Hero News »

पुलित्जरकी व्यवस्थापक डाना केनेडीले आफ्नो घरको लिभिङ रुमबाट यस वर्षको पुलित्जर पुरस्कार २०२० घोषणा गरिन्

अमेरिकी लेखक कोल्सन ह्वाइटहेड आख्यान (फिक्सन) तर्फ दोस्रोपटक पुलित्जर पुरस्कार जित्ने चौथो लेखक बनेका छन् । अफ्रिकन–अमेरिकन लेखक ह्वाइटहेडले ‘द निकल बोइज’का लागि यो वर्ष (सन् २०२०) को पुलित्जरमा फिक्सन तर्फको पुरस्कार जितेका हुन् । फ्लोरिडाको बालसुधार विद्यालयमा अश्वेत बालकमाथि हुने गरेको दुव्र्यवहारको कथा उनले ‘द निकल बोइज’मा प्रस्तुत गरेका छन् । न्यूयोर्कका ५० वर्षे…

वैशाख २६ गतेलाई राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन आह्वान

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गरेकी छन् । आइतबार सरकारको सिफारिसमा उनले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् । आइतबार बसेको मन्त्रपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । वजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम…

भारतमा कोरोना संक्रमण फैलादोँ, ७२१ जनाको ज्यान गयो, संक्रमित संख्या २३ हजार नाघ्यो

पोखरा । भारतमा कोरोना संक्रमण थप फैलिँदै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र १ हजार ६६९ नयाँ संक्रमित फेला परेका छन् । हालसम्म भारतमा कोरोनाबाट संक्रमण हुनेको संख्या २३ हजार ३९ पुगेको वल्र्डाे मिटर्सको तथ्यांकमा जनाइएको छ । त्यहाँ, बिहीबार मात्र कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मर्नेको संख्या…

अमेरिकामा कोरोनाबाट करिब ५० हजारको ज्यान गयो, साढे ८ लाख ७० हजारको संख्यामा संक्रमित

पोखरा । कोरोनाबाट अमेरिकामा सबैभन्दा बढीको ज्यान गएको छ । कोरोनाको उद्गम स्थल चीन भएपनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ४९ हजार ८४५ सय बढीको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २३ सय बढीको मृत्यु भएको छ भने ३१ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।…

कोरोनाले १ लाख ९० हजार बढिको ज्यान लियो, २७ लाख बढीको संख्यामा संक्रमित

पोखरा ।  कोरोनाले १ लाख ९० हजार बढिको ज्यान लियो, २७ लाख बढीको संख्यामा संक्रमित विश्वब्यापी महाव्याधी नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट १ लाख ९० हजार बढीले ज्यान गुमाएका छन् । विभिन्न तथ्यांक निकाल्ने संस्था वल्र्डाे मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४९९ पुगेको…

अहं, व्यक्तिवाद र संकीर्ण स्वार्थमा नरमाउँ, मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्न नखोजियोस् : माधव नेपाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधवकुमार नेपालले पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्न पार्टी पंक्तिलाई आह्वान गरेका छन् । एक विज्ञप्ति जारी गर्दै नेता नेपालले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको बेलामा नेपाल कम्युनिस्ट पार्टीको दायित्व अझै बढेको बताएका छन् । नयाँ संविधान जारी भएपछि सम्पन्न निर्वाचनमा जनताले नेपाल कम्युनिष्ट पार्टीलाई…

नेकपालाई कमजोर पार्न देशीविदेशी शक्तिहरुले निरन्तर चलखेल गरिरहेछ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ऐतिहासिक पार्टी एकतापछि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने चलखेलमा निरन्तर लागिरहेको बताएका छन् । नेकपाको ७१ औं स्थापना दिवसका अवसरमा वक्तव्य निकाल्दै अध्यक्ष दाहालले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको उल्लेख गरेका छन् ।…

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पिन गण्डकीको सेनिटाइजेसन टनेल प्रदान

पोखरा । प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल(पिन) गण्डकी प्रदेश कमिटीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सेनिटाइजेसन टनेल प्रदान गरेको छ । कोराना भाइरसको त्रास बढ्दै जाँदा पिन गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको समन्वयमा महानगरपालिकाको यान्त्रिक कार्यशालामा निर्माण गरिएको सेनिटाइजेसन टनेल पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन् । यो टनेलले स्वचालित रूपमा काम…

हालसम्म ३३ हजारको कोरोना भाइरसको परीक्षण

पोखरा । कोभिड–१९ रोगबारे हालसम्म कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको छ । पीसीआर विधिबाट ८ हजार ४१४ र ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट २५ हजार १४८ गरी कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंया मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशभर ३२४ वटा पीसीआर परीक्षण भएका छन् भने आरडीटी…

कोरोना विरुद्ध एक भएर अघि बढ्नु पर्नेमा जोड दिदैं सकियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय बैठक

पोखरा । कोरोना विरुद्ध एक भएर अघि बढ्नु पर्नेमा जोड दिदैं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय बैठक सकिएको छ । बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना संक्रमण विरूद्द जारी लडाइमा सिंगो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल…