समाचार »

पोखरा स्पोर्ट्स अवार्ड: विजय नेपाललाई उत्कृष्ट खेल पत्रकारिता अवार्ड

‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ अन्तरगत पत्रकार विजय नेपाललाई उत्कृष्ट खेल पत्रकारिता अवार्ड प्रदान गर्ने भएको छ। मञ्चले यही वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना गर्ने नवौं पोखरा स्पोर्टस् अवार्ड समारोहमा पत्रकार नेपाललाई ३५ हजार नगदसहित अवार्ड र सम्मानपत्र प्रदान गर्नेछ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थामगरको अध्यक्षतामा आज (आइतबार) बसेको कार्यसमिति…

वितेको वर्षमा प्रेस स्वतन्त्रता हननका ७३ घटना

यस वर्ष प्रेस स्वतन्त्रता हननका ७३ घटनाहरु अभिलेखीकरण गरिएको छ। नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मे ४ सन् २०२४ देखि २०२५ अप्रिल ३० सम्म महासंघको संचार अनुगमन इकाईमा अभिलेख भएका घटनाको प्रतिवेदन सार्वजनिक गरेको हो। पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले यस वर्ष ७३ वटा घटना अभिलेख भएको बताइन्। गत वर्षको तुलनामा यस…

३१ औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

आज मे ३ तारिक अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । ‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र संचार माध्यममा कृतिम बौद्धिकताको प्रभाव’ नाराका साथ विश्वभर आजका दिन यस वर्षको प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ। प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’…

शूटिङकी ओलम्पियन भगवती खत्री केसीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ मा लाइफटाइम अचिभमेन्ट अवार्ड शूटिङकी ओलम्पियन भगवती खत्री केसीलाई अर्पण गरिने भएको छ। प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेसँगै यसपाली खत्रीले अवार्ड पाउने निश्चित भएको हो। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरको हलमा आयोजना गरिने भव्य कार्यक्रममा ओलम्पियन खत्रीलाई…

मुलुकलाई प्रविधिमय बनाउन ‘हरेक दिन एक पाइला अगाडि’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आधुनिक र प्रविधिमय बनाउन हरेक दिन एक पाइला अगाडि भन्ने सोचका साथ काम गर्न आग्रह गरेका छन्। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा आज (शुक्रबार) सूचना तथा संचार प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मुलुकको सुशासन, विकास र सहज सेवा प्रवाहमा सूचना तथा संचार प्रविधिको…

राष्ट्रिय परीक्षा बोर्डले भन्यो, ‘कक्षा १२ को परीक्षा निर्धारित समयमै हुन्छ’

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) यही वैशाख २१ गतेबाट आगामी जेठ २ गतेसम्म नियमित रूपमा संचालन हुने स्पष्ट पारेको छ। यसअघि, नेपाल शिक्षक महासंघको आन्दोलनका कारण स्थगित गरिएको परीक्षा अब सहमतिपछि पुन: निर्धारित मितिमा संचालन हुने बोर्डले जनाएको छ। बोर्डले परीक्षा व्यवस्थापनका संपूर्ण तयारी पूरा भइसकेको बताउँदै परीक्षा मर्यादित, अनुशासित र निष्पक्ष…

पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो पत्रकारहरुको फोटो यात्रा

पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो पत्रकारहरुले फोटो यात्रा गरेका छन्। नेपाल फोटो पत्रकार संघ कास्कीले विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि फोटो यात्रा अभियान सुरु गरेको हो। हरेक गन्तव्यको प्रवर्द्धनका लागि फोटोको विशिष्ट महत्व हुने कुरालाई दृष्टिगत गरी फोटो यात्रा अभियान सुरु गरिएको नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङले जानकारी दिए। अभियान स्वरूप थालिएको…

‘सगरमाथा सम्वाद’बारे विज्ञ संचारकर्मीहरुसँग लिइयो सुझाव

यही जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा सम्वाद हुँदैछ। सगरमाथा सम्वादलाई राष्ट्रिय गौरवको विषय बनाउन प्रेस काउन्सिल नेपालले पहल लिएको छ। सगरमाथा सम्वादलाई अन्तराष्ट्रिय स्तरमा समेत चासोको विषय बनाउन संचार माध्यमको भूमिकालाई प्रभावकारी कसरी बनाउने भन्नेबारे बुधबार काउन्सिलले सम्बद्ध पत्रकारसँग सुझाव लिएको छ। विश्वमा नै जलवायु परिवर्तनबाट परेको प्रभाव असर कारण र मानवजातिको भूमिकाबारे नेपालले…

‘प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षातर्फ गम्भीर बन्नुपर्छ’

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षातर्फ गंभीर बन्नुपर्ने औंल्याएका छन्। आठौं राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको पूर्वसन्ध्यामा कम्प्युटर एशोसिएसन नेपाल महासंघ कास्कीले आयोजना गरेको ‘डिजिटल ट्रान्सफर्मेशन: साइबर सेक्युरिटी एण्ड एआई’ विषयक सेमिनारमा प्रमुख अतिथि रहेका भट्टले उल्लेख गरे, ‘प्रविधिको प्रयोग गर्दा साइबर सुरक्षाको खतरा पनि उत्तिकै छ।’ सूचना प्रविधिको…

फोनिज कास्कीले गर्‍यो, नयाँ वर्ष–२०८२ को शुभकामना आदान–प्रदान

नेपाल आदिवसी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाले नयाँ वर्ष–२०८२ को शुभकामना आदान–प्रदान तथा बधाई कार्यक्रम गरेको छ। फोनिज कास्कीको आयोजनामा आज (बुधबार) पोखरामा आयोजना गरिएको नयाँ वर्ष–२०८२ को अवसरमा ‘समावेशी लोकतनत्रको आधार, पूर्ण समाबेशी संचार’ विषयक शुभकामना आदान–प्रदान तथा बधाई कार्यक्रमको अवसरमा वक्ताहरुले आ–आफ्नो भनाइ राखे। शाखाका सल्लाहकार तथा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर…