
मंसीर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज (बिहीबार) मध्यरातबाट मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम चुनावी प्रचार–प्रसार गर्न पाउनेछन्। त्यसपछि मध्यरातबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार –प्रसार गर्न पाउँदैनन्। सञ्चार माध्यमले कुनैपनि प्रकारका चुनावी प्रचार सामग्री…
गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले अन्याय नै भए पनि आफूले काँग्रेसमा बसेर राजनीति गर्ने बताएका छन्। गत मंगलबार बर्खास्तीमा परेका खड्काले आज (बिहीबार) पत्रकार सम्मेलन गरी आफूलाई अन्यायपूर्ण तवरबाट बर्खास्त गरिएको बताए। बर्खास्तीबारे आफूसँग मुख्यमन्त्रीले कुनै सरसल्लाह नगरेको बताउँदै उनले संचारमाध्यमबाट जानकारी पाएको स्पष्ट पारे। टिकट नपाएकै…
पोखराको पर्यटनलाई जिविकोपार्जनसँग जोड्न छनोट भएका परियोजना माथि पोखरामा सरोकारवालाबीच छलफल गरी आवश्यक सुझाव संकालन गरिएको छ। एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा संचालन हुने क्षेत्रीय शहरी उत्थानशिलता तथा जिविकोपार्जन सुधार कार्यक्रम परियोजना अन्तर्गत पोखरा महानगरपालिकामा कार्यन्वयन हुने परियोजना छनोटका लागि महानगरले सरोकारवाला बीच छलफल कार्यक्रम गरी आवश्यक सुझाव लिएको हो। पोखरा महानगरपालिकाका प्रमुख…
मत बदर हुनबाट जोगिन नागरिकले मतदान गर्दा ख्याल गर्नुपर्ने हुन्छ। नागरिकले मतदान गर्दा ख्याल पुर्याए मत बदर हुनबाट जोगिने निर्वाचन आयोगका उपसचिव एवं सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले सुझाएका छन्। अर्यालकाअनुसार सबैभन्दा पहिले मतदान गर्ने मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर भएको हुनुपर्छ। यदि, अधिकृतको हस्ताक्षर नभएको मतपत्रमा मतदान गरेको छ भने त्यस्तो मतपत्र बदर हुन्छ। ती, मतपत्र गणना…
पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ। आज (बुधवार) दशरथ रंगशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले हरायो। नेपालको जितमा अञ्जन विष्टले गोल गरे। उनले खेलको ८३ औँ मिनेटमा गोल गरे। अञ्जनले सुनिल बलको क्रसमा गोल गरेका हुन्। उनको यो ११ औँ अन्तर्राष्ट्रिय गोल हो। गोल गरेपछि खुसीयाली मनाउने क्रममा अञ्जनले जर्सी फुकालेपछि रेफ्रीले पहेँलो…
दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले युएईलाई हराएको छ। आज (बुधवार) भएको खेलमा नेपालले यूएईलाई तीन विकेटले हरायो। युएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटायो। नेपालका लागि गुलशन झा र आरिफ शेखले सातौँ विकेटका लागि ६२ रनको साझेदारी गरे। गुलशन झा ३७ रनमा आउट भए भने आरिफ ३३ रनमा नटआउट…
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुमार खड्का बर्खास्त भएका छन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खड्कालाई बर्खास्त गरेका हुन्। खड्काले समाल्दै आएको मन्त्रालय मुख्यमन्त्री पोखरेल आफैले सम्हाल्ने गरी हटाएका हुन्। खड्काले गठबन्धनका कास्की –२ ख का उम्मेदवार विन्दुकुमार थापालाई असहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले बर्खास्त गरेको बताइएको छ। खड्काले पछिल्लो समय गठबन्धनका उम्मेदवारविरुद्ध भोट…
कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पोखरालाई खेलकुदको राजधानी बनाउने प्रतिवद्धता जनाएका छन्। खेल पर्यटनको माध्यमबाट पोखरालाई खेलकुदको राजधानी शहरको रुपमा विकास गर्न पहल गर्दै अन्तराष्ट्रिय क्रिकेट मैदान सम्पन्न गर्ने बताएको छ। साथै, मौजाको हाई अल्टिट्युड खेल मैदान सम्पन्न गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ। खेलसँगै उनीहरुले प्रतिवद्धता पत्रमा पोखरा अन्तराराष्ट्रिय विमानस्थल संचालन…
गण्डकी प्रदेश सभा सदस्य उम्मेद्वार विन्दुकुमार थापाले गण्डकी प्रदेशको राजधानी पोखरामा मुटु अस्पताल निर्माणका लागि पहल गर्ने बताएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका कास्की क्षेत्र नं. २ (ख) का उम्मेदवार थापाले आफू विजयी भएमा प्रदेशका लागि विशिष्टकृत अस्पताल र मुटु अस्पताल बनाउन पहल गर्ने बताए। घरदैलो अभियानमा रहेका थापाले हरेक नागरिकका लागि प्रदेशमै उपचार गराउने…
सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायमा २ दिन विदा दिने भएको छ। गृह मन्त्रालयले आज (मंगलबार) सूचनामार्फत आगामी ४ र ५ मंसीरमा सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले प्रकाशित गरेको सूचनामा मतदानस्थल रहेका शिक्षण संस्था वा विद्यालयमा भने मंसीर २ देखि ५…