
पेनाल्टी सुटआउट ब्राजिललाई ४–२ ले पराजित गर्दै शुक्रबार साविक उपविजेता क्रोएसियाले कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ। कतारको एजुकेसन सिटी रंगशालामा सम्पन्न खेलको निर्धारित ९० मिनेट, इन्जुरी समय र अतिरिक्त समयमा क्रोएसिया र ब्राजिल १–१ को बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो। जसमा ब्राजिलका रोड्रिगोको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाउँदा…
कतारमा जारी २२ औँ संस्करणको विश्वकपमा क्वार्टरफाइनल समीकरण पूरा भएको छ। मंगलबार राति प्रिक्वार्टरफाइनलको अन्तिम खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले हराएसँगै विश्वकपमा क्वार्टरफाइनलमा पुग्ने आठ टोलीको टुंगो लागेको हो। क्वार्टरफाइनलमा साबिक विजेता फ्रान्स, उपविजेता क्रोएसिया, सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिल, अर्जेन्टिना, नेदरल्यान्ड्स, इंग्ल्यान्ड, मोरोक्को र पोर्चुगलले स्थान बनाएका छन्। अब, सेमिफाइनल प्रवेशका लागि…
गोन्कालो रामोसको ह्याट्रिकप्रेरित पोर्चुगलले मंगलबार स्वीट्जरल्यान्डमाथि ६–१ को सहज जित निकाल्दै कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएकामे छ। कतारको लुसैल रंगशालामा भएको खेलमा पोर्चुगललाई जित दिलाउन रामोसले ह्याट्रिक गरे। पेपे, रफाइल गुइरेरो र रफाइल लियोले समान १/१ गोलको योगदान गरे। जारी विश्वकपमा भएको यो पहिलो ह्याट्रिक हो। स्वीट्जरल्यान्डका म्यानुयल अकान्जीले शान्त्वना १ गोल फर्काए।…
कतारमा जारी विश्वकप फुटबलमा पूर्वविजेता स्पेनलाई हराउँदै मोरोक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। स्पेनले प्रहार गरेको ३ पेनाल्टी गोलकीपरले लगातार रोकेपछि मोरोक्कोले पहिलोपटक विश्वकपको अन्तिम ८ मा स्थान बनायो। कतारको एजुकेसन सिटी रंगशालामा जारी खेलको निर्धारित ९० मिनेट र इन्जुरी टाइममा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। निर्धारित समय र अतिरिक्त…
एसिया फुटबलको महारथी जापान कतारमा जारी विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। सोमबार राति भएको नकआउट चरणका खेलमा जापानलाई क्वार्टरफाइनल जानबाट क्रोएसियाले रोक्यो। समूह चरणका खेलहरुमा सनसनी मच्चाएको जापानले क्रोएसियासँग टाइब्रेकरमा ३–१ ले स्तब्ध बन्यो। अल जानोव स्टेडियममा सोमबार राति भएको नकआउट चरणको खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा ३–१ ले हराउँदै अन्तिम ८ मा स्थान बनायो। निर्धारित…
एसियाकै फुटबल महारथी दक्षिण कोरिया कतारमा जारी फिफा विश्वकप फुटबलको प्रिक्वार्टरफाइनल चरणमै रोकिएको छ। फिफा विश्वकपमा सर्वाधिक सफल महारथी ब्राजिलले अन्तिम १६ को खेलमा रोक्दा कोरिया यस संस्करणको प्रतियोगिताबाटै बाहिरिएको छ। स्टेडियम ९७४ मा सोमबार राति भएको खेलमा कोरियालाई ४–१ गोलले हराउँदै ब्राजिलले क्वार्टरफाइनलमा स्थान बनाएको हो। खेलको सुरुवातदेखि नै कोरिायालाई दवावमा राख्न सफल ब्राजिलले…
साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ। अल थुमामा स्टेडियममा आइतबार राति भएको नकआउट चरणका खेलमा केलिएन एमबाप्पे र ओलिभर गिरोड चम्किदाँ साविक विजेता फ्रान्सले पोल्यान्डलाई ३–१ गोलले हराउँदै अन्तिम ८ मा स्थान बनायो। फ्रान्सको सानदार जितमा केलिएन एम्बाप्पेले २ गोल गरे। ओलिभर गिरोडले १ गोल गरे। पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले…
इंग्यान्डले कतारमा जारी २२ औं फिफा विश्वकप फुटबलको अन्तिम ८ मा स्थान बनाएको छ। अल बायट रंगशालामा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले अफ्रिकी टोली सेनेगलमाथि ३–० गोलको साादार जित निकाल्दै अन्तिम ८ मा स्थान बनाएको हो। एकपक्षीय खेलमा इंग्ल्यान्डलाई जिताउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले गोल गरे। पहिलो हाफमा २ गोल गरेको इंग्ल्यान्डले…
विश्व फुटबल महारथी अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ। शनिबार राति भएको नकआउट चरणको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई हराउँदै क्वार्टरफाइनल चरणमा स्थान बनाएको हो। कप्तान लियोनल मेसीले कीर्तिमान बनाएको खेलमा शनिबार अस्ट्रेलियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको हो। कतारको अहमेद अलि बिन रंगशालामा शनिबार राति भएको खेलमा लियोनल…
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको खर्च ३५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ। प्रत्यक्षतर्फका उम्मेदवारले प्रदेश, जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नुपर्नेछ। निर्वाचन खर्चको विवरण पेश गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचार–प्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार–प्रसार, छापा…