Hero News »

गण्डकी प्रदेशमा आज सार्वजनिक विदा

गण्डकी प्रदेशमा आज (बुधबार) सार्वजनिक विदा छ। प्रदेश सरकारले २०९ औं भानु जयन्ती मनाउन आज सार्वजनिक बिदा दिएको हो। तनहुँमा जन्मिएका आदिकवि भानुभक्त आचार्यलाई ‘गण्डकीको गौरव’ भन्दै उनको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले बिदाको घोषणा गरेको हो। अघिल्लो वर्षको चैत १८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट भानु जयन्तीमा बिदा दिने निर्णय गरेको थियो। वि.सं. १८७१ असार २९…

महावीर पुनलाई ‘गण्डकी रत्न’ सम्मान

गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन्। गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो। त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान…

तेक्वान्दो च्याम्पियनसीप सफल बनाउन पोखरेलीको प्रतिवद्धता

पोखरामा आगामी असौज ६ देखि ९ गते सम्म आयोजना हुने ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसीप–२०२२’ सफल बनाउन सहभागीहरुले प्रतिवद्धता जनाएका छन्। प्रतियोगिताको तयारी स्वरुप पोखरामा आज (आइतबार) सम्पन्न बैठकमा सहभागीहरुले प्रतिवद्धता जनाएका हुन्। बैठकमा आफ्ना भनाई राख्दै प्रतियोगिताको आयोजक संस्थामध्येको एक नेपाल तेक्वान्दो संघका उपाध्यक्ष इन्जिनियर सञ्जीव रेग्मीले तेस्रो संस्करणको माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय…

पोखरा महानगरको बजेट पारित

पोखरा महानगरपालिकाको बजेट पारित भएकोछ। आइतबार बसेको नगर सभाले आगामी आर्थिक वर्ष ०७९\८० को ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट सर्वसम्मत पारित गरेको हो। यसैगरी नगरसभाले न्यायिक समिति, लेखा समिति र विद्यायन समिति गठन गरेको छ। न्यायिक समितिको संयोजक महानगरका उपप्रमुख मञ्जुदेवि गुरुङको संयोजकत्वमा भावना श्रेष्ठ र कालिदाश पोखरेल सदस्य रहेको समिति…

आजदेखि प्रदेश र स्थानीय तहमा भुक्तानी प्रणाली बन्द

महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आज (आइतबार)देखि बन्द हुने जनाएको छ। कार्यालयले चालू आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश र स्थानीय तहको भुक्तानी आजदेखि बन्द हुने जनाएको हो। वार्षिक खाताबन्दीका क्रममा प्रदेशभर स्थानीय तहमा सञ्चालित प्रणाली आजदेखि बन्द हुने महालेखाले उल्लेख…

माओवादी स्थायी कमिटीको पहिलो बैठकको निर्णय यस्तो रह्यो

नेकपा माओवादी केन्द्रको आज (शनिबार) बसेको बैठकले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेमाथि कारबाही गर्नेदेखि विद्यार्थी संगठनमा देखिएको समस्या समाधान गर्न छानबिन गर्नेसम्मका निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको स्थायी कमिटी बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ।   स्थायी कमिटीको पहिलो बैठकको निर्णयहरू   १. स्थानीय तह निर्वाचनमा घात अन्तर्घात गरेको आवाज उठेपछि…

निर्धारित मितिमै हुने भो राष्ट्रिय खेलकुद प्रतियोगिता

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गरिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सम्पन्न हुने उद्घोष गरिएको छ।  युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले निर्धारित मितिमै राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बताएका हुन्। शुक्रबार काठमाडौंमा सम्पन्न प्रतियोगिता मुल आयोजक कमिटीको पहिलो बैठकमा मन्त्री गहतराजले तोकिएको मितिमै प्रतियोगिता संचालन हुने बताए। कोभिडका कारण लामो समयदेखि रोकिएको…

अब, माओवादी केन्द्रमा १५६ जनाको पोलिटब्युरो कमिटी

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पोलिटब्युरोमा अब १५६ जना सदस्य रहने भएका छन्। यसअघि, १२५ जनाको पोलिटब्युरो रहने भनिएकामा आकांक्षी धेरै भएपछि संख्या बढाइएको हो। बैठकमा अध्यक्ष प्रचण्डले १५६ जनाको पोलिटब्युरो बनाउन सकिने वैधानिक आधार रहेको भन्दै संख्या बढाउने प्रस्ताव गरे। उनले १२५ भन्दा बढी नेताहरुको नाम पोलिटब्युरोमा रहने भन्दै बाचन गरे। केही नाम अझै…

माओवादीको स्थायी समिति सदस्य : ४१ मध्ये १५ जनाको मात्रै नाम टुंगियो

नेकपा माओवादी केन्द्रले स्थायी कमिटीमा ४१ सदस्यीय बनाउने भएको छ। काठमाण्डौमा चलिरहेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीका सदस्यका एक तिहाइसम्म स्थायी कमिटी सदस्य बनाउन सकिने विधानमा भएको व्यवस्थाअनुसार ४१ सदस्यीय स्थायी कमिटी हुने जानकारी दिएका छन्। प्रचण्डले यसअघि नै सदस्य रहेका १५ जनाको नाम वाचन गरेका हुन्। बाँकीको नाम छिट्टै टुंगो…

माओवादी केन्द्रमा १२५ जनाको पोलिटब्युरो सदस्य

माओवादी केन्द्रको १२५ सदस्यीय पोलिटब्युरो सदस्यमध्ये गण्डकी प्रदेशबाट मात्रै ४ दम्पत्तीले अवसर पाएका छन्। बिहीबार अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको उक्त संख्याको पोलिटब्युरो सदस्यमध्ये नेता देव गुरुङ, हितमान शाक्य, शिक्षामन्त्री देवेन्द्र पौडेल, युवा नेता देवेन्द्र पराजुलीको दम्पत्ती पोलिटब्युरो सदस्यमा नाम आएको छ। प्रस्तावित नामहरुमा नेता देव गुरुङकी यशोदा सुवेदी ‘प्रभा’, नेता हितमान शाक्यकी अमृता थापा, शिक्षामन्त्री…