
सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ आगामी बैशाख २२ गते शुक्रबार हुने भएको छ। खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार पोखरा रंगशालामा बसेको १९ औं बैठकबाट अवार्ड कार्यक्रम आगामी बैशाख २२ गते गर्ने निर्णय गरी तयारीसमेत थालनी गरिएको मञ्चका महासचिव राजाराम पौडेलले बताएका छन्। स्पोर्ट्स अवार्ड कार्यक्रमका मिति तोकिएपछि प्रतिक्रिया दिँदै मञ्चका अध्यक्ष दीनानाथ बरालले अवार्ड…
पोखरा महानगरपालिकाले यही माघ २३ गतेदेखि पोखराको मुख्य बजार क्षेत्रमा पार्किङ निषेध गर्दैछ। महानगरले पोखराको मुख्य बजार क्षेत्रमा पृथ्वीचोक, सभागृहचोक–न्यूरोड–बीपीचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार–पृथ्वीचोक क्षेत्रलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ। महागनरले अहिले तोकिएको निषेधित क्षेत्रका करिब ६ ठाउँमा साना गाडी पार्किङस्थल तोकेको छ। महानगरमा सोमबार बसेको बैठकले आउँदो माघ २३ गतेदेखि सो क्षेत्रको सडकमा पार्किङ निषेध गर्ने निर्णय…
पोखरामा शहिदहरुको स्मृतिमा ‘शहिद दिवस–२०७९’ मनाइएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशले आयोजना गरेको पोखरा शहिदचोकस्थित शहिद स्तम्भमा प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलगायत मन्त्रीहरुले माल्र्यापण गर्दै शहिद दिवस मनाएको हो। सो अवसरमा बोल्दै मुख्यमन्त्री अधिकारीले शहिदहरुको योगदानको सधै कदर गर्नुपर्ने धारणा राखे। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीसँगै आर्थिक मामिला तथा योजनामन्त्री सीता सुन्दास, आन्तरिक…
पोखरामा प्रेस सेन्टर नेपालको स्थापना दिवस मनाइएको छ। स्थापना दिवसको अवसरमा आज (आइतबार) पोखरामा प्रभातफेरी गरी मनाइएको छ। प्रेस सेन्टरका केन्द्रीय पदाधिकारी, गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति र पोखरा महानगर कमिटीका पदाधिकारी तथा सदस्यहरुले संयुक्त प्रभातफेरी गरेका हुन्। पोखराको सिर्जनाचोकदेखी शहीदपार्कसम्म प्रभातफेरी गरी कोणसभा गरिएको हो। कोणसभामा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा…
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ (शुक्रबार) देखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गरेको हो। परीक्षा चैत २९ गतेसम्म हुनेछ। तालिकाअनुसार चैत १७ गते शुक्रवार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। त्यही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ। चैत १९ गते अनिवार्य गणित र २०…
घरेलु गण्डकी र विभागीय सशस्त्र प्रहरी बलको एपीएफले तेस्रो संस्करणको टाइगर कप भलिबल च्याम्पियन बनेका छन्। पुरुषतर्फको उपाधि घरेलु गण्डकी प्रदेश र महिलातर्फको उपाधि विभागीय सशस्त्र प्रहरी बल एपीएफ क्लबले जित्दै च्याम्पियन बनेका हुन्। योसँगै गण्डकीले दोस्रो पटक टाइगर कप भलिबलको उपाधि उचालेको हो। पहिलो संस्करणमा पनि गण्डकीले उपाधि उचालेको थियो। गण्डकीले सशस्त्रको एपीएफ क्लबलाई…
पोखरा महानगरपालिकाले माघको गत १ गते यति एयरलाइन्सको दुर्घटना परी ज्यान गुमाएकाहरुको स्मृतिमा श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ। दुर्घटना परी दिवंगत भएकाहरुको १३ औं पुण्य तिथि आज (माघ १३ गते, शुक्रबार) मा महानगरपालिका वडा नं.७ र १५ को बिचमा पर्ने मितेरी पुलको सेती खोंच नजिकै महानगरले श्रद्धाञ्जली सभा गरेको हो। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज…
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहामगरले शोकलाई शक्तिमा बदल्दै आगाडि बढ्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ कास्की तथा गण्डकी प्रदेश समितिद्वारा दिवंगत पत्रकार त्रिभुवन पौडेल तथा संचारकर्मी अनिल शाहीको १३ औ पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो अभिव्यक्ति बताएका हुन्। मन्त्री गाहामगले दुर्घटनामा परी मृत्युभएका द्वय…
पोखराको कालिका माध्यामिक विद्यालय प्रथम कुलपति रनिङ शिल्ड च्याम्पियन बनेको छ। गण्डकी विश्वविद्यालयले आयोजना गरेको प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि जित्दै कालिका माध्यमिक विद्यालय च्याम्पियन बनेको हो। पोखरा रंगशालामा आज (शुक्रबार) भएको फाइनल खेलमा भद्रकाली माध्यमिक विद्यालयलाई २–० गोल अन्तरले हराउँदै कालिकाले उपाधि जितेको हो। कालिकाको जितमा कप्तान टिका गुरुङ र सज्जन बराइलीले…
सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्ने फैसला गरेको छ। शुक्रबार संवैधानिक इजलासले उनलाई गैरनागरिक ठहर गर्दै सांसद पद खारेज गर्ने फैसला गरेको हो। अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रुपमा नेपाली नागरिकता पुन: कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको इजलासको निष्कर्ष छ। अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत् जानकारी लामिछानेले सम्बन्धित…