Author Archive »

पोखरा स्पोर्टस् अवार्डको २०७८ को समिक्षा सम्पन्न

छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्डको समीक्षा कार्यक्रम कास्कीको धम्पुसमा सम्पन्न भएको छ। समीक्षा कार्यक्रमका सहभागीले गण्डकी प्रदेशको ब्राण्ड बनिसकेको पोखरा स्पोर्टस् अवार्डलाई ब्राण्डको पनि ब्राण्ड बनाउनुपर्नेमा जोड दिएका छन्। अवार्ड कार्यक्रमले समग्र पत्रकारिता क्षेत्रको इज्जत बढाएको भएपनि निरन्तरतामा चुनौती भने रहेको उनीहरुको भनाई छ । कार्यक्रममा बोल्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष रामकृष्ण…

श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना

श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त भएका छन्। ७३ वर्षका वरिष्ठ सांसद गुणवर्दना नयाँ प्रधानमन्त्रीमा नियुक्त भएको श्रीलंकाको अनलाइन न्युज वायरले जनाएको छ। उनले राष्ट्रपति रनिल विक्रमासिंघेसँग शपथ पनि लिएको खबरमा उल्लेख छ। उनी श्रीलंकाको १५औँ प्रधानमन्त्री समेत बनेका छन्। गुणवर्दना यसअघि गृह र शिक्षामन्त्री भइसकेएका छन्। गएको अप्रिलमा मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएपछि तत्कालीन राष्ट्रपति गोटाबय…

नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेतालाई २५ हजार रुपैयाँ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेताले २५ हजार रुपैयाँ पाउने भएका छन्। राष्ट्रिय खेलकुद परिषद् राखेपले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत रुपमा स्वर्ण पदक जित्ने खेलाडीलाई २५ हजार रुपैयाँ दिने निर्णय गरेको हो। यस्तै, टिम इभेन्ट्सका स्वर्ण पदक विजेताले जनही १४ हजार रुपैयाँ प्राप्त गर्नेछन्। स्वर्ण पदक विजेताले मात्रै नगद पाउने र…

दलाल पुँजीलाई पोषेर देशमा समाजवाद असंभव छ : नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलाल पुँजीलाई पोषेर देशमा समाजवाद आउन नसक्ने दाबी गरेका छन्। कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई शनिवार सम्बोधन गर्दै नेपालले भने, ‘दलाल पुँजीलाई पोषेर र प्रोत्साहन दिएर देशको राष्ट्रिय पुँजीको प्रबद्र्धन संभव हुँदैन देशको राजनीतिमा विकृति, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको छ।…

लायन्स न्युरोड चौतारीले गर्‍यो बृक्षरोपण

लायन्स क्लब अफ पोखरा न्युरोड चौतारीले बृक्षरोपण गरेका छ। क्लवले शनिबार जिल्ला प्रसाशन कार्यलय कास्कीको प्राङगणमा अम्बा, एभोगाडो लगायतका फलपूmका विरुवा रोपेको हो। बिश्वमा बढ्दो पर्यावरणीय असन्तुलनलाई रोकथाम गर्ने लायन्स अन्तराष्ट्रियको अभियान अन्तरर्गत क्लवले प्रशासनको प्राङगणमा करिब ३० वटा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपेको हो। कार्यक्रममा क्लवका अध्यक्ष कृष्णबहादुर लम्सालले जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख…

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएर इतिहास रचेकी छन्। सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की ६४ वर्षीया उमेदवार मुर्मू राष्ट्रपतिमा विजयी भएकी हुन्। जितसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने पहिलो आदिवासी नेतृ बनेकी छन्। उनी १५ औँ राष्ट्रपतिका रूपमा निर्वाचित भएकी हुन्। तेस्रो चरणको मत गणना हुँदा उनले ५० प्रतिशत मत कटाएकी छन्। उनलाई विपक्षी उमेदवार…

राष्ट्रिय परीक्षा बोर्डले माग्यो धेरै कर्मचारी

राष्ट्रिय परीक्षा बोर्डले धेरै संख्यामा नयाँ कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। दरखास्त दिने अन्तिम मिति भाद्र चार गतेसम्म र दोब्बर दस्तुरमा भाद्र ११ गतेसम्म रहेको छ। उप सचिव, शाखा अधिकृत, लेखा अधिकृत, कम्प्युटर अधिकृत, प्रशासन सहायक, लेखा सहायक, कम्प्युटर सहायकलगायत विभिन्न पदमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागिएको हो।   हेर्नुहोस, कर्मचारी…

खेलकुद पत्रकार मञ्च गण्डकीलाई मिडिया सेन्टर संचालनको जिम्मा

पोखरा रंगशालाभित्र रहेको मिडिया सेन्टर नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई हस्तान्तरण गरिएको छ। एक समारोह बिच उक्त मिडिया सेन्टरको संचालन र व्यवस्थापनको लागि नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई हस्तान्तरण गरिएको हो। मिडिया सेन्टर व्यवस्थापन समितिका अध्यक्ष केशव पाठकले मञ्च अध्यक्ष दीननाथ बराललाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीको रोहबरमा मिडिया सेन्टर हस्तान्तरण…

बीपीका सिद्धान्त दलहरुको मुलमन्त्र : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्र एवं संसदीय अभ्यासमा विश्वास गर्ने राजनीतिक दलहरुका लागि बीपी कोइरालाका सिद्धान्त र आदर्श मुल मन्त्रका रुपमा स्थापित भएको बताएका छन्। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली काँग्रेसका संस्थापक जननायक बीपी कोइरालाको ४० औं स्मृति दिवस (साउन ६) का सन्दर्भमा वक्तव्य जारी गर्दै उनले राष्ट्रियताको सवालमा बीपीले लिएको राष्ट्रिय मेलमिलाप…

साहित्यकार खनालको निधनप्रति गण्डकी साहित्य संगमले दु:ख व्यक्त गर्‍यो

साहित्यकार एवं गण्डकी साहित्य संगमका संस्थापक अध्यक्ष कुलप्रसाद खनालको निधनप्रति संगमले दु:ख व्यक्त गरेको छ। संगमले आज (बिहीबार) शोक विज्ञप्ति जारी गर्दै संगमका संस्थापक अध्यक्ष एवं प्रगतिशील लेखक संघ नेपालका पूर्व केन्द्रीय सदस्य खनालको बुधबार भएको असामयिक निधनप्रति दु:ख व्यक्त गरेको हो। संगमले स्व. खनालप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजन्प्रति समवेदना प्रकट गरेको छ।…