
लौरो अभियानले गण्डकी प्रदेशले उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभा गरि १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। उम्मेद्वारी घोषणा गर्दै अभियानका अभियन्ताहरुले अबको नेतृत्व पुरानो नेतृत्वको विकल्पमा आफूहरु रहेको बताएका छन्। गण्डकीबाट प्रतिनिधि सभा सदस्यका लागि मुस्ताङ बाट राप्के गुरुङ, स्याङ्जा–१ बाट अधिवक्ता सोमबहादुर नेपाली, नवलपुर–१ बाट…
प्रेस काउन्सिल नेपालले पत्रकारहरूका लागि नि:शुल्क बृहत् स्वास्थ्य शिविर गर्ने भएको छ। काउन्सिलको ५३ औँ वार्षिकोत्सवको अवसर पारेर भोलि (आइतबार) सञ्चारग्रामस्थित काउन्सिलको प्रांगणमा शिविर सञ्चालन गर्न लागेको हो। बिहान ९:३० देखि अपराह्न ४ बजेसम्म शिविर संचालन हुने वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। शिविरमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको स्वास्थ्य…
नेपाल प्रेस काउन्सिलले झण्डै ४ दर्जन पत्रकारहरुलाई पुरस्कारद्वारा सम्मान गर्दैछ। काउन्सिलको ५३ औं वार्षिकोत्सवमा पत्रकारिताको क्षेत्रमा योगदान गरेको व्यक्ति र संस्थामध्येबाट सम्मान गर्न लागेको हो। राष्ट्रपति विद्या भण्डारीले असोज ६ गते पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ। काउन्सिलको हिँजो (शुक्रबार) बसेको बैठकले पत्रकारहरुलाई पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो। काउन्सिलले कास्कीका क्रियाशील पत्रकार श्यामनाथ…
साफ महिला च्याम्पियनसीप अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ। प्रतियोगिता अन्तर्गत भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा समेत पुगेको छ। दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतलाई १–० गोलले हरायो। नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्ज्युरी समयमा विजयी गोल गरिन्। घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गर्न सफल बनिन्। भारतमाथि…
यस जनसम्मत डट कमका सम्पादक नारायण शाही ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट’ सम्मानित भएका छन्। सहारा क्लबले आफ्नो २४ औं वाषिर्कोत्सवका अवसरमा ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९’बाट शाहीलाई सम्मान गरेको हो। २०६४ सालदेखि पोखरामा रहेर सकृय पत्रकारिता गरिरहेका पत्रकार शाहीलाई पोखरा महागरपालिकाका मेयर धनाराज आचार्यले सम्मान गरे। पुरस्कार राशी २० हजार ५ सय ५५…
आसन्न नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा हुने ३६ वटै खेलको खेलस्थल तय भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार पोखरामा खेलकुदमा प्रतिस्पर्धा हुने तय भएका सबै खेलहरुको खेलस्थल सार्वजनिक गरेको हो। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज ‘अथक’, राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव टंकलाल घिसिङ, राखेप पदाधिकारी तथा खेल संयोजकहरुले पोखरामा खेलभेन्यूको सार्वजनिक गरेका हुन्। राखेपकाअनुसार…
जनसम्मतकर्मी नारायण शाहीलाई यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। सहारा क्लब पोखराले बर्सेनी प्रदान गर्दै आएको सो पुरस्कारका लागि प्रतिभा छनोट समितिले जनसम्मत डट कमका सम्पादक शाहीको नाम सिफारिस गरेकोमा क्लबको कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको हो। पुरस्कार राशि २० हजार ५ सय ५५, दोसल्ला र सम्मानपत्र रहेको छ। काठमाडौंबाट २०५३…
घरेलु नेपालको टोलीले साफ महिला च्याम्पियनसीपको सेमिफाइनलमा स्थान बनाएको छ। नेपाल समुह ‘बी’ बाट समुह विजेता हुदै सेमिफाइनलमा पुगेको हो। नेपालले समुहको दोस्रो खेलमा सोमबार श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गरेको हो। श्रीलंकाविरुद्ध पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल मात्र गरेको थियो। नेपालका लागि अमिषा कार्कीले २, रश्मीकुमारी घिसिङ, सरु लिम्बु,…
पोखरा महानगरपालिका–३ नदीपुरमा सम्पन्न क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटनले जितेको छ। पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (सोमबार) सम्पन्न फाइनल खेलमा मामा–भान्जा क्लब काठमाडौंलाई २५–२०, २५–२२, २५–१९ अंकसहित ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो। त्यसैगरि, महिलातर्फ अर्चलबोट भलिबल क्लबलाई फाइनल…
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवनकुमार प्रजापति विजयी भएका छन्। अन्तिम मत परिणामाअनुसार प्रजापति एकहजार ६१३ मत ल्याएर संघको अध्यक्षमा निर्वाचित भएका हुन्। उनको प्रतिष्पर्धी अर्जुन पोखरेललाई ७१६ को भारी मतान्तरले पराजित गर्दै प्रजापति विजयी बनेका हुन्। पोखरेलले ८९७ मत प्राप्त गरे। प्रजापति यसअघि संघको वरिष्ठ र पोखरले वाणिज्य उपाध्यक्ष थिए। अघिल्लो चुनावमा एउटै प्यानलमा…