
गण्डकी प्रदेशसभाको आज (सोमबार) अधिवेशन सुरु हुँदैछ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आज (सोमबार) दिउँसो ३ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन्। अधिवेशन प्रदेशसभा भवन नदीपुरमा हुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले यसअघि, विज्ञप्तिमार्फत जनाएका जानकारी दिएका थिए। आज ११ बजे सर्वदलीय बैठक बस्दैछ। उक्त बैठकले नै संसद…
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन भएका छन्। सो दलको आइतबार साँझ बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र नं १ (२) बाट प्रत्यक्ष निर्वाचित चुमानलाई सर्वसम्मत दलको नेता चयन गरेको हो। उनका अनुसार ज्येष्ठ सदस्य कृष्ण धितालको अध्यक्षतामा दलको बैठक बसेको थियो। संसदीय दलको नेताबाहेकका अन्य पदाधिकारी…
नवप्रवेशी टोली चर्च ब्वाइज युनाइटेड क्लबले पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा आज (आइतबार) भएको प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई ३–१ ले पाखा लगाउँदै चर्च ब्वाइजले सेमिफाइनलमा स्थान बनाएको हो। आशिष चापागाइँको २ गोल मद्दतमा चर्च ब्वाइजले पहिलो हाफमा २ गोल र दोस्रो…
पोखराको अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएसँगै सुन्दर पर्यटकीय नगरीका पोखरेलीहरुले उनेर राखेको ५ दशक लामो सपना पूरा भएको छ। ५ दशक लामो प्रतीक्षापछि निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुने अवस्थासम्म आइपुग्नु पोखरा र पोखरेलीहरूका लागि गर्वको विषय हो। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भनेर तत्कालीन समयमा जग्गा अधिग्रहण गर्ने कार्यदेखि यसको निर्माणका निमित्त निरन्तर संघर्ष…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै विमानस्थल निर्माणले पोखरामा मात्रै नभइ सिंगै देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने औंल्याएका छन्। विमानस्थल निर्माणका लागि आफूले लिएको पहलकदमीबारे चर्चा गर्दै आफैँले प्रधानमन्त्रीको रूपमा उद्घाटन गर्न पाउँदा हर्ष र गर्व दुवै लागेको समेत उनले बताए। प्रधानमन्त्री ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर जनताको निम्ति…
पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज (आइतबार) देखि संचालनमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका हुन्। आज पोखरामा आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन्। विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल शनिबार बिहान राजधानी…
आज, दशौं राष्ट्रिय टोपी दिवस। राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। देशको शान, देशको पहिचान र राष्ट्रिय पोशाक संरक्षणका लागि यो दिवस मनाउन थालिएको हो। मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन…
साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा शनिबार भएको प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा धरान फुटबल क्लबलाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। एपीएफले पहिलो हाफमै गोलको नतिजा निकालेकाले सहजै सेमिफाइनल प्रवेश गर्यो। एपीएफको जितमा बिकु तामाङ र युवराज खड्काले गोल गरे।…
पाँच दशक लामो प्रतीक्षा पछि निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने अवस्था सम्म आइपुग्नु पोखरा र पोखरेलीहरूका लागि गर्वको विषय हो। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भनेर तत्कालीन समयमा जग्गा अधिग्रहण गर्ने कार्यदेखी यसको निर्माणका निमित्त निरन्तर संघर्ष गर्ने सवैप्रति पोखरा महानगरपालिका हार्दिक आभार व्यक्त गरेको छ। राष्ट्रिय गौरवको परियोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल…
आज (पुस १६ गते, शनिबार) राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ। आज काँग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि ८ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति…