समाचार »

नेपाल र बंगलादेशले मैत्रीपूर्ण फुटबलमा फेरि पनि २–२ को बराबरी खेल्यो

नेपाल र बंगलादेशले फेरि पनि बराबरीको मैत्रीपूर्ण फुटबल खेलेको छ। बंगलादेशको ढाकास्थित राष्ट्रिय रंगशालामा हिँजो (विहीबार) बेलुकी भएको मैत्रीपूर्ण फुटबल खेल २–२ को बराबरीमा सकिएको हो। नेपालका रोहित चन्द र अनन्त तामाङले समान १/१ गोल गरे भने बंगलादेशका दुवै गोल हम्जा चौधरीले गरे। डिफेन्डर अनन्त तामाङको गोलसँगै नेपाल मैत्रीपूर्ण खेलमा बंगलादेशसँग हारबाट जोगियो। खेलमा सुरुआती…

अझै, ५ हजार कैदीबन्दी फरार, झन्डै ५ सय थान हतियार फिर्ता हुन बाँकी

जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीहरूमध्ये अझै ५ हजार, १३ जना फरार रहेका गृह मन्त्रालयले जनाएको छ। राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले भागेका कैदीबन्दी बारेमा यस्तो जानकारी गराएका हुन्। गृहमन्त्री अर्यालका अनुसार १४ हजार, ५५४ कैदीबन्दी भागेकामा ९ हजार, ४४१ जनालाई फिर्ता गरिएको छ। फरार भएकाहरूको सूची सार्वजनिक गरेर…

पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर

काठमाण्डौको लैनचौरमा बनेको नेपाल स्काउटको जग्गामा बनेको संरचनामा काठमाण्डौ महानगरपालिकाले डोजर चलाएको छ। पूर्वमन्त्री दीपक खड्काको कम्पनीले त्यो संरचना भोगचलन गरिरहेको थियो। खड्का ल्याण्डले स्काउटको ३ रोपनी जग्गा भाडामा लिए पनि झन्डै १२ रोपनी जग्गा अतिक्रमण गरेर पार्टी प्यालेस र रेष्टुराँसहित कार्यालय संचालन गर्दै आएको थियो। अदालतको आदेश र स्काउटले पटक–पटक सूचना दिँदा पनि सम्झौता…

३ महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना

पछिल्ला ३ महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ। गएको साउन १ गतेदेखि असोज ३१ गतेको अवधिमा संख्यामा प्रेस स्वतन्त्रता हननका घटना भएको काउन्सिलले जनाएको हो। तीमध्ये सबैभन्दा धेरै आक्रमण र कुटपिटका ३४ घटना रहेको काउन्सिलले प्रेस विज्ञप्तिमा जनाएको छ। त्यसैगरी धम्की/दुव्र्यवहारका १०, पेसागत असुरक्षाका ८, कब्जा/अवरोधका ५ र नीतिगत…

सरकार निर्देशन दिन्छ, ‘सामुदायिक विद्यालयको जग्गा–जमिनबारे विवरण पठाउ’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयको जग्गा–जमिनको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। शिक्षामन्त्री महावीर पुनले जग्गा जमिनको विवरण पेश गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रलाई निर्देशन दिएका हुन्। यस्तै, केन्द्रले ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै जग्गा–जमिनको विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ। केन्द्रले गरेको सर्कुलरमा शिक्षा मन्त्रालयबाट सामुदायिक…

पत्रकार धौलागिरीद्वारा लिखित पत्रकारिता विषयको २ पुस्तक सार्वजनिक

पत्रकार विनोदप्रसाद शर्मा (विनोद धौलागिरी) का २ पुस्तक बुधबार सार्वजनिक भएका छन्। पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी विषयका ‘लेखन र सम्पादन’ तथा ‘लेखन कला’ विषयका पुस्तक राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य र सेफर्ड कलेज काठमाण्डौका क्याम्पस प्रमुख कविता शर्माले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्। सेफर्ड कलेज काठमाण्डौमा आयोजना गरिएको सो…

‘तथ्यगत परीक्षणबेगर समाचार सामग्री सम्प्रेषण नगरौं’

प्रेस काउन्सिल नेपालले तथ्यगत परीक्षण एवं आधार प्रमाणबेगर हतार गरी सामग्री सम्प्रेषण नगर्न/नगराउन संचार माध्यम, आम पत्रकार, संचारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्तालगायतलाई आग्रह गरेको छ। बिहिबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले कतिपय मिडियाबाट तथ्यगत परीक्षणबेगर भ्रामक सूचनाहरू सम्प्रेषण भइरहेको भन्ने गुनासा आइरहेको र काउन्सिलको अनुगमनबाट समेत त्यस्तो देखिएको भन्दै संचार माध्यमलाई सचेत रहन आग्रह गरेको…

तथ्य जाँचका लागि प्रेस काउन्सिलले कार्यदल गठन गर्‍यो

प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको छ। सदस्य भीमलाल श्रेष्ठको संयोकत्वमा सदस्यद्वय कुमारी निमा काफ्ले र बालकृष्ण अधिकारी सदस्य रहेको कार्यदल गठन गरेको हो। काउन्सिलको सदस्य भीमलाल श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६)मा भएका प्रावधानहरूको स्मरणसमेत गरायो। साथै, वर्तमान बदलिँदो परिस्थितिमा संयमित भएर तथ्यपरक सामग्री सम्प्रेषण गर्न संपूर्ण…

‘प्रेस काउन्सिलको स्वायत्तताको सम्मान गर्छौं’

संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रेस काउन्सिल नेपालको स्वयत्तताको सम्मान गर्ने बताएका छन्। काउन्सिललाई थप प्रभावकारी बनाउन सरकार तयार रहेको प्रतिबद्धतासमेत जनाएका छन्। काउन्सिलमा बुधबार भएको स्वागत तथा स्थलगत भ्रमणका क्रममा उनले सरकार तोकिएको मितिमा निर्वाचन गराउन इमान्दार रहेको उल्लेख गरे। उनले उल्लेख गरे, ‘निर्वाचनलाई प्रभावित बनाउने गरी कतिपय न्युज मिडिया र सोसल…

समाचार संकलनका क्रममा घाइते ४ पत्रकारलाई प्रेस काउन्सिलको सहयोग

प्रेस काउन्सिल नेपालले जेन जी (Zen Z) प्रदर्शनका समाचार संकलनका क्रममा गोली लागेर घाइते भएका ४ जना पत्रकारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। मंगलबार आयोजित छलफलपछि काउन्सिलका सदस्य भीमलाल श्रेष्ठले कान्तिपुर टेलिभिजनका फोटोपत्रकार श्याम श्रेष्ठ, नयाँपत्रिका दैनिकका दिपेन्द्र ढुंगाना र नेपाल प्रेस डटकमका उमेश कार्कीलाई सहयोग रकमसहितको चेक हस्तान्तरण गरे। उक्त सहयोग हस्तान्तरण कार्यक्रममा उनीहरूले…