समाचार »

दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपाल उपविजेता

दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ। श्रीलंकाको कोलम्बोस्थित पिसारा ओभल क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा नेपाललाई ७ विकेटले हराउँदै भारतले उपाधि जित्यो। नेपालले दिएको १ सय १५ रनको लक्ष्य भारतले १२ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो। भारतकी फुला सरेनले नटआउट ४४ रन बनाइन् । नेपालकी दिल्लीसरा धमलाले १…

२१ औ संस्करणको लेखनाथ महोत्सव पुस ३ गतेदेखि

२१ औँ संस्करणको लेखनाथ महोत्सव आगामी पुस ३ गतेदेखि १४ गतेसम्म चल्दैछ। लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सवको लागि स्टल बुकिङ खुलासमेत गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ। स्टल व्यवस्थापन तथा निर्माण समितिका संयोजक भरत थापाका अनुसार संघका सदस्यहरूलाई लक्षित गर्दै पहिलो चरणको बुकिङ मंसीर ८ गतेबाट सुरू गरिएको हो। अन्य व्यवसायीहरूको…

एएफसी यु–१७ एसियन कप छनोट: नेपाल सिरियासँग पराजित

एएफसी–१७ वर्षमुनिको एसियन कप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल सिरियासँग पराजित भएको छ। म्यानमारको याङ्गुमा रहेको थुवुन्ना रंगशालामा शनिबार भएको खेलमा सिरियासँग नेपाल ४–२ गोलअन्तरले पराजित भएको हो। सिरियाले पहिलो हाफको सुरुआती १४ मिनेटभित्र ३–० को अग्रता बनाएको थियो। सिरियाका लागि अल हरिरी, अलाली अल्जासेम र ओडे अल्फासटाकीले गोल गरेका थिए। त्यसपछि, नेपालका स्ट्राइकर…

४६ वर्षपछि गोरखापत्रमा नै फर्कियो ‘गिद्दे प्रेस’

नेपालको पहिलो र ऐतिहासिक ‘गिद्दे प्रेस’ गोरखापत्र संस्थानमा नै फिर्ता ल्याइएको छ। राष्ट्रिय संग्रहालय छाउनीबाट शनिवार गिद्दे प्रेसलाई गोरखापत्र संस्थानमा फिर्ता ल्याइएको हो। संग्रहालयका प्रमुख अरुण नकर्मीले गोरखापत्र संस्थानका नायब कार्यकारी सम्पादक रामप्रसाद हुमागाईंलाई प्रेस हस्तान्तरण गरे। झन्डै १ सय २५ वर्षअघि गोरखापत्र छाप्न प्रयोग गरिएको संस्थानको कोठामा अब यो प्रेस राखिनेछ। २०३६ सालको असोज…

सावधान ! आफन्तको नाममा पैसा माग्ने क्रम बढ्यो

सामाजिक सञ्जालका आईडी ह्याक गरी आफन्तको नाममा दु:ख परेको बहाना बनाएर रकम माग्ने घटना बढेपछि प्रहरीले सतर्क रहन आग्रह गरेको छ। पछिल्लो समय आफन्तको नाम प्रयोग गरी रकम माग्ने क्रम बढेकोले सबैलाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको हो। फेसबुक, ह्वाट्सएप लगायतका अकाउन्ट ह्याक गरी आर्थिक सहयोग माग्ने, चिठ्ठा परेको भन्दै राजस्व तिर्न लगाउने, सस्तो…

युवा पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ लाई युवा पत्रकारिता पुरस्कार प्रदान

युवा पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ लाई मेजर लक्ष्मीप्रसाद/हुमकुमारी गुरुङ एमबीओ बीइएम टुजीआर युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। आदिवासी जनजाति पत्रकार महासंघका सचिव एमबी आस्था र पुरस्कार दाता मेजर लक्ष्मीप्रसाद गुरुङले ‘सुमन’ लाई बुधबार पुरस्कार प्रदान गरेका हुन्। पत्रकार ‘सुमन’ लाई पुरस्कार राशि १० हजार नगद र सम्मानपत्रद्वारा सम्मान गरिएको हो। आदिवासी जनजाति पत्रकार महासंघ…

संचारमन्त्री खरेल कोरियाबाट स्वदेश फर्किए

संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल स्वदेश फर्किएका छन्। गणतन्त्र कोरियाको सिओलमा आयोजना भएको ११ औँ ‘ग्लोबल आइसीटी लिडरसीप फोरम’मा सहभागी भएर मन्त्री खरेल स्वदेश फर्किएका हुन्। मन्त्री खरेल फोरममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कार्तिक २५ गते दक्षिण कोरिया गएका थिए। कोरियाको विज्ञान र आइसीटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी…

कर्णाली यशविसले जित्यो लगातार दोश्रो पटक एभरेस्ट महिला भलिबल लिगको उपाधि

कर्णाली यशविसले लगातार दोश्रो पटक एभरेस्ट महिला भलिबल लिगको उपाधि जितेको छ। काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार बेलुकी भएको फाइनल खेलमा कर्णालीले ललितपुर क्वीन्सलाई ३–२ को सेटमा हरायो। कर्णालीले लगातार पहिलो र दोश्रो सेट २६–२४ र २५–१७ ले आफ्नो पक्षमा पार्‍यो। त्यसपछि ललितपुरले पनि लगातार तेश्रो र चौथो सेट २५–१३…

फेरि सुरु भयो, अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी गुनासो र उजुरी दर्ताको व्यवस्था

अब, अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी गुनासो र उजुरी दर्ता गर्न पाउने व्यवस्था गरिएको छ। गृह मन्त्रालयले मिटर ब्याजसम्बन्धी गुनासो र उजुरी दर्ता गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय संयन्त्र क्रियाशील बनाउन भनेको हो। यसअघि, सरकारले गठन गरेको अनुचित…

अब, राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदाता सूचीमा नाम दर्ता गर्न मिल्छ

अब, राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदाता सूचीमा नाम दर्ता सकिने भएको छ। यसर्थ, निर्वाचन आयोगले राष्ट्रिय परिचपत्रको विवरणका आधारमा पनि मतदाता सूचीमा नाम दर्ता गर्न थालेको छ। अनलाइन फारम भर्न पाएपनि बायोमेट्रिकका लागि निर्वाचन कार्यालयहरूमा भीड बढेपछि आयोगले राष्ट्रिय परिचपत्रको विवरण प्रयोग गर्न थालेको हो। प्राविधिक तयारी र परीक्षणका काम सकेर राष्ट्रिय परिचपत्रको विवरणका आधारमा…