
निर्वाचन आयोगले भोली (आगामी मंसीर ४ गते, आइतबार) मतदानको दिन सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ। आयोगले निर्वाचनको दिन सवारी साधन प्रयोग गर्न पाउनेहरुको सूची सार्वजनिक गरेको हो। बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसार–पसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन, दूरसंचार…
निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतसहित मातहतका निकायलाई ६ बुँदे निर्देशन दिएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन एक दिन मात्र बाँकी रहँदा आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई मतगणना र मतपरिणामसम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन ६ बुँदे निर्देशन जारी गरेको हो। यस्ता छन् निर्देशन १. प्रत्येक मतगणनास्थलमा प्रेस…
आसन्न मंसीर ४ को प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उमेदवारहरूलाई परिचयपत्र उपलब्ध हुनेछ। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका प्रतिनिधिसभा तथा प्रदेशसभातर्फका उमेदवारहरूले परिचयपत्र माग गर्न आएमा त्यस्ता उमेदवारहरूलाई आयोगले परिचयपत्र दिने भएको जनाएको हो। ‘अन्तिम बन्दसूचीमा उल्लेखित मतदाता भएको प्रदेश अन्तर्गतकोे जिल्लाको खण्ड…
नेपालले युएईलाई पराजित गर्दै युएईविरुद्धको ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (शुक्रबार) भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो। ३ खेलको सिरिजमा नेपालले २–१ ले आफ्नो पक्षमा बनायो। ३ खेलको सिरिजअन्तर्गत पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले हराएको थियो भने…
पोखरामा मंसीर १६ देखि २५ गतेसम्म पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला हुन भएको छ। कोरोनाका कारण २ वर्षदेखि रोकिएको राष्ट्रिय औद्योगिक व्यापार मेला पोखरा उद्योग वाणिज्य संघले यस वर्षदेखि संचालनमा ल्याउने भएको हो। नियमित कार्यक्रमका रूपमा प्रत्येक वर्ष संचालन हँुदै आएको उक्त मेला मंसीर १६–२५ गतेसम्म सञ्चालनमा ल्याउन लागिएको संघद्वारा शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा…
आगामी आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको स्थिर समयमा ३० संचार माध्यमबाट आचारसंहिता उल्लंघन भएको प्रेस काउन्सिल नेपालले जनाएको छ। स्थिर अवधि सुरु भएको समय गएराती १२ बजेदेखि शुक्रबार अपरान्हसम्म आचारसंहिता उल्लंघन गरेकामध्ये ६ संचारमाध्यमले भुलसुधार समेत गरेका छन्। प्रेस काउन्सिल नेपालले आज (शुक्रबार) जारी गरेको विज्ञप्तिअनुसार २ वटा रेडियो, ११ वटा पत्रपत्रिका,…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुनका लागि प्रदेशवासीमा अपील गरेका छन्। प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन २०७९ का सन्दर्भमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवा…
निर्वाचन आयोगको कार्यालयले आचारसंहिता सम्बन्धी निर्णय सार्वजनिक गरेको छ। आयोगले उक्त निर्णय सार्वजनिक गरेको हो । हेर्नुहोस, निर्णय : १ निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने…
यही मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गए रातिदेखि मौन अवधि सुरु भएको छ। निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदवारको पक्षमा प्रचार–प्रसार गर्न नपाउने व्यवस्था छ। यस अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष…
प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लंघन गर्ने संचारमाध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ। काउन्सिलले मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचार–प्रसार गर्ने समय आज (बिहीबार) राति १२ बजेसम्म रहेकाले तत्पश्चात प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न संचार माध्यमलाई सचेत गराएको हो। ‘स्थिर समय सुरु…