
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको औंल्याउका छन्। पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज (शुक्रबार) पोखरामा बोल्दै उनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भएको स्पष्ट पारे। संविधानको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि गठबन्धनको जित अपरिहार्य छ,’ देउवाले भने। यो चुनावले संविधानको…
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ निर्वाचनका लागि मात्र अहिलेको गठबन्धन नबनेको बताए । पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज (शुक्रबार) पोखरामा बोल्दै प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रको रक्षा गर्ने उद्देश्यले धेरै ठूलो मेहनतपछि बृहत्तर उद्देश्यका लागि गठबन्धन गरिएको उनले स्पष्ट पारे। उनले…
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गण्डकी प्रदेशका गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न आग्रह गरेका छन्। पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज (शुक्रबार) पोखरामा बोल्दै उनले गठबन्धन दल किन बनायौं भनेर जनतामाझ जाँदा बुझाउनसमेत आग्रह गरे। उनले भने, ‘विपक्षीले फैलाएको भ्रम चिर्ने गरी जनतामा जानुहोस्,…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। औपचारिक रुपमा असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म संचालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता भब्य रुपमा सफलताका साथ सम्पन्न भएको छ। गण्डकी प्रदेशका ८ जिल्लामा आयोजना गरिएको नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गरेका हुन्। अब, दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय आर्मी च्याम्पियन बनेको छ। आर्मीले १७२ स्वर्ण, ११० रजत र ८९ कास्य गरी कूल ३७१ पदक जित्दै राष्ट्रिय खेलकुदमा च्याम्पियन बन्न सफल भएको हो। अर्को विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ६५ स्वर्ण, ७२ रजत ८२ कास्य पदकसहित कूल २१९ पदक जित्दै दोस्रो स्थानमा रह्यो। त्यस्तै, अर्को विभागीय नेपाल पुलिस…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा विभागीय एपीएफ क्लबले आर्मीलाई सडनडेथमा हराउँदै स्वर्ण पदक जितेको छ। आर्मीले रजत पदकमा चित्त बुझायो। गण्डकी प्रदेशले कास्य पदक पायो। पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि अतिरिक्त समय थप गरिएको थियो। ३० मिनेटको अतिरिक्त समयमा समेत गोल हुन नसकेपछि खेल टाइब्रेकरमा…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज (बिहीबार) अन्तिम दिन। एक समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिताको समापन कार्यक्रम गर्दैछन्। प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्काअनुसार बिहीबार दिउँसो २:३० बजेपछि पोखरा रंगशालामा गरिने समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएको छ। यसअघि, गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए। समापन समारोहमा विभिन्न सांस्कृतिक…
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका अवसरमा पोखरा महानगरले आज (बिहीबार) एक दिन विशेष बिदा दिएको छ। महानगरले एक सूचना जारी गरी राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि महानगरपालिकाका महाशाखा तथा शाखा, वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय एवं मन्टेश्वरीमा दिउँसो १ बजेपछि विशेष बिदा दिइएको जनाएको छ। महानगरले समापन समारोहमा महानगरपालिकाअन्तर्गतका सम्पूर्ण…
विभागीय नेपाल प्रहरी टिम नवौं राष्ट्रिय खेलुकदअन्तर्गत टेबलटेनिसमा च्याम्पियन भएको छ। पोखरामा बुधबार सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन बनेको हो। प्रतियोगितामा प्रहरीले ६ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दै टिम च्याम्पियन बन्न सफल बन्यो। बलियो प्रतिष्पर्धीका रुपमा रहेको शसस्त्र प्रहरीले १ स्वर्ण, ४ रजत र १ कास्य पदक जित्दै दोस्रो…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मीका रामप्रसाद थारुले एथलेटिक्स पुरुष ४०० मिटर हडल्समा स्वर्ण पदक जितेका छन्। थारुले ४ सय मिटर ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते। आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्डमा पूरा गर्दै रजत पदक जिते। एपीएफका तिरप्रताप महतोले ५३.९२ सेकेन्डमा पार गर्दै कास्य पदक जिते।