Hero News »

गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत, समन्यायिक, समतामूलक समाज निर्माणमा सरकार प्रतिबद्ध

पोखरा । गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बैठकस्थल पोखरा सभागृहमा आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश प्रमुख शेरचनलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सरकारका मन्त्री, प्रतिपक्षी दलका नेतालगायतले स्वागत गरेका थिए । नीति तथा कार्यक्रमको प्रारम्भमा…

नेपालमा एकै दिन मंगलबार ९० जना कोरोना संक्रमित थपिए, गण्डकी प्रदेशमा समेत थप २ जना नयाँ कोरोना संक्रमित

पोखरा । कोरोना भाइरसबाट मंगलबार थप ९० जना संक्रमित थपिएका छन् । कोरोनाको संक्रमितसँगै नेपालमा अब कूल संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार थप ९० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिएका छन् । प्रवक्ता डा देवकोटाका अनुसार…

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रको नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले यो महामारीबाट बाहिर निस्कन सरकारले आवश्यक कार्य गरिरहेको दाबी गरे । महामारीको सामना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा रहेको उनको भनाई थियो । क्वारेन्टिन थप…

४३ जिल्लामा कोरोना संक्रमण, सबैभन्दा गण्डकी प्रदेशमा कम (विस्तृत विवरणसहित)

पोखरा । नेपालका ७७ जिल्लामध्ये कोरोना संक्रमण ४३ जिल्लामा फैलिएको छ । प्रदेशका हिसावले सबैभन्दा कम संक्रमित गण्डकी प्रदेशमा छन् । यहाँ ५ जना संक्रमित भएकोमा २ जना निको भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबारसम्ममा ४३ जिल्लामा कोरोना भाइरस संक्रमित भेटिएको हो । मन्त्रालयका अनुसार सबैभन्दा बढी वागमती प्रदेशमा ११…

सरकारको नीति तथा कार्यक्रम: कुन क्षेत्रमा कस्तो रणनीति अपनाइएको छ ?

पोखरा । सरकारले शुक्रबार आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । स्वास्थ्य क्षेत्रमा के के छन् ?   सरकारले देशलाई कोरोना भाइरस महामारीमुक्त बनाउने विषयलाई पहिलो प्राथमिकतामा राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो आर्थिक…

लिपुलेक र कालापानी समेटेर नक्सा प्रकाशित गर्ने प्रतिबद्धता

पोखरा । सरकारले लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ । साथै, सरकारले नेपालका छुटेका भूमिहरू समावेश गरी नयाँ नक्सा जारी गर्ने पनि नीति तथा कार्यक्रममा…

नवलपुरमा कोरोना संक्रमित भेटियो, गण्डकी प्रदेश समेत कोरोना संंक्रमणको जोखिममा

पोखरा । गण्डकी प्रदेशमा समेत कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेको छ । नवलपुर जिल्लामा बिहीवार १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसको जोखिम बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बिहीबार नवलपुर जिल्लाको देवचुली नगरपालिका–१२ का ४९ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको…

यसअघि, जिल्लाका प्रशासन कार्यलयहरुले जारी गरेका अन्तरजिल्ला पास गृह मन्त्रालयद्वारा खारेज

पोखरा । गृह मन्त्रालयले यसअघि जिल्ला प्रशासन कार्यालयहरूबाट जिल्लाभित्र सवारी संचालन गर्न दिइएको पास खारेज गर्ने निर्णय गरेको छ । एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी यस अघि जारी भएका सबै सवारी पास गृह मन्त्रालयले बिहीबारबाट लागू हुने गरी रद्द गरेको छ । साथै यसअघि तोकिएका नियामक निकायबाट जारी भएका पासलाई मात्र मान्यता दिने…

नेपालमा एकैदिन थप ८३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २१७ पुग्यो, पर्सा जिल्ला आतङ्कित

पोखरा । नेपालमा मंगलबार एकै दिन ८३ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमित हुनेको संख्या १९१ जना पुगेको छ । संक्रमित जना सबै पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन्। मंगलबार संक्रमण पुष्टि भएकाहरुमध्ये पर्सामा ५७ जना, कपिलवस्तुमा ८, रुपन्देहीका ९ र भक्तपुर, महोत्तरी र धनुषामा २/२ जना…

भारतले एक हप्तामा ६४ उडानमार्फत विदेशमा रहेका आफ्ना १५ हजार नागरिकलाई देश फर्काउँदै

पोखरा । भारतले एक हप्तामा ६४ उडानमार्फत विदेशमा रहेका आफ्ना १५ हजार नागरिकलाई देश फर्काउँदै छ । भारतले अरु देशमा फसेका आफ्ना नागरिकको उद्धार गर्ने भएको हो । बिहीबारदेखि सुरु हुने उद्धारमा यात्रुवाहक जहाज र नौसेनाको जहाज प्रयोग गरिने भारतको गृह मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पहिलो चरणमा समस्यामा रहेका कामदार, वृद्धवृद्धा, बिरामी…