
पोखरा । विभागीय सशस्त्र प्रहरी बलको एपीएफले ‘पोखरा अन्तराष्ट्रिय माउन्टेनियरिङ क्रस कन्ट्री दौड जितेको छ । पहिलो पटक पोखराको खेलकुदमा मेघा इभेन्टका रुपमा आयोजना गरिएको क्रस कन्ट्री दौडमा एपीएफ प्रथम हुन सफल भएको छ । ‘लभ फर रन’ को नारा दिइएको उक्त स्पर्धामा एपीएफका गणेश ठकुरी, सन्तोषबिक्रम बिष्ट इन्द्रकला नेम्बाङले निर्धारित ४२.२ किलो मिटरको दूरीलाई…
पोखरा । पहिलो पटक पोखरामा हुन लागेको अन्तराष्ट्रिय स्तरको क्रस कन्ट्री दौड प्रतियोगिताको तयारी पूरा भएको छ । पोखराको बैदामस्थित बाराहीघाटबाट बुधबार विहान शुरु हुने अन्तर्र्राष्ट्रिय माउन्टेनियरिङ क्रस कन्ट्री दौडको संपूर्ण तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । क्रस कन्ट्री दौडको संपूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले पत्रकार सम्मेलनमा बताए…
पोखरा । एक महिनापछि पोखराको क्रिकेट मैदानमा फेरी क्रिकेटको फ्रेन्जाइज च्याम्पियनसीप संचालनमा आउँदैैछ । आगामी कार्तिकको २६ गतेदेखि दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता संचालनमा आउने भएको हो । एसीसी फोटो अवार्ड जितेको पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा दोस्रो संस्करणको पीपीएलको लागि आवश्यक तयारी शुरु गरिएको छ । एक महिनाभित्रमा क्रिकेट मैदानको मर्मत सम्भार…
पोखरा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को महिला टी–२० क्रिकेटको वरीयतामा नेपाली महिला क्रिकेट टोलीले एक स्थान सुधार गरेको छ । आइसीसीले गत सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गर्न सफल भएको हो । नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १४ औँ स्थानमा उक्लिएको छ । अघिल्लो महिनाको वरीयतामा नेपाल १५…
पोखरा । केन्याली धावक इलियट किप्चोगे २ घन्टाभन्दा कम समयमा म्याराथान पूरा गर्ने खेलाडीका रुपमा नयाँ रेकर्ड राखेका छन् । दुई घण्टा भन्दा कम समयमा म्याराथन पूरा गर्ने खेलाडीका रुपमा किप्चोगे पहिलो खेलाडी बनेका छन् । ३४ वर्षीय केन्याली धावक किप्चोगेले ४२.२ किलोमिटरको दूरी १ घन्टा ५९ मिनेट ४० सेकेन्डमा पूरा गरेका हुन् । उनले…
चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । नेपालकी राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणामा राष्ट्रपति दुई दिने राजकीय भ्रमणका लागि यहाँ आएका हुन् । चीनको ७० औं गणतन्त्र स्थापनाको अवसरमा राष्ट्रपति सीले नेपालको भ्रमण गरेका हुन् । राष्ट्रपति सीको भ्रमणका क्रममा नेपाल र चीनबीच आइतबार २० समझदारीपत्र र…
पोखरा । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ आइतबार स्वदेश फिर्ता भएका छन् । दुईदिने भ्रमण सकेर उनी आइतबार दिउँसो त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट स्वदेश फिर्ता भएका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै पुगेर बिदाइ गरेकी हुन् । बिदाइ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,…
काठमाडौँ । चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आइतबार २० समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज (आदान–प्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ । नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा आजै हस्ताक्षर गरी आदान–प्रदान गरे । हस्ताक्षर भई आदान–प्रदान भएका दस्तावेज १. नेपाल र जनवादी गणतन्त्र चीनबीच सीमा…
पोखरा । नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चीनफिङले दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतासँग आग्रह गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवका हैसियतले राष्ट्रपति सीले सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यसँगको भेटवार्तामा…
पोखरा । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले भूपरिवेष्ठित नेपाललाई भूजडित बनाउन चीनले सघाउने प्रतिबद्धता जनाएका छन् । त्यसका लागि बढि भन्दा बढि नाका खोल्न चीन तयार रहेको राष्ट्रपति सी चिनफिङले प्रतिबद्धता जनाए । ‘भूपरिवेष्ठित नेपाललाई भूजडित तुल्याउन चीनले नेपाललाई मद्दत गर्नेछ,’ उनले भने, ‘बढीभन्दा बढी व्यापारिक नाका खोल्न पनि चीन तयार छ ।…