
आज असोजको शुक्ल प्रतिपदाको तेस्रो दिन अर्थात चन्द्रघण्टा देवीको पूजा आराधना गरिदैंछ। घटस्थापनासँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्पराअनुसार आज चन्द्रघण्टाको पूजा आराधना गर्ने प्रचलन छ। हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्दछन्। घटस्थापनाका दिनदेखि सुरू भएको नवरात्रको तेस्रो दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै छ। घटस्थापनाको दिन राखेको जमरालाई…
आज असोजको शुक्ल द्धितियको दिन अर्थात, बडादशैंको दोस्रो दिन। आज ब्रम्हचारिणी भगवतीको पूजा गरिदैंछ। बडादशैंअन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गरिन्छ। यसअघि, हिँजो (सोमबार) दशैँ घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरियो भने आज (मंगलबार) देवी भगवतीको पूजा आराधाना गरिदै देशभर धुमधामसाथ मनाइँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने…
आज आस्विन शुक्लप्रतिपदाको दिन अर्थात घटस्थापना। आजदेखि नेपालीहरुको महान चाड बडा दसैं सुरु भएको छ। यो वर्षको महान पर्व बडा दसैंले नेपालीहरुको घर–घरमा प्रवेश गरेको छ। घटस्थापनालाई नवरात्रको पहिलो दिन मानिन्छ। आस्विन शुक्ल प्रतिपदादेखि सुरु यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। वडा दशैँको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो,…
सर्वसाधारणले यस पटकको दशैँमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन्। दशैँमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो। केन्द्रीय आयोजना कार्यान्वयन ईकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीले धरहरा निर्माणको अझै २० प्रतिशत काम बाँकी नै रहेकाले तत्काल सर्वसाधारणका लागि खुला नहुने जानकारी दिएका छन्। धरहरा वरिपरि पूर्वाधार निर्माणका काम भइरहेका…
पोखराको बगरस्थित टुँडिखेलमा दशैं मेला हुने भएको छ। सताब्दीभन्दा पहिलेदेखि नै पोखरा टुँडिखेलमा हुँदै आएको ऐतिहासिक दसैं मेला यसपटक पनि हुने भएको हो। परम्परागत सामाग्री, रासन, लत्ताकपडादेखि च्यांग्रासम्म एकै थलोमा किनबेच गर्न पाउने गरी फूलपातीदेखि दसैंको भोलिपल्टसम्म टुँडिखेलमा दसैं मेला हुन लागेको हो। ‘मुस्ताङदेखि च्यांग्राहरु टुँडिखेल आइपुग्थे। पोखरा र आसपासका बस्तीहरुबाट परम्परागत सामाग्री र उत्पादन…
यस वर्षको दसैँको टीकाको साइत असाेज १९ गते ११ः५१ बजे जुरेको छ। नेपाल पञ्चांग निर्णायक विकास समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले टीकाको साइत जुराएको हो। नेपाल पञ्चांग निर्णायक विकास समितिको भदौ ३१ गते बसेको बैठक र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिको बिहीबार बसेको बैठकले टीकाको साइत र तालिका निकालेका हुन्। अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले कुन देशमा कति…
पोखरामा आज (बिहिबार)देखि ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसीप २०२२’ जी–२ र्याकिङ तथा ‘प्रथम जीसीएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसीप–२०२२’ सुरु भएको छ। नेपाल तेक्वान्दो संघ, अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघ र गण्डकी प्रदेश तेक्वान्दो संघको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका हुन्। पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड…
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको संयोजनामा पोखरामा आयोजित २ दिने प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम आज (बुधबार) सम्पन्न भएको छ। तालिमको समापन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बजेट अभाव हुन नदिनेमा जोड दिए। लामो समयपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगितालाई सफल पार्ने दायित्व सबै गण्डकी प्रदेशबासीको हुने उनको…
गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समाचार संकलन र संप्रेषणलाई सरल बनाउन सञ्चारकर्मीका लागि खेलकुद पत्रकारिता तालिम सुरु गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना र खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज (मंगलबार) देखि सुरु भएको २ दिनको तालिममा मुस्ताङबाहेकका १० जिल्लाबाट ७० जना खेल पत्रकारको…
छैटौँ संस्करणको साफ महिला च्याम्पियनसीप २०२२ को उपाधि बंगलादेशले जितेको छ। दशरथ रंगशालामा भएको खेलमा नेपाललाई ३–१ ले हराउँदै बंगलादेशले उपाधि जित्यो। बंगलादेशको जितमा स्याम सुन्हारले खेलको १४ औँ र श्रीमोती के. सरकारले ४२ र ७७ औँ मिनेटमा गोल गरिन्। नेपालका लागि अनिता बस्नेतले खेलको ७० औँ मिनेटमा सान्त्वना गोल गरिन्। साफ महिला च्याम्पियनशिपले यसपालि…