Hero News »

सेनाका तीर्थबहादुरले जिते लिगलिगकोट–गोरखा दरबार म्याराथन

नेपाली सेनाको भवानी दल गणका तीर्थबहादुर तामाङले प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटदेखि गोरखा दरबारसम्मको म्याराथनमा प्रथम भएका छन् । आज (शनिबार) भएको लिगलिगकोट–सिरानचोक–गोरखा दरबार खुल्ला म्याराथन दौड प्रतियोगितामा निर्धारित ४० किलोमिटरको दूरी ३ घन्टा ११ मिनेट १ सेकेण्डमा पूरा गर्दै तामाङ पहिलो भएका हुन्। उनले नगद १ लाख ५० हजार रुपैयाँ साथमा मेडल र पुरस्कार समेत…

आमाले झैँ आफ्नो जीवन पुरै सेवामा समर्पित गर्छु : राजा चाल्र्स

बेलायतका नयाँ राजा चार्ल्स तृतीयले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो सम्बोधन गरेका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफूपनि आफ्नी आमाले झै आफ्नो जीवन पुरै सेवामा समर्पित गर्ने घोषणा गरेका छन्। बेलायतकी महारानी एलिजावेथ द्वितीयको गत बिहीबार निधन भएपछि उनका जेठा छोरा चार्ल्स तृतीयले राजाको जिम्मेवारी पाएका हुन्। राजाको रूपमा पहिलो सम्बोधन गर्ने क्रममा उनले आफू…

साफ यु–१७: भारतलाई ३–१ ले हराउँदै नेपाल समूह विजेता

साफ यु–१७ च्याम्पियनसीप फुटबलमा नेपालले भारतलाई हराएको छ। श्रीलंकाको कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालले भारतलाई ३–१ गोलले हरायो। नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले १/१ गोल गरे। भारतका लागि ड्यानी मेतीले गोल गरे। १–० ले पछि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गर्दै जितको नतिजा निकालेको हो। यो जितसँगै समूह ’बी’…

माओवादीलाई नै पहिलो वामपन्थी शक्ति बनाउँछौं : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने दाबी गरेका छन्। उनले स्पष्ट पारे, ‘माओवादी केन्द्रलाई नै देशको पहिलो वामपन्थी पार्टी बनाउने गरी चुनावी तालमेल गर्न लागेको हो।’ अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको प्रथम राष्ट्रिय सम्मेलनको (शुक्रबार) पोखरामा उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। प्रचण्डले सत्तारुढ गठबन्धनभित्र माओवादी केन्द्रलाई देशकै…

चितवनबाटै चुनाव लड्ने हो, जित पनि सुनिश्चित छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने स्पष्ट पारेका छन्। प्रेस सेन्टर कास्कीले पोखरामा आज (शुक्रबार) बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू चितवनबाटै चुनाव लड्ने र जित पनि सुनिश्चित रहेको दाबी समेत गरे। उनले भने, ‘मलाई विभिन्न जिल्लाबाट अन्य पार्टीका साथीहरुले पनि आइदिनुपर्‍यो भन्नुभभएको छ। काँग्रेसका नेताले…

साफ यु–१७: नेपाल सेमिफाइनलमा

साफ १७ वर्षमुनिको च्याम्पियनसीप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ। श्रीलंकामा गएराति भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हराउँदै विजयी सुरुवात गरेको हो। कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालका उनेश बुढाथोकी र सिमान्त थापाले १/१ गोल गरे। भुटानका जेत्सुन दोर्जीले १ गोल फर्काए। खेलको १३औँ मिनेटमा उनेशले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए।…

पोखरा–६ का ६४ भूमिहीनलाई जग्गाधनी पुर्जाको निस्सा

पोखरा–६ का ६४ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जाको निस्सा वितरण गरिएको छ। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र उप प्रमुख मन्जुदेबी गुरुङले संयुक्त रूपमा उनीहरूलाई निस्सा वितरण गरेका हुन्। प्रमुख अतिथि महानगर प्रमुख आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले प्राप्त गरेको निस्सा लालपुर्जाअघिको लालपुर्जा नै भएको बताए। ‘यो…

गण्डकीमा निजामती कर्मचारी दिवस मनाइयो

गण्डकी प्रदेश सरकारले प्रदेश निजामती सेवा र स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी अध्यादेश ल्याउने भएको छ। निजामती सेवा दिवसका अवसरमा प्रदेश मूल समारोह समितिले बुधबार पोखरामा गरेको कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यी दुई अध्यादेश ल्याउन सरकारले अन्तिम तयारी गरेको बताए। कर्मचारी समायोजन ऐन लागु भएर त्यही अनुसार समायोजन भएका कर्मचारीको वृत्तिविकास रोकिएको, कर्मचारीको पदपूर्ति…

महिला साफ च्याम्पियनसीप : नेपालले भुटानलाई ४–० ले हरायो

घरेलु नेपालले महिला साफ च्याम्पियनसीप फुटबलमा भुटानलाई ४–० हराएको छ। उद्घाटन खेलमा नेपालले भुटानमाथि शानदार जित निकालेको हो । नेपालका लागि साबित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेत चम्कदाँ भुटानमाथि सहज जित निकाल्न संभव बन्यो। उनीहरुले २२ गोल गरे। नेपालले पहिलो हाफमा १ गोल गरेको थियो। मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध थप ३ गोल गर्न सफल बन्यो।…

नागरिकता विधेयक फेरि राष्ट्रपतिकहाँ पठाइयो

सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सुझावसहित संसद्मा फिर्ता भएको नागरिकता विधेयक सभामुख सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका हुन्। राष्ट्रपतिले फिर्ता गरेको विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट जस्ताको तस्तै पारित भएपछि सभामुख सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएका…