
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा हुने ‘टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५’ को आवश्यक तयारी पूरा भएको छ । लगातार तीन संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको मञ्चले यसपालि गण्डकी प्रदेशस्तरकै अवार्ड कार्यक्रममा लाइफ टाइम अचिभमेन्टसहित विभिन्न ८ विधामा अवार्ड प्रदान गर्दैछ । सोको लागि मनोनयनमा पर्नेे सम्पूर्णलाई बुधबार आयोजित पत्रकार सम्मेलन अवसरमा मनोनयन…
पोखरा । फ्रान्सको पेरिसमा जारी फिफा कंग्रेस बैठकमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो नेपाली ढाका टोपीमा सजिएका छन् । बैठकका लागि नेपाली टोलीको नेतृत्व गरेका अखिल नेपाल फुटबल संघ, एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले फिफा अध्यक्ष इन्फान्टिनोलाई नेपाली ढाका टोपी लगाइदिएका हुन् । इन्फान्टिनो पुनः फिफा अध्यक्ष फिफा अध्यक्षमा उनै जियानी इन्फान्टिनो पुनः निर्वाचित भएका छन् ।…
पोखरा । आइसीसी एकदिवशीय विश्वकपमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको छ । आफ्नो दोस्रो खेलमा श्रीलंकाले अफगानिस्तानविरुद्ध डकवर्थ लुइस नियमका आधारमा ३४ रनको जित निकालेको हो । खेल वर्षाले प्रभावित भएपछि ४१ ओभरमा झारिएको थियो । खेलमा १ सय ८७ रनको लक्ष्य पाएको अफगानिस्तान ३२ दशमलव ४ ओभरमा १ सय ५२ रनमा समेटिएपछि श्रीलंकाको ३४ रनको…
पोखरा । विभागीय टिम त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा पारस खड्काको कप्तानीमा रहेको प्रदेश नम्बर ३ लाई ११७ रनले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आर्मीले दिएको ३ सय १० रनको फराकिलो लक्ष्य पछ्याएको प्रदेश ३ ले…
पोखरा । राजधानीमा जारी चौथो संस्करणको प्र्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश सेमिफाइनल पुगेको छ । गण्डकीले खेलेको चार खेलमध्ये ३ खेलमा जित र एक खेल हारेपनि सेमिफाइनल पुगेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा पराजित भएपनि गण्डकीले सेमिफाइनलमा स्थान पक्का गरेको छ । गण्डकीले ४ खेलबाट ९ अंक नै जोडेको छ ।…
पोखरा । सगरमाथाको उचाइ मापन टोलीका प्रमुख तथा नापी विभागका अधिकृत खिमलाल गौतमले ज्यानको बाजी लगाएर भएपनि सगरमाथाको उचाई मापन गरेर फर्किएका छन् । शुक्रबार नापी कार्यालय पोखरामा तथा आफ्नो घर फर्किएका खिमलाल गौतमले ८ हजार मिटरको उचाईमा दुई दिन बसेर भएर पनि मापनको काम सम्पन्न गरेको बताए । ८ हजार मिटर भनेको डेन्जर जोन…
अन्नपूर्ण\देउराली । अन्नपूर्ण सेञ्चुरी महोत्सव अन्तरगत घान्द्रुकमा भलिबल र बास्केटबल सम्पन्न भएका छन् । चारदिनसम्म चल्ने महोत्सवमा भलिबल र बास्केटबलका प्रारम्भिक चरणका खेलहरु सम्पन्न भएका हुन्् । प्रमुख अतिथि विजयकुमार गच्छदारले खेलका मुख्य रेफ्रीलाई बल हस्तान्तरण गरि महोत्सवको उद्घाटन गरेका हुन् । दोस्रो अन्नपूर्ण म्याराथनका लागि एबीसी प्रस्थान गरेका धावकहरु देउराली पुगेका छन् । म्याराथन…
पोखरा । पोखरामा ३ महिने हाते तान बुनाई, २ महिने सिलाई तथा १ महिने गुडिया बनाउने तालिम सुरु भएको छ । महिला सीप विकास संस्था पोखराको आयोजनामा उक्त तालिमहरु सुरु भएको हो । उक्त तालिमको एक कार्यक्रमका बीच शुक्रबार प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ८ का वडाअध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गरे । कार्यक्रममा बोल्दै…
पोखरा । विभागीय टिम एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश विभागीय एपीएफसँग ६ विकेटले हारेको छ । प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा गण्डकी प्रदेशमाथि ६ विकेटले पराजित गरेसँगै लगातार तीन जितसहित एपीएफले सेमिफाइनलमा स्थान बनाएको छ । गण्डकीले दिएको १ सय २६ रनको लक्ष्य एपीएफले २३…
पोखरा । नर्वेका १८ वर्षीय युवा फरवार्ड इर्लिङ ब्राउट हल्याण्डले एउटै खेलमा ९ गोल गरेर विश्व कीर्तिमान बनाएका छन् । पोल्यान्डमा जारी फिफा यु–२० विश्वकप फुटबल प्रतियोगितामा हल्याण्ड एक्लैले नौ गोल हानेर फुटबल जगतमा सनसनी मच्चाएका हुन् । हल्याण्डको ९ गोलको मदतमा नर्वेले यु–२० को इतिहासमा सबैभन्दा फराकिलो जित निकाल्दा हल्याण्डले पनि रेकर्ड बनाए ।…