
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्न सबैलाई आग्रह गरेका छन्। मंगलबार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह कार्यक्रमको पोखरामा शुभारम्भ गर्दै एउटा सामान्य नियम पालना गर्न सके सबैको जीवन सुरक्षित हुने भन्दै यस्तो आग्रह गरेका हुन्। ‘एउटा सामान्य नियम पालना गर्दा हामी सबैको जीवन सुरक्षित हुनसक्छ, सामान्य छ कुरा…
पत्रकार रोहितराज पराजुलीलाई पोखरा खेलकुद स्पोर्ट्स अवार्ड–२०८०’ को उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो। प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले अनुमोदन…
गण्डकी प्रदेश सरकारमा थप मन्त्रीमण्डल विस्तार गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीपरिषद् विस्तार गरेका हुन्। उनले आज मन्त्री सीता सुन्दास र वेदबहादुर गुरुङ ‘श्याम’लाई मन्त्रीमा नियुक्त गरेका हुन्। उनीहरु अधिकारी नेतृत्वको यसअघिको मन्त्री परिषद्मा पनि मन्त्री थिए। सीताले सामाजिक विकास तथा स्वास्थ्य र बेदबहादुरले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्। नवनियुक्त…
सहारा क्लब पोखराले आठौँ ‘पोखरा स्पोर्टस अवार्ड–२०८०’ अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड पाउने भएको छ। प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै सहारालाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो। छैटौँ संस्करणसम्म यो विधामा खेल संघलाई मात्र अवार्ड प्रदान गरिदँै आएकोमा सातौँ संस्करणबाट खेल संघ…
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्। आइतबार बसेको प्रदेश सभा बैठकमा सभामुख कृष्णप्रसाद धितालले ३० जना सांसदको समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका हुन्। ६० सदस्यीय गण्डकी प्रदेश सभामा ५७ जना सांसद उपस्थित थिए। मुख्यमन्त्रीको पक्षमा ३० जना सांसदले मतदान गरे। बहुमतका लागि ३१ जना सांसद हुनुपर्ने भएपनि सभामुख धितालले…
एथ्लेटिक्सकी ईन्द्रा मल्लले आठौं पोखरा स्पोर्ट्स अवार्डको लाइफ टाइम अचिभमेन्ट अवार्ड पाउँदै छिन्। यही वैसाख २८ गते पोखरा सभागृहमा हुने अवार्ड कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले इन्द्रालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिने निर्णय गरेको हो। लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए।…
नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन काठमाडौँ घोषणापत्र जारी गर्दै सकिएको छ। संविधानको पूर्ण कार्यान्वयन, पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारिताको संस्थागत विकास र समृद्धिका लागि घोषणापत्र जारी गरिए जनाइएको छ। घोषणपत्रमा १८ वटा बुँदाहरु छन्। पहिलो बुँदामा प्रकाशित समाचार सामग्रीको सन्दर्भमा सम्मानित सर्वोच्च अदालतद्वारा पछिल्लो पटक भएको आदेशप्रति महाधिवेशनको गंभीर ध्यानाकर्षण भएको…
राष्ट्रिय सूचना आयोगले आफ्नो १७ औँ स्थापना दिवस मनाएको छ। २०६५ साल वैशाख २२ मा राष्ट्रिय सूचना आयोगको स्थापना भई सूचनाको हक कार्यान्वयनका लागि आयोगले काम गर्दै आएको छ। आयोगले सूचनाको हकलाई संघदेखि पालिकासम्म सार्वजनिक निकाय, नागरिक तथा सूचनाको हकका अभियन्तासम्म पुग्नेमा जोड दिएको छ। १७ औँ स्थापना दिवसका अवसरमा आयोगले सूचनाको हकले शासकीय व्यवस्थामा…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन्। सातौँ राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसका अवसरमा आज (बिहीबार) यहाँ आयोजित कार्यक्रममा उनले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिए। ‘संचार तथा सूचना प्रविधिको विकास,…
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको साधारणसभा बुधबार पोखरामा सम्पन्न भएको छ। साधारणसभाको अवसरमा अवसरमा पत्रकार महासंघ गण्डकीले प्रदेश मातहतको म्याग्दी जिल्ला शाखालाई उत्कृष्ट जिल्ला शाखाको रुपमा सम्मान गरेको छ। सो अवसरमा जहाज दुर्घटनामा परी दिवंगत भएका पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष एवं पत्रकार त्रिभुवन पौडेलको परिवारलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेको छ। सो अवसरमा…