
प्रेस काउन्सिल नेपालले रेडियो/टेलिभिजन, छापा र अनलाइन संचार माध्यममा आचारसंहिता अनुगमन प्रभावकारी बनाउन ‘फोकल पर्सन’ नै तोकेको छ। शुक्रबार काउन्सिल सदस्य बालकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बोर्ड बैठकले ३ जना सदस्यलाई विशेष जिम्मेवारी दिँदै आचारसंहिताको अनुगमनलाई थप चुस्त, दुरुस्त बनाउन फोकल पर्सन तोकेको हो। योसँगै, संचार माध्यम प्रभावकारी बन्ने काउन्सिलको विश्वास लिएको छ। बैठकपछि जारी विज्ञप्तिमा…
विश्व क्रिकेटमा नेपालले सनसनी मच्चाएको छ। युनिटी कप टी–२० श्रृंखलाको खेलमा नेपालले वेस्ट इन्डिजमाथि दोस्रो जीत निकाल्दै नेपालले ऐतिहासिक सफलता हात पारेको हो। नेपालले वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० श्रृंखलामा एक खेल अगावै विजयी भएको छ। संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा गएराति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित…
नेपालकी सुनमाया बुढाले विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसीपमा दोस्रो स्थान हासिल गरेकी छन्। स्पेनको क्यान फ्रान्कमा भएको प्रतियोगितामा सुनमायाले ८१ किलोमिटरको लामो दूरीको ट्रेल रनमा दोस्रो स्थान हात पारेकी हुन्। बुढाले निर्धारित दूरी १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पूरा गरिन्। सुनमाया पहिलो स्थान हात पारेकी अमेरिकी खेलाडी केटी शिम्टभन्दा २६ मिनेटले पछि परिन्।…
सुदुरपश्चिम प्रदेशका नरेन्द्रसिंह रावतले दोस्रो संस्करणको पर्वतीय दौडको उपाधि जितेका छन्। विश्व पर्यटन दिवसका अवसरमा शनिबार पोखरामा आयोजना गरिएको दौड प्रतियोगितामा राउतले निर्धारित निर्धारित ८ किमी दूरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै उपाधिसहित नगद ५० हजार रुपैयाँ पुरस्कार जिते। पोखरा–२२ स्थित विश्वशान्ति स्तुपदेखि सुरु भएको दौड पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी कालाबाङ घरेडी…
वेस्ट इन्डिजबीचको ३ खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ। नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो। संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहमा नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ९ विकेट गुमाएर १२९ रन मात्रै बनाउन सक्यो। वेस्ट इन्डिजका नवीन बिदाइसीले सर्वाधिक २२ रन बनाए। फेबियन एलेन र अमिर जांगुले…
अब, दसैँ–तिहारको बिदामा पनि अस्पतालहरु संचालन हुनेछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैँ–तिहारको बिदामा पनि अस्पताल संचालन गर्न निर्देशन दिएको हो। मन्त्रालयका सह–सचिव एवं प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै दसैँ–तिहारको बिदामा पनि अस्पतालको सेवा संचालन गर्न निर्देशन दिएका हुन्। दसैँ–तिहार, छठ पर्वमा लामो बिदा हुने भएकाले बिरामीलाई लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन मन्त्रालयले…
संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले काम गर्ने प्रतिबद्धता जनाएका छन्। सूचनाको हकका लागि राष्ट्रिय (आरटीआई) महासंघले शुक्रबार मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री खरेलले भने, ‘सूचनाको हकको प्रयोगबाट भ्रष्टाचार न्यूनीकरणमा काम गर्न सकिने भएकाले यसको व्यावहारिक र प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ।’ सूचनाको हकका विषयमा सरोकारवाला सबैलाई राखेर दसैँपछि…
पत्रकार केशव पाठकलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको छ। सहारा क्लब पोखराद्वारा सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार पाठक सम्मानीत भएका हुन्। सहारा क्लब पोखराको २७ ओैं साधारण सभा तथा १४ ओै अधिवेशनको अवसरमा शुक्रबार आयोजित समारोहमा उनलाई २५ हजार ५५५ रुपैयाँ नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो। प्रमुख अतिथि हिमश्री फुड्स प्रालिका प्रबन्ध…
साफ यु–१७ को च्याम्पियनसीपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ। श्रीलंकाको कोलम्बो रेसकोर्स मैदानमा विहीबार भएको दोस्रो सेमिफाइनलमा भारतसँग ३–० गोलले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो। भारतको जीतमा गुनलेइबा वाङखेरकपाम, अजलान शाह र डाइमन्डसिंह थोक्चोमले गोल गरे। नेपालले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो। तर, खेलको ६१ औँ मिनेटमा वाङखेरकपामको गोलमार्फत भारतले अग्रता लियो। ८० औँ…
प्रेस काउन्सिलले नेपालले सोमबार आफ्नो ५६ औँ वार्षिकोत्सव मनाएको छ। पछिल्लो समय देशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै यसवर्षका अन्य कार्यक्रम स्थगन गर्दै काउन्सिलले सरल तरिकाले वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो। काउन्सिलका सदस्य नकुल अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलको ५० औँ वार्षिक प्रतिवेदन र अंग्रेजी प्रकाशन मिडिया जर्नल सार्वजनिक गर्यो। वार्षिकोत्सवका अवसरमा हुँदै आएका विशेष कार्यक्रम…