
पोखरा–३, नदीपुरस्थित बाल मन्दिर मावि व्यवस्थापन समिति अध्यक्षमा वसन्तलाल कतिला निर्वाचित भएका छन्। उनको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको नयाँ समिति गठन गरिएको हो। समिति सदस्यमा वडाध्यक्ष प्रकाशमान उदास छन्। अन्य सदस्यहरुमा रमणप्रसाद श्रेष्ठ, भरत कतिला, शिव श्रेष्ठ, महेन्द्र गौतम, डोली थापामगर विक, षड्ङ्गराज शर्मा घिमिरे र सुशील बस्नेत छन्। तीमध्ये भरत स्थानीय निकायबाट मनोनीत हुन्…
सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि २६ मध्ये ८ वटा कम्पनी सम्पर्कमा आएका छन्। बिहीबारको सरकारी निर्णयअनुसार नेपाल दूरसंचार प्राधिकरणले सामाजिक सञ्जालहरु निष्कृय बनाउन इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेपछि ८ वटा कम्पनी सरकारको सम्पर्कमा आएका हुन्। बिहीबार नै फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्सको संचालक कम्पनी मेटाले सूचीकरणका लागि आवश्यक कागजातबारे बुझेको थियो।…
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा शुक्रबारदेखि पोखरामा आठौं संस्करणको ‘इक्यान एजुकेसन फेयर’ सुरु भएको छ। टाइम्स एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजन मा पोखराको न्यूरोडस्थित सिटी स्क्वायर बैंक्वेटमा बृहत् शैक्षिक मेला सुरु भएको हो। मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले इक्यानले विद्यार्थीलाई विश्वका प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग जोड्ने…
पोखराका कृयाशील पत्रकार एकराज गिरीलाई सडक यातायात व्यवसायी पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिएको छ। पोखरा यातायात प्रालिको पोखरामा विहीबार आयोजित सातौ वार्षिक साधारणसभामा प्रालिले स्थापना गरेको सो सडक यातायात व्यवसायी पत्रकारिता पुरस्कार पत्रकार गिरीलाई सो पुरस्कारबाट सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी संयोजक केदार पौडेल, पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रंसाद…
फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द हुँदैछन्। सरकारले फेसबुक, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो। संचार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो। सरकारले नेपालमा दर्ता हुन नआएका सामाजिक सञ्जालहरुका लागि बिहीबारदेखि नै लागू हुनेगरि फेसबुक तथा युट्युबसहित २६ वटा सामाजिक सञ्जाल निष्कृय गर्ने भएको हो। यसअघि, सरकारले एक साताको समय …
पोखराका तीन जना उत्कृष्ट विद्यार्थीलाई लक्ष्मी विद्या पदक प्रदान गरिएको छ। पोखरा उद्योग वाणिज्य संघले शनिबार एक विशेष समारोहबीच लक्ष्मी विद्या पदक प्रदान गरेको हो। संघको ७१ औँ साधारण सभाको उद्घाटन सत्रमा कास्कीका विभिन्न क्याम्पसका विद्यार्थीलाई सम्मान गरेको हो। यस वर्षको लक्ष्मी विद्या पदक–२०८१ बाट एमबीएसतर्फ दीपा तिवारी (पृथ्वी नारायण क्याम्पस), बीबीएतर्फ प्रमिशा सापकोटा (ला…
पत्रकार मोहनकुमार (आरजु) बिष्ट ‘सल्यानी’ लाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। पोखरा उद्योग वाणिज्य संघको साधारण सभाको अवसरमा शनिबार संघले पत्रकार ‘सल्यानी’ लाई उक्त पुरस्कार प्रदान गरेको हो। पोखरा उद्योग बाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार–२०७९ बाट पत्रकार मोहनकुमार (आरजु) विष्ट ‘सल्यानी’ सम्मानीत भएका हुन्। समारोहमा प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन…
पोखराका दुई युवा उद्यमीहरु भाष्कर उपाध्याय र राहूल उपाध्यायलाई डागर स्मृति पुरस्कार प्रदान गरिएको छ। डागर स्मृति प्रतिष्ठान, नेपालको १० औं साधारणसभा तथा स्व. राजन डागरको २४ औं स्मृति दिवसको अवसरमा विहीबार पोखरामा आयोजित एक समारोहमा सो पुरस्कार प्रदान गरिएको हो। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष सरिता तिम्सिना पंगेनी, संस्थापिका रमा प्रासरलगायतले उपाध्यायद्वयलाई…
सरकारले ७ दिनभित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ। भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो जानकारी गराएका हुन्। सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल ७ दिनभित्र संचार मन्त्रालयमा सूचीकरण हुनुपर्ने र तोकिएको अवधिमा सूचीकरण नभए नेपालमा निष्कृय गराउन दूरसंचार प्राधिकरणलाई निर्देशन दिने निर्णय…
साफ यु–१७ महिला च्याम्पियनसीपमा नेपाल बंगलादेशसँग फेरि पराजित भएको छ। हारसँगै नेपाल उपाधि जित्ने होडबाट बाहिरिएको छ। भुटानको थिम्पुमा बुधबार भएको खेलमा नेपाललाई बंगलादेशले ४–१ गोलले हरायो। बंगलादेशकी सौरभी अकन्दा प्रितीले ह्याट्रिक र थुइनुए मार्माले १ गोल गरिन्। नेपालकी भूमिका बुढाथोकीले गोल गरिन्। प्रतियोगितामा नेपालको यो चौथो खेल हो। यसअघि, भएको खेलमा नेपाल बंगलादेशसँग ३–०…