समाचार »

प्रतिनिधि सभाको सभामुख पदमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित

पोखरा । प्रतिनिधि सभाको सभामुख पदमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेसँगै बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा…

थप २ नेपाली र १ अमेरिकी नागरिकमा कोरोना संक्रमणको आशंका

पोखरा । चीनबाट फर्किएका थप दुई नेपाली र एक अमेरिकी नागरिकलाई कोरोना संक्रमणको आशंका गरिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणको आशंका गरी उपचार गर्नेको संख्या ५ पुगेको छ । कोरोना भाइरस संक्रमणको आशंकामा उनीहरुलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरी उपचार प्रक्रिया सुरु गरिएको छ । चीनबाट फर्किएका १ महिला,…

पोखरा । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पोेखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा जारी प्रतियोगिताको आइतबार लिग अन्तर्गतको अन्तिम ३ खेलको समाप्तिसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । सेमिफाइनलका लागि समूह ‘ए’ बाट नवआदर्श युवा क्लब कास्की विजेता र त्रिवेणी युवा क्लब लमजुङ उपविजेता बन्दै सेमिफाइनलमा स्थान…

गोपिचन्द्र पार्कीले जिते चितवन रत्ननगर रोटरी म्याराथन

चितवन । विभागीय सशस्त्र प्रहरी बल, एपीएफका धावक गोपिचन्द्र पार्कीले चितवनमा भएको रत्ननगर रोटरी म्याराथन जितेका छन् । हालैमात्र घरेलु भुमीमा सम्पन्न १३ औ साग खेलका स्वर्णपदक विजेता गोपिचन्द्रले ३ सय ५१ जनालाई पछि पार्दै म्याराथन जितेका हुन् । निर्धारित साढे १४ किलोमिटरको दूरी ४२ मिनेट ३५ सेकेण्डमा पार गरी गोपिचन्द्रले म्याराथन जितेका हुन् ।…

२८ खेलको उत्कृष्ट खेलाडीहरुलाई एनएनआइपीएले स्पोर्टस् अवार्ड बाँड्दै

पोखरा । नेपाल राष्ट्रिय तथा अन्तर्र्रािष्ट्रय खेलाडी संघ (एनएनआइपीए) ले २०७५ सालमा उत्कृष्ट खेल प्रदर्शन गरेका २८ खेलका खेलाडीलाई ‘एनएनआइपीए’ स्पोर्ट्स अवार्ड प्रदान गर्ने भएको छ । संघले फागुनको ६ गते बसन्तपृुर डबलीमा विशेष कार्यक्रम गरी अवार्ड प्रदान गर्न लागेको हो । अवार्ड कार्यक्रमलाई काठमाडौं महानगरपालिका, ग्लोबल आइएमई बैंक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले…

जितबहादुरलाई कखरा स्कुलको सम्मान

काठमाण्डौं । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसी कखरा स्कुलबाट सम्मानीत भएका छन् । कखराको दोश्रो वार्षिक खेलकुद दिवसका अवसरमा कखराका प्रबन्ध संचालक उमानाथ निरौला र संस्थापक प्रिन्सिपल निशा न्यौपाने घिमिरेले केसीलाई प्रशंसापत्र र नगद सहित सम्मान गरेका हुन् । सन १९७३ मा फिलिपिन्सको मनिलामा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसीपको म्याराथनमा…

बागलुङमा  कराँते प्रशिक्षक धनराज महर्जनलाई सम्मान

बागलुङ । नेपाल सितिरियो कराँते संघ बागलुङले खेल प्रशिक्षक धनराज महर्जनलाई सम्मान गरेको छ । प्रशिक्षक महर्जनले २०५० सालदेखि बागलुङमा कराँते खेल भित्राएर प्रशिक्षण दिँदै आएका छन् । कार्यक्रममा महर्जनले बागलुङको खेल क्षेत्रमा महत्वपूर्ण भूमिका खेलको बक्ताहरुले बताए । उनले यहाँ धेरै खेलाडीहरु उत्पादन गरेको बक्ताहरुको भनाई थियो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष राजबिन थापाले…

ललितपुरको टि–बर्गर भेट्रान एट ए साइड च्याम्पियन

पोखरा । टि–बर्गर ललितपुर पोखरामा भएको तेश्रो स्व. रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक भेट्रान एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार पोखरा–१, टुंडिखेल मैदानमा भएको फाइनल खेलमा गत वर्षको विजेता अमरसिंह ब्वाइज क्लब (एबीसी) भेट्रानलाई २–१ गोलले पछाडि पार्दै टि–बर्गर च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै विजेता टि–बर्गरले १…

मुख्यमन्त्री कप लिग फुटबलमा कास्की र तनहुँको लगातार तेस्रो जित

पोखरा । कास्कीको लिग लिडर आदर्श युवा क्लबले पोखरामा जारी मुख्यमन्त्री कप लिग फुटबलमा लतातार तेस्रो जित निकालेको छ । पोखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा शनिबार भएको खेलमा समूह ‘ए’ को खेलमा आदर्श युवा क्लबले त्रिवेणी युवा क्लब लमजुङलाई १–० ले पराजित गर्दै स्पष्ट ३ अंक जोडेको छ । कास्कीका लागि सुमित श्रेष्ठले २१ औं…

ए डिभिजन लिगमा एनआरटीले आर्मीसँग अंक खोस्यो

पोखरा । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानमा रहेको विभागीय आर्मीसँग एनआरटीले अंक खोसेको छ । शनिबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्यु रोड टिम (एनआरटी) गोलरहित बराबरी खेल्दै समान १/१ बटुलेका छन् । यस बराबरीसँगै आर्मी लिगको शीर्षस्थानमा उक्लिएपनि १ अंकले मात्र अग्रता छ । खेलको शुरुवाती चौथो…