Hero News »

पोखरामा पनि छठ पर्वको समापन

आज कार्तिक सप्तमी तिथी। अर्थात, छठ पर्वको अन्तिम दिन। पोखरामा पनि उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिएको छ। पोखरामा पनि छठ पूजालाई व्यवस्था गरिएको थियो। केदारेश्वर महादेवमणि मन्दिर नजिकैको फेवाताल किनार, पोखराको नदीपुरस्थित नारायणस्थानको सेतीनदी घाट, पोखराकै कालीखोला किनार र भद्रकाली मन्दिर नजिकैको माछा पोखरीमा छठ पूजा र स्नान गर्ने भक्तजनलाई व्यवस्थित गरिएको…

आजदेखि छठपर्वको ब्रत सुरु

आज कार्तिक शुक्ल पञ्चमी अर्थात आजदेखि आस्थाको महापर्व छठको ब्रत सुरु भएको छ। छठ पर्वको मुख्य दिन आज धुमधामसँग मनाइँदैछ। छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी जल चढाएर छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ।  विशेषगरि तराईबासीको मुख्य पर्वको रुपमा रहेको यस पर्वको दिन सरकारले हरेक वर्ष सार्वजनिक विदा…

पोखरामा पर्यटकलाई भाइटीका, महोत्सवमा ३५ सहभागी

होटल संघ पोखरा नेपालले तिहारका अवसरमा विहीबार आयोजना गरेको १५ औं भाइटीका महोत्सव–२०७९ मा देश–विदेशका पर्यटकसहित ३५ जनाले सहभागिता जनाएका छन्। महोत्सवमा अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, इटली, जर्मनीलगायतका देशका पर्यटकले भाग लिएको संघले जनाएको छ। लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रेन होम नेपालका छात्राहरुले सहभागीलाई भाइटीका लगाइदिएका थिए। संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै…

आज भाइटीका, उत्तम साइत बिहान ११: ३७ बजे

आज कार्तिक शुक्ल द्वितीया तिथि, अर्थात यमपञ्चक (तिहार) को पाँचौँ दिन आज भाइटीका पर्व। आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाईलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्यप्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका…

आज गोवर्धन पूजा, म्हपूजा, नेपाल सम्वत ११४३ प्रारम्भ

आज कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक तिहारको चौँथो दिन। अर्थात, आजको दिन गोवर्धन पूजा साथै नेपाल संवत देशभर मनाइँदैछ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो। कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ। गोवर्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने…

पोखरामा देउसी भैलो (फोटो फिचर)

यमपञ्चक (तिहार)को तेस्रो दिन गाईतिहारको दिन सांस्कृतिक सुन्दर पर्यटकीय नगरी पोखरालाई देउसी भैलो माहौलले तताएको छ। विविध उद्देश्य लिएर पोखराका सबै ठाउँमा देउसी भैलो खेलेपछि यहाँको गुञ्जायस बढेको छ। विशेषगरी, स्थानीय संघसंस्था, आमा समूह र क्लबहरु देउसी भैलोमा झुम्मिएका छन्।   हेर्नुहोस, फोटो फिचर   तस्बीर: नारायण शाही

झिलिमिली उज्यालो पोखरा (फोटो फिचर)

यो वर्षको यमपञ्चक (तिहार) सुरु भएसँगै पर्यटकीय सुन्दर नगरी पोखराका घर–घरमा झिलिमिलिका बत्तिहरु सजिएर बलिसकेका छन्। दिपावली भन्ने बित्तिकै झिलिमिलि बत्ति र फूलैफूलको संगम मानिन्छ । यमपञ्चक (तिहार) सुरु भएदेखि नै पोखरालाई विद्युतीय बत्तिले झिलिमिली पारेर सिंगार्न सुरु गरिएको छ। दिपावलीलाई स्वागत गर्दै देखिएको पोखरास्थित झिलिमिलिका केहि तस्बिरहरु। हेर्नुहोस, फोटो फिचरमा   तस्बीरः नारायण शाही

आज खण्डग्रास सूर्य ग्रहण लाग्दै

आज (मंगलवार, विसं २०७९ कार्तिक ८ गते) तदनुसार अक्टोबर २५, २०२२ का दिन। आजको दिनमा चन्द्रमा सूर्यको अगाडिबाट जाने भएकाले आंशिक सूर्य ग्रहण हुनेछ। विश्वभरका मानिसहरूले आ–आफ्नो स्थानअनुसार यस ग्रहणलाई देख्न सक्नेछन्। यस आंशिक ग्रहण अफ्रिका, एसिया, युरोप र बेलायतको गुर्नसेको उत्तरी गोलाद्र्धमा देखिनेछ र उत्तरी ध्रुव र रुसमा चाहिँ ग्रहणको सबैभन्दा चरम सीमा देखिनेछ।…

एकै दिन लक्ष्मीपूजा र कुकूर तिहार

आज कार्तिक चतुर्दशी अर्थात यम पञ्चकको लक्ष्मीपूजा र कुकूर तिहार एकै दिन परेको छ। आज विहान कुकूरको पूजा गरिन्छ भने बेलुकी धनधान्यकी देवी लक्ष्मीपूजा गरिन्छ। यस पटक सूर्य ग्रहणका कारण चतुर्दशीकै दिन अर्थात् सोमबार नै लक्ष्मी पूजा परेको छ। आज कार्तिक ७ गते सोमबार बेलुकी नै औँसी तिथि परेकाले आजकै दिन बिहान कुकुर पूजा गरी…

यस वर्षको यमपञ्चक सुरु, आज काग तिहार

नेपालीहरूको दोस्रो ठूलो महान चाड तिहार आज (आइतबार)देखि सुरु हुँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ। तिहारको पहिलो दिन कागको पूजा गरिन्छ। यो दिन काग तिहारका रूपमा प्रचलित छ। आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पंक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर…