
पोखरा । राष्ट्रिय मावि र जनप्रिय माविले पोखरामा सम्पन्न सृजना कप सामुदायिक मावि छात्रछात्रा भलिवल प्रतियोगिताको उपाधि उचालेका छन् । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा संचालित प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा छात्रतर्फ राष्ट्रिय माविले वाराही माविलाई पराजित गर्दै तथा छात्रातर्फ जनप्रिय माविले ताल वाराही माविलाई पराजित गर्दै उपाधि…
पोखरा । यस संस्करणदेखि आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि गरिएको छ । पोखरामा फागुनको २२ गतेदेखि शुरु १८ औं संस्करणको प्रतियोगिताको विजेताले १० लाख, १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउने सहारा क्लब पोखराले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । गत संस्करणसम्म विजेताको ८ लाख १ हजार…
पर्वत । विभागीय नेपाल पुलिस क्लब र साविक विजेता एपीएफ क्लब पर्वतमा जारी दिदीबहिनी कप भलिबलको फाइनलमा पुगेको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा न्यू–डायमण्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाएको हो । एपीएफले न्यू–डायमण्डमाथि २५–९, २५–१५ र २५–१८ को सेटमा पराजित ग¥यो । प्रतिभा चोटका कारण कोर्ट बाहिर छन्…
झापा । मच्छिन्द्र फुटबल क्लब सताक्षी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा शुक्रबार भएको तेस्रो संस्करणको सताक्षी गोल्ड कपको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधिका लागि फाइनलमा स्थान बनाएको हो । मच्छिन्द्रको जितमा रेजिन सुब्बाले एक गोल गरे । आर्मीका विकास खवासले…
धनगढी । पाहुना टोली भारतको कञ्चनजंघा फुटबल क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको प्रतियोगिताको उद्घाटन खेलमा सर्लाहीको बाग्मती फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै कञ्चनजंघा क्लब अन्तिम ८ मा प्रवेश गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा कञ्चनजंघाले बागमतीलाई ४–२ गोल अन्तरले हरायो…
पोखरा । इन्डोनेसियाको जाकार्तामा फेब्रुअरीको २२ देखि २९ तारिखसम्म संचालन हुने डेविस तथा फेड कपमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका नेपाली लन टेनिस टोली । नेपाली लन टेनिसका ६ सदस्यीय टोली शुक्रबार इन्डोनेसियातर्फ लागेका हुन् । टोलीमा ३ पुरुष र ३ महिला खेलाडी छन् । पुरुष खेलाडीमा निहालजंगबहादुर थापा, प्रसिद्ध मोक्तान र निश्चल कायस्थ छन्…
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाले लमजुङमा सम्पन्न दोस्रो पालिकास्तरीय लिग भलिबलको उपाधि हात पारेको छ । जिल्ला भलिबल संघको आयोजनामा सदरमुकाम बेसीशहरमा सम्पन्न पालिकास्तरीय भलिबल प्रतियोगितामा मध्यनेपालले फाइनलमा राइनास नगरपालिकालाई जितेर उपाधि हात पारेको हो । फाइनलमा मध्यनेपालले राइनास नगरपालिकामाथि २५–१९, २३–२५, २५–२१ र २५–१८ ले जित्दै पालिकास्तरीय भलिबलको उपाधि जितेको हो । उपाधिसँगै मध्यनेपालले…
पोखरा । पोखरामा जारी सृजना कप सामुदायिक मावि छात्रछात्रा भलिवल प्रतियोगिताको फाइनल समिकरण पूरा भएको छ । प्रतियोगिताको उपाधिका लागि शनिबार छात्रतर्फ राष्ट्रिय मावि र वाराही मावि तथा छात्रातर्फ तालवाराही मावि र जनप्रिय मावि फाइनल भिड्ने भएका छन् । शुक्रबार भएको खेलमा जित हात पार्दै उनीहरुले उपाधि भिडन्त पक्का गरेका हुन् । उपाधि भिडन्त शनिबार…
पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य–सचिव रमेशकुमार सिलवालले पोखराको पीएन क्याम्पसस्थित खेल मैदानको अवलोकन गरेका छन् । गण्डकी प्रदेशमा हुने अबको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सदस्य–सचिव सिलवाल यतिखेर पोखरास्थित खेलकुदको भौतिक संरचना निर्माणका लागि संभावित जमिनको अध्ययन, अवलोकन र निरीक्षणमा ब्यस्त छन् । २०४० सालमा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबल, हक्की, टेनिसलगायतका…
पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले पोखरामा थप खेलकुदका संरचनाहरु निर्माण हुने बताएका छन् । पोखरामा सुटिङ रेञ्ज, हिटिङ स्वीमिङ पुल, क्रिकेट ग्राउण्ड र गल्फका संरचनाहरु निर्माण हुने सदस्य सचिव सिलवालको भनाई थियो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव सिलवालले गण्डकी प्रदेशमा आगामी…