
पोखरा । चितवन राइनोज र विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिता को उपाधिका लागि आज (शनिबार) आमने–सामने हुँदैछन् । दोस्रो संस्करणको पीपीएल उपाधि कस्ले आफ्नो पोल्टामा पार्ने हुन् ? त्यसको लागि आज (शनिबार) पोखरा रंगशालामा हुने फाइनलको नतिजासम्म कुर्नुपर्नेछ । यद्यपि, प्रि–फाइनल कन्फरेन्समा दुवै टिमका क्याप्टेनले जित आफ्नो पक्षमा आउने दाबी गरेका…
भरतपुर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अवलोकन गरेका छन् । शुक्रबार बिहान रंगशालाको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र सरकारले रंगशाला निर्माणमा सहयोग गर्ने बताए । ‘रंगशालाको कामले गति लिएकोमा उत्साहित भएको छु,’ उनले भने, ‘समयमै सम्पन्न गर्नेगरी गुणस्तरीय काम गर्नुहोस् । हामी…
काठमाण्डौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय आज भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो । जितसँगै आर्मीले ३ खेलमा ५ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ…
पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको १३ औं संस्करणको हिसान कास्की स्पोर्टस् मिट शनिबार समापन हुने भएको छ । पुसको ९ गतेदेखि शुरु भएको स्पोर्टस् मिट विद्यालयस्तरिय भलिबल, बास्केटबल र टेबल टेनिस प्रतियोगिता हुदैँ समापन हुनेछ । शुक्रबार भएको छात्रा भलिवलमा केफ मावि र पोखरा मावि फाइनलमा प्रवेश…
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११, छोम्रोङमा सम्पन्न पुरुषतर्फको भलिबल उपाधि अन्नपूर्ण युथ क्लबले जितेको छ । अन्नपूर्णले चण्डी युवा क्लब दाङसिङलाई ३–१ को प्रतिस्पर्धात्मक सेटमा हराएको हो । अन्नपूर्णले चण्डी युवा क्लब दाङसिङमाथि २५–२२, १७–२५, २५–२१ र २५–२० को सेटमा पाखा लगाउँदै उपाधि जितेको हो । उपाधिसँगै अन्नपूर्णले ८० हजार र उपविजेता चण्डी युवा क्लबले…
पोखरा । यति क्लब मुग्लिनले नदीपुर एमेच्योर फुटसलको उपाधि जितेको छ । पोखराको गणेशटोलस्थित बी फिट फुटसलमा शुक्रबार भएको फाइनलमा ब्रदर्श युनाइटेड क्लब काठमाडौंलाई पेनाल्टीमा ३–२ ले पराजित गर्दै यति फुटसल क्लबले उपाधि जितेको हो । उपाधिसँगै यतिले ४० हजार, ट्रफी, मेडल र प्रमाण हात पा¥यो । उपविजेता ब्रदर्शले नगद २० हजार सहित ट्रफी, मेडल…
पोखरा । नेपालका शीर्ष वरीयताप्राप्त प्रदीप खड्का पोखरामा जारी १७ औं संस्करणको माछापुच्छ«े बैंक ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोेगिताको सेमीफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत शुक्रबार मेन्स सिंगलतर्फ भएको क्वाटरफाइनल खेलमा खड्काले निरज गुरुङमाथि ६–१, ६–४ को सहज नतिजा निकाल्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । प्रदीप कास्कीका टेनिस खेलाडी हुन् । घरेलु भुमी…
पोखरा । पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले काविल महिलाहरुलाई अघि बढाउन आग्रह गरेकाछन् । नेपालका मुस्लिम समुदाय नामक पुस्तक विमोचन तथा पुनर्जागरणमा महिला अन्दोलन नामक लघु चलचित्र (अनेमसंघका केन्द्रीय सदस्य गजकुमारी गुरुङको बृत्तचित्रको सार्वजनिकीरण गर्दै नेपालले समाजका हरेक काविल (योग्य) महिलालाई अघि बढाउन आग्रह गरेका हुन् । ‘कसैको उमेर वितेको खण्डमा…
पोखरा । विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिताको फाइनल पुग्न सफल भएको छ । एलिमेनेटर राउण्डमा बुटवल ब्लाष्टरलाई नाटकीय ढंगमा २१ रनले पराजित गर्दै विराटनगरले चितवन राइनोजसँग उपाधिका लागि भेट सुनिश्चित गरेको हो । बुटबलमाथि विराटनगरको यो लगातार दोस्रो जित हो । लिग चरणका खेलमा ३ जितसहित अंकतालिकामा दोस्रो रहँदै सहजै प्ले–अफ…
काठमाण्डौं । यस सिजनको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङदीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । लगातार ३ खेलमा जित निकाल्दै मनाङ फेरी लिगको शीर्ष स्थानमा उक्लिएको हो । यस जितसँगै मनाङले ३ खेलबाट ९ अंक बनाएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई १–० गोल अन्तरले हरायो…