
पोखरामा महिनावारी (छाउपडी) सचेतना गर्ने उद्देश्यले धामी, पूजारीको भेला गरिएको छ। छाउपडी प्रथाको अत्यका लागि गरिमा परियोजना र ग्रीन तारा नेपालको संयुक्त आयोजनामा आज (सोमबार) पोखरामा धामी पूजारीहरुको भेला गरिएको ग्रीन ताराका सिनियर प्रोग्राम म्यानेजर सलिता गुरुङले जानकारी दिइन्। महिनावारीसम्बन्धी भेदभाव मानव अधिकारको विषय रहेको गुरुङको भनाई थियो। ‘मर्यादित महिनावरी, हामी सवैको जिम्मेवारी’ भन्ने मूल…
तनहुँका ४२ हजार ७ सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन्। स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका १ लाख ७ हजार ७ सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन्। सरकारले नागरिकको स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य बीमा बोर्डको गठन गरेको थियो। उक्त बोर्डमार्फत् घर परिवारलाई बीमामा आबद्ध गरी सोहीमार्फत् १ लाख रुपैयाँसम्मको…
स्याङ्जा गल्याङ–पोखरा सम्पर्क समाज कास्कीमा बुद्धिप्रसाद भण्डारी निर्वाचित भएका छन्। समाजको प्रथम साधारणसभा तथा अधिवेशनले भण्डारीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो। जसको उपाध्यक्षमा विष्णुप्रसाद बस्याल, सचिवमा ईश्वरप्रसाद भट्टराई, सह–सचिवमा हरिप्रसाद खनाल र कोषाध्यक्षमा कमला खनाल निर्वाचित भएका छन्। सदस्यहरुमा टिकाराम चापागाइँ, ईश्वर न्यौपाने, मेखबहादुर श्रीस, दलबहादुर थापा, सोमनाथ न्यौपाने, विन्दु गिरी, कविन्द्रदेव खनाल र हुमराज…
संघीय संसदका दुवै सदनको अधिवेशन आज (सोमबार) देखि आरम्भ हुँदैछ। गत मंसीर ४ गते प्रतिनिधिसभा निर्वाचन भएपछि सोमबार पहिलो अधिवेशन सुरु हुन लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानअनुसार सोमबार दिउँसो १ बजे दुवै सदनको बैठक आरम्भ हुनेछ। पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले गर्नेछन्। अधिवेशनको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। बैठकका…
सत्तारूढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व भागबन्डा मिलाइएको छ। आज (आइतबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेकपा एमाले ४, माओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको हो। सहमतिअनुसार एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने भएको छ भने माओवादी केन्द्रले वागमती…
गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशको आन्तरिक राजश्व बृद्धि गरेको दाबी गरेका छन्। करिब करिब मन्त्रीबाट विदा हुने अवस्थामा पुगेका मन्त्री बरालले मन्त्रालयमै आज (आइतबार) पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर यस्तो बताएका हुन्। मन्त्री बरालले आफ्नो डेढ वर्षको छोटो कार्यकालमा पनि प्रदेशको आन्तरिक राजश्व बृद्धि गर्न केही सार्थक प्रयास गरेको दाबी गरे। राजश्व अभिवृद्धिमा…
पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगम संचालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३÷३ रुपैयाँ घटाएको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ। निगमले हवाई…
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ। हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो। गाउँपालिकाभित्रका अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्। ‘गाउँपालिकाले सबै नागरिकको सहज स्वास्थ्य…
काठमाण्डौंको संकटा फुटबल क्लबले दोस्रो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ। संकटाले आज (शनिबार) पोखरा रंगशालामा भएको फाइनल खेलमा पाहुना टोली भुटनिज युथ स्पोर्ट्स क्लब (बीवाइएस्सी) लाई ३–२ गोलले हराउँदै संकटाले उपाधि जितेको हो। उपाधिसँगै संकटाले १२ लाख पुरस्कार जितेको छ। उपविजेता बनेको बीवाइएस्सीले ६ लाख पुरस्कार जित्यो। संकटाको जितमा सुरजज्यू ठकुरी,…
२२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज (शनिबार) दिउँसो साढे एक बजे हुँदैछ। काठमाण्डौंको संकटा फुटबल क्लब र पाहुना टोली अमेरीकाको भुटनिज युथ स्पोटर्स क्लब (बिवाइएस्सी) ले उपाधिका लागि फाइनल खेलमा प्रतिस्पर्धा गर्दैछन्। दुबै टोली उपाधि जित्ने रणनीति र दाउमा छन्। संकटा दोस्रो पटक उपाधि जित्ने दाउमा छ भने…