काठमाडौं लगिएका शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरीले…

तारा एअर दुर्घटनाः २१ जनाको शव भेटियो, १० वटा शव पोखरा ल्याइयो

तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ। १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित विमानमा २२ जना सवार रहेकामा सोमबार साँझसम्म २१ जनाको शव भेटिएको हो। ज्यान गुमाएकामध्ये १० जनाको शव पोखरा ल्याइएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत् १० जनाको शव पोखरा विमानस्थलमा ल्याइएको हो। यसअघि सुरक्षाकर्मीको टोलीले दुर्घटनास्थलबाट १०…

तारा एअरको विमान दुर्घटनाको कारण पत्ता लगाउन आयोग गठन

सरकारले तारा एअरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन गरेको छ। आयोगको अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्जमा वरिष्ठ एरोनटिक इन्जिनियर रतिशचन्द्र लाल सुमन छन्। संस्कृति, पर्यटन तथा नागरिक उयन मन्त्रालयले गठन गरेको आयोगको सदस्यमा क्याप्टेन दिपु ज्वारचन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव बुद्धिसागर लामिछाने…

तारा एअरको ट्वीनअटर विमान दुर्घटनाका कारण : खराब मौसम

प्रतिकूल मौसमका कारण तारा एअरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। संसद्को अन्तर्राष्ट्रिय समितिको सोमबारको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताए। घटनास्थल जोमसोम विमानस्थलबाट ८ नटिकल माइल दूरीमा पर्छ। उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२…

मौन अविधि, आज राति १२ बजेबाट सुरु

स्थानीय निर्वाचनका लागि उम्मेदवारले प्रचारप्रसार गर्ने अन्तिम दिन। वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजे मौन अवधि सुरु हुनेछ । मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको छ। निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको…

१७ जिल्लामा मात्रै मतपत्र ढुवानी बाँकी

स्थानीय तह निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ। सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुनेछ भने अन्य जिल्लामा यस सातामा पठाइने निर्वाचन आयोगले जनाएको छ। वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि…