Hero News »

‘८ दिनभित्र सबै नतिजा आउँछ’, प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ८ दिनभित्र निर्वाचनका सबै नतिजा आउने बताएका छन्। थपलियाले भनेका छन्, ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको छ।’ मंगलवार काठमाडौँ क्षेत्र नम्बर १० को मतगणना स्थलको निरीक्षण गर्दै थापलियाले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मत परिणामको नतिजा आउने बताए। उनले भने, ‘८ दिनभित्र नतिजा आउने…

६० प्रतिशत मत खस्यो

आज (मंसीर ४, आइतबार) देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन भएको छ। आज बिहान ७ देखि साँझ ५ बजेसम्मको निर्धारित समयमा देशभरका मतदाताहरुले मतदान गरेका छन्। निर्वाचन आयोगका अनुसार मतदानको विवरण आउने क्रम जारी छ। यो पाली केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भएको छ। निर्धारित समय सकिएपनि मतदान केन्द्रको हाताभित्र लाइनमा रहेका मतदाताले…

मतदान गर्ने सही तरिका

आज (मंसीर ४ गते, आइतबार) प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मतदान हुँदैछ। आज बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ। आयोगले मतदान गर्ने सही तारिकाका बारेमा जानकारी गराइसकेको छ। मतदान गर्दा मतपत्र बदर नहोस् भन्नेबारेमा सचेत गराइएको छ। आयोगका अनुसार मतदाताका लागि ४ चरणमा मतदान गर्ने कार्य सम्पन्न हुनेछ।…

आज आम निर्वाचन, सबैले मत हालौं

आज (मंसिर ४ गते, आइतबार) प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ को मतदान गर्ने दिन। आजका दिन नेपाली नागरिकहरुले आफ्ना जनप्रनिधि चुन्ने दिन। आफ्नो क्षेत्रमा दिगो प्रभावकारी विकास गर्न सही नेता छनोट गर्ने दिन्। आफ्नो कानुन बनाउने जनप्रनिधि चुन्ने दिन्। हामीले दिएको प्रत्येक मतको महत्व विशेष छ। भोलिका लागि हाम्रै राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री सबै…

निर्वाचनको दिन सवारी साधन क–कसले चलाउन पाउँछन् ?

निर्वाचन आयोगले भोली (आगामी मंसीर ४ गते, आइतबार) मतदानको दिन सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ। आयोगले निर्वाचनको दिन सवारी साधन प्रयोग गर्न पाउनेहरुको सूची सार्वजनिक गरेको हो। बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसार–पसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन, दूरसंचार…

मुख्य निर्वाचन अधिकृतहरूलाई आयोगको ६ बुँदे निर्देशन

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतसहित मातहतका निकायलाई ६ बुँदे निर्देशन दिएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन एक दिन मात्र बाँकी रहँदा आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई मतगणना र मतपरिणामसम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन ६ बुँदे निर्देशन जारी गरेको हो। यस्ता छन् निर्देशन १. प्रत्येक मतगणनास्थलमा प्रेस…

आचारसंहिता उल्लंघन गर्ने ६ संचार माध्यमले गरे भुलसुधार

आगामी आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको स्थिर समयमा ३० संचार माध्यमबाट आचारसंहिता उल्लंघन भएको प्रेस काउन्सिल नेपालले जनाएको छ। स्थिर अवधि सुरु भएको समय गएराती १२ बजेदेखि शुक्रबार अपरान्हसम्म आचारसंहिता उल्लंघन गरेकामध्ये ६ संचारमाध्यमले भुलसुधार समेत गरेका छन्। प्रेस काउन्सिल नेपालले आज (शुक्रबार) जारी गरेको विज्ञप्तिअनुसार २ वटा रेडियो, ११ वटा पत्रपत्रिका,…

मतदानमा सहभागी हुनुहोस: मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुनका लागि प्रदेशवासीमा अपील गरेका छन्। प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन २०७९ का सन्दर्भमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवा…

हेर्नुहोस, आचारसंहिता अनुगमन समितिको बैठकमा भएको निर्णय

निर्वाचन आयोगको कार्यालयले आचारसंहिता सम्बन्धी निर्णय सार्वजनिक गरेको छ। आयोगले उक्त निर्णय सार्वजनिक गरेको हो । हेर्नुहोस, निर्णय : १ निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने…

मौन अवधि सुरु, मत माग्न र प्रचार–प्रसार गर्न पाइँदैन

यही मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गए रातिदेखि मौन अवधि सुरु भएको छ। निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदवारको पक्षमा प्रचार–प्रसार गर्न नपाउने व्यवस्था छ। यस अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष…