
बागलुङको काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाले बुधबार चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकमा गरेका सेवा प्रवाह, विकास निर्माण र सम्पादित कामका बारेमा वडा नम्बर २ भीमापोखरामा सार्वजनिक सुनुवाई गरेको हो। सार्वजनिक सुनुवाईमा बोल्दै गाउँपालिकाका अध्यक्ष राजु थापाले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम…
नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधिका लागि पोखरा र ललितपुरले फाइनल खेल्ने भएका छन्। काठमाण्डौंको त्रिपुरेश्वरस्थित आज (बुधबार) भएको दोस्रो क्वालिफायर खेलमा पोखरा थन्डर्स एफसीले धनगढी एफसीलाई हराउँदै ललितपुरसँगको भेट पक्का गरेको हो। ललितपुरले यसअघि नै पहिलो एलिमिनेटर खेलमा धनगढी एफसीलाई हराउँदै फाइनल पुगिसकेको छ। पोखराले पहिलो एलिमिनेटर खेलमा चितवन एफसीलाई ३–० फरक गोल अन्तरमा…
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ। बोर्डले वैशाख २१ गतेदेखि सुरू हुने गरी कक्षा १२ को परीक्षाको संशोधित तालिका सार्वजनिक गरेको हो। संशोधित परीक्षा तालिकाअनुसार वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म परीक्षा संचालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुनेछ। परीक्षाको पहिलो दिन वैशाख २१ गते रेगुुलरतर्फ…
तनहुँको भानु नगरपालिकाले यही वैशाख १३ गतेदेखि प्रत्येक साताको शनिबार हाटबजार संचालनमा ल्याउने तयारी थाल्दैछ। ‘कृषि उत्पादन बढाऔँ, आत्मनिर्भर बनौँ, अर्गानिक उत्पादनमा जोड दिऔँ’ भन्ने नाराका साथ कृषक तथा उपभोक्तालाई लक्षित गर्दै हाटबजार संचालन गर्न तयारी थालिएको हो। हाटबजार बिहान ६ बजेदेखि ११ बजेसम्म संचालन हुनेछ। भानु–२ नारेश्वरटारमा रहेको बिक्री केन्द्रमा आ–आफ्नो उत्पादन बिक्रीका लागि…
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) ले आयोजना गर्न लागेको ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०२५’ का लागि उत्कृष्ट ५ मनोनयनमा पर्न सफल फोटो पत्रकारहरूको नाम सार्वजनिक गरिएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत ८ विधामा उत्कृष्ट ५/५ जनाको नाम सार्वजनिक गरिएको हो। यस पटक अवार्ड ८ विधामा प्रदान गरिँदैछ। जसमध्ये, दैनिक जीवन, खेलकुद, महिला, पर्यटन तथा…
नेपाल पत्रकार महासंघ गोरखा शाखामा नरेन्द्र ढकाल निर्विरोध निर्वाचित भएका छन्। नेपाल पत्रकार महासंघ गोरखाको आइतबार सम्पन्न सातौं अधिवेशनले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। महासंघ गोरखा शाखाको सातौं अधिवेशनबाट ढकालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन भएको हो। कार्यसमितिको खुल्ला उपाध्यक्षमा विकास मरहट्टा, महिला उपाध्यक्षमा अस्मिता सिंखडा र सचिवमा सुजन न्यौपाने…
बागलुङको बरेङ गाउँपालिका सुदला–मान्द्रेढुंगा सडक खण्डको सोमबारदेखि कालोपत्रको कामसुरु भएको छ। सिजन बिल्डर्स एण्ड सप्लायर्स कम्पनी काठमाण्डौ महानगरपालिका–१० काठमाण्डौका प्रतिनिधि लोकबहादुर क्षत्रीले मिति २०८१/०८/१८ गतेमा सम्झौता गरी मिति २०८२/०१/१५ गते सम्पन्न गर्नुपर्ने सडक खण्ड बरेङ गाउँपालिकास्तरीय ठेक्का योजना कुल ८१ लाख ८५ हजार १ सय ९८ रुपैंया २० पैसा लागतको रहेको छ। सडकको कालोपत्रको काम…
पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबल को दोस्रो क्वालिफायनरमा स्थान बनाएको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा आज (शनिबार) साँझ भएको खेलमा पोखराले एफसी चितवनलाई ३–० ले स्तब्ध बनायो। यो जीतसँगै पोखरा थन्डर्स एफसीले दोस्रो क्वालिफायरमा स्थान बनायो। आजको जितसँगै पोखराले लिग चरणको पहिलो खेलमा चितवनसँग व्यहोरेको हारको बदला समेत लिन सफल बनेको छ। पहिलो हाफ…
ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको फाइनलमा स्थान बनाएको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ भएको पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ ले हराउँदै ललितपुर फाइनलमा प्रवेश गरेको हो। योसँगै ललितपुर लगातार दोस्रो पटक एनएसएलको फाइनलमा प्रवेश गरेको हो। अघिल्लो सिजन फाइनलमा धनगढीलाई नै हराउँदै ललितपुर च्याम्पियन बनेको थियो। ललितपुरलाई जीत दिलाउन केरभेन्स बेलफोर्ट र…
आइसीसी यु–१९ विश्वकप एशिया छनौटको चौथो तथा अन्तिम खेल रद्द हुँदा नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको छ। काठमाण्डौंको जोरपाटीस्थित तल्लो मुलपानी क्रिकेट मैदानमा आज (शनिबार) विहान हुने तय भएको घरेलु टोली नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल रद्द भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो। यससँगै, अफगानिस्तानले विश्वकपमा स्थान बनाएको छ। वर्षाका कारण खेल…