समाचार »

ए डिभिजन लिगमा एनआरटी र जावलाखेलले अंक बाँड्यो

काठमाण्डौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा न्यूरोड टिम एनआरटी र जावलाखेल युथ क्लवले बराबरी खेल्यो । प्रतिस्पर्धात्मक खेलमा निधारित समयभित्र दुवै टिमले बराबरी खेल्दै १/१ अंक बाँडे । सोमबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले पाएको अवसरलाई सदुपयोग गर्दै आफूलाइ अब्बल सावित गर्न नसक्दा फराकिलो अंक बनाउन रोकिए ।…

लमजुङका दुई फुटबल खेलाडीलाई सम्मान

लमजुङ । लमजुङमा जिल्लाका दुई उपज फुटबल खेलाडीलाई सम्मान गरिएको छ । लमजुङका फुटबल खेलाडीहरु सावित्री भण्डारी ‘साम्बा’ र जय गुरुङलाई सम्मान गरिएको हो । २८ औं संस्करणको त्रिवेणी कपको समापन समारोहमा आयोजक त्रिवेणी क्लबले उनीहरूलाई सम्मान गरेको हो । जिल्लाबाट उत्पादन भएर राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा ख्याति कमाउन सफल भई लमजुङको गौरव बढाउको भन्दै फुटबल…

एमएमसी कप क्रिकेटमा विभागीय एपीएफको जित

पोखरा । मनमोहन मेमोरियल एमएम कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले महत्वपूर्ण जित निकालेको छ । सेमिफाइनल प्रवेशको संभावना जीवितै राख्न जित्नैपर्ने खेलमा एपीएफले आयोजक एमएमसी इनरुवालाई ८३ रनले पाखा लगायो । विभागीय एपीएफले प्रस्तुत गरेको २ सय ५ रनको लक्ष्य पछ्याएको आयोजक एमएमसी ३६ दशमलव २ ओभरमा अल आउट हुँदै १ सय २१…

मनमोहन मेमोरियल कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा आर्मीको विजयी शुरुवात

पोखरा । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सुनसरीको इनरुवामा आइतबार भएको खेलमा अर्को विभागीय क्लब एपीएफलाई १ सय ८ रनले पराजित गर्दै आर्मीले सुखद सुरुवात गरेको हो । आर्मीले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएको एपीएफ ३९ ओभर ३ बलमा अलआउट…

कामना फिल्म अवार्ड वितरण, नीर शाहलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड (हेर्नुहोस, फोटो फिचरसहित)

पोखरा । नेपाली सिने क्षेत्रको विभिन्न विधामा कामना फिल्म अवार्ड–२०७६ वितरण गरिएको छ । प्रतिस्पर्धात्मक २६ विधा र अन्य ९ गरी कूल ३५ विधामा अवार्ड प्रदान गरिएको हो । समारोहमा लोकप्रिय १४ विधामा भोटिङको व्यवस्था गरिएको थियो । जसमा जुरीको ९० र भोटिङको १० प्रतिशत अंक जोडिएको थियो । वरिष्ठ फिल्मकर्मी नीर शाहलाई ‘कामना लाइफ…

‘भिजिट नेपाल २०२०’ को गीत सहित म्युजिक भिडियो सार्वजनिक (हेर्नुहोस, म्युजिक भिडियो सहित)

पोखरा । ‘भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक भएको छ । गीतकार उरारा सलिन कार्कीले गीतको शब्द रचना गरेका हुन् । संगीतकार हरी लम्सालले गीतमा संगीत भरेका छन् । गायक आनन्द कार्कीले गीतमा मीठो स्वर भरेका छन् । गीतलाई राज लामिछानेले अनुवाद गरेका हुन् । गीतको भिडियोमा उदय बिक्रम थापा, उरारा शलिन कार्की, मिस्टर नोरिओ…

मिडिया बुर्जुवा शक्तिको हात पुग्यो, त्यसबाट जोगिनुपर्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिडिया बुर्जुवा शक्तिको हातमा रहेको बताएका छन् । शनिबार बालुवाटारमा प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मिडियामा बुर्जुवा शक्ति हाबी भएको बताएका हुन् । मिडियामा बुर्जुवा शक्ति मौलाएकाले यसबाट जोगिनुपर्ने प्रष्ट्याए । समृद्धि नेपाल निर्माण गर्नको लागि पनि जनमत तयार…

चितवन राइनोज पीपीएल–२ को च्याम्पियन

पोखरा । चितवन राइनोज यस सिजनको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटको च्याम्पियन बनेको छ । विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै चितवन राइनोजले पीपीएल–२ को उपाधि उचालेको हो । यस सिजनको पीपीएल–२ को समूह चरणका सबै खेल जित्दै फाइनल पुगेको पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद २७ लाख रुपैयाँ समेत हात पारेको छ ।…

रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने ‘हाइपरसोनिक अभानगार्ड’ नामक क्षेप्यास्त्र जोड्यो

एजेन्सी । रुसले ध्वनिभन्दा पनि २० गुणा छिटो उड्ने हाइपरसोनिक अभानगार्ड क्षेप्यास्त्रहरू जडान गरेको छ । त्यहाँको रक्षा मन्त्रालयले जनाएअनुसार ती क्षेप्यास्त्रहरूमा ‘ग्लाइड’ प्रणाली राखिएकोले प्रहार गर्न सहज हुने र त्यसलाई भेद गर्न असम्भव हुनेछ । तर, रूसले ती क्षेप्यास्त्रहरू कहाँ जडान गरेको छ भन्नेबारे भने केही स्रोत खुलाएको छैन । यसअघि नै ति पश्चिमी…

नेतृत्व गर्न महिला सक्षम छन् : उपप्रमुख मञ्जुदेवी

पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले घर ब्यवहार चलाउने महिलाहरु राष्ट्र चलाउन सक्षम रहेको दावी गरेकी छन् । पोखरा महानगरपालिका–२३ स्थित प्रभावकारी महिला विकास बचत तथा ऋण सहकारी संस्थाको १८ औ साधारणसभा तथा ९ औ अधिवेशनको उद्घाटन गदै उनले महिलाहरुले अवसर प्राप्त गरे नेतृत्व गर्न सक्छन भन्ने प्रमाणित गरेको बताइन् । ‘महिलालाई जिम्मेवारी अख्तियार…