समाचार »

एफसी यू–१९ च्याम्पियनसीपमा नेपाल–कीर्गिस्तानको बराबरी

पोखरा । इरानमा भएको एएफसी यू–१९ फुटबल च्याम्पियनसीप छनोटको अन्तिम खेलमा नेपालले बराबरी खेलेको छ । आइतबार साँझ तेहरानस्थित पीएएस रंगशालामा समूह चरणको अन्तिम खेलमा नेपालले कीर्गिस्तानसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । सुरुवाती दुई खेलमा पराजित हुँदै नेपाल छनोटबाट बाहिरिसकेको थियो । अन्तिम खेल नेपालका लागि सुखद बिदाई बन्यो । अन्तिम खेलमा गोलरहित…

एभीसी सेन्ट्रल जोन भलिबलमा अफगानिस्तानमाथि नेपालको शान्दार जित

पोखरा । बंगलादेशको राजधानी ढाकामा भइरहेको प्रथम एसियन सेन्ट्रल जोन महिला च्याम्पियनसीपमा नेपालले सानदार सुरुवात गरेको छ । आइतबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–० को सेटमा पराजित गरेको हो । पहिलो सेट २५–५ ले जितेको नेपालले दोस्रो सेट २५–९ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २५–६ ले जितेपछि नेपाल सोझो सेटमा विजयी बन्यो…

टी–२० मा एमसीसीसँग नेपालको फराकिलो हार

पोखरा । नेपाल भ्रमणमा रहेको इङ्ल्याण्डको मेरिलबोन क्रिकेट क्लब एमसीसीले टि–२० खेलमा समेत फराकिलो जित हात पारेको छ । यू–१९ सहितको सिनियर खेलाडी सम्मीलित नेपाली टिमलाई एमसीसीले ११३ रनले हरायो । १९० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर एक बलमा ७६ रन बनाएर अलआउट बन्यो । नेपालका लागि कमलसिंंह ऐरीले सर्र्वाधिक १८ रन बनायो ।…

एएफसी यू–१९ च्याम्पियनसीपमा इरानसँग फराकिलो गोल अन्तरले नेपालको हार

पोखरा । नेपाल इरानमा जारी एएफसी यू–१९ च्यापिम्पयनसीप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । छनोट अन्तर्गत समूहको दोस्रो खेलमा इरानसँग ४–० गोलको फराकिलो अन्तरले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । बलियो इरानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा ४ गोल खाएको थियो । खेलको ७७ औं मिनेटमा मोहमदमह्दी अहमादीले गोल गर्दै इरानलाई सुरुवाती…

दक्षिण एसियाली ओलम्पिक काउन्सिल र ‘सेफ दि मिसन’को टोली पोखरामा

पोखरा । दक्षिण एसियाली ओलम्पिक काउन्सिल र ‘सेफ दि मिसन’को टोली शनिबार पोखरा आइपुगेका छन् । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को लागि पोखराको तयारी तथा आयोजनाबारे जानकारी लिन टोली शनिबार पोखरा आइपुगेको हो । सागमा सहभागी हुने सातै राष्ट्रका ओलम्पिकका प्रतिनिधि तथा ‘सेफ दि मिसन’को नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधिसभा…

निर्धारित समयमै नेपालमा साग गेम हुने सदस्य–सचिव सिलवालको दाबी

पोखरा । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले निर्धारित मितिमै १३ औं दक्षिण एसियाली खेलकुद (साग गेम) हुने ग्यारेन्टी दिएका छन् । साग तयारी र योजनाको जानकारी लिन साउथ ओलम्पियन कमिटीको काउन्सिल र ‘सेफ दि मिसन’को टोलीसँगै पोखरा आएका सदस्य–सचिव सिलवालले यहाँ आयोजित पत्रकार सम्मेलनमा साग गेमको तयारी अन्तिम चरणमा पुगेको समेत उल्लेख गरे…

साग गेमको तयारी अन्तिम चरणमा : मन्त्री विश्वकर्मा

पोखरा । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने स्पष्ट पारेका छन् । मन्त्री विश्वकर्माले उक्त प्रतियोगिताको लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको समेत विश्वास दिलाए । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले साग प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्ने गरी आफूहरुले दिनरात काम गरिरहेको उल्लेख…

चर्च ब्वाइज पूर्वाञ्चल गोल्डकपको फाइनलमा

पोखरा । विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड झापामा जारी हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा शनिबार पुलिसलाई १–० गोलले स्तब्ध पार्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो । चर्च ब्वाइजको जितमा २६ औं मिनेटमा सुनिल खड्काले निर्णायक गोल गरे । भुवन बस्नेतको हेडरलाई पुलिसका…

समयमै १३ औं साग गेम सम्पन्न गर्ने साउथ एसियन ओलम्पियन कमिटीको काउन्सिल र सेफ दि मिसनको निर्णय

पोखरा । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार काठमाडौंमा बसेको बैठकले नेपालमा हुने तय भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) निर्धारित समयमा हुने सुनिश्चितता दिएको छ । नेपालमा आयोजना हुने १३ औ सागलाई भब्यताका साथ सम्पन्न गर्ने निर्णय काउन्सिलले गरेको हो । सरकारले पुर्वाधार निर्माणको काम समयमै सक्ने प्रतिबद्वता जनाएसँगै साग निर्धारित मितिमै हुने…

कास्की–२ को उपनिर्वाचनमा २५ जना उमेदवारको मनोनयन

पोखरा । मंसिरको १४ गते हुने कास्की २ को उपनिर्वाचनका लागि २५ जनाले उम्मेदवारी दिएका छन् । यहाँको निर्वाचन कार्यलयमा १४ राजनीतिक दल र ११ जना स्वतन्त्र गरी २५ जनाको उम्मेदवारी परेको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीबाट स्व. रवीन्द्रपत्नी विद्या भट््टराई अधिकारीले उम्मेदवारी दिएकी छन् । भट्टराईका लागि नेकपा कास्कीका अध्यक्ष कृष्णबहादुर थापाले…