
पोखराको प्रचार–प्रसार गर्दै पश्चिम नेपालसहित भारतका विभिन्न शहरको भ्रमणमा निस्किएको पोखरेली ‘डुलुवा टोली’ भारतको जम्मु कस्मिरमा पुगेको छ। टोलीले त्यहाँ पत्रकार भेटघाट गरि पोखराको पर्यटनबारे जानकारी गराएको छ। टोलीले भारतका विभिन्न शहरहरुमा पोखराको प्रवद्र्धनात्म सामग्री ब्रुसर, पोष्टर वितरण गरेको छ। त्यहाँ विभिन्न समुहहरुसँग छलफल तथा अन्तरक्रिया समेत गर्दै अगाडी बढेको छ। जम्मुमा रहेका नेपाली समुदायका…
छैटौं संस्करणको ‘पोखरा स्पोटर्स’अवार्ड २०७८’ को तयारी सुरु भएको छ। आगामी असार १८ गते शनिबार हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप शनिबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेलाका सहभागीले मञ्चका अध्यक्ष दीननाथ बराल संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ। जसको सह–संयोजकमा उपाध्यक्ष सुरज श्रेष्ठ छन्। मञ्चका पूर्व अध्यक्ष विनोद लामिछानेको अध्यक्षतामा…
भक्तपुरको चाँगुनारायणलाई केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्प ४.७ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौँ उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिएको बताइएको छ। विसं २०७२ वैशाख १२…
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभा नदिपुरमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। बहालवाला वर्तमान सरकारको यो अन्तिम नीति तथा कार्यक्रम हो। प्रदेश सरकारले प्रदेशबासीको स्वास्थ्य अवस्थामा सुुधारलाई प्रमुख प्राथमिकतामा राखेको छ। त्यस्तै, प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार निर्माण, कृषि, रोजगारी र आर्थिक पुनरुत्थानका…
कलाकार आलोक गुरुङलाई यस पटकको ललितकला पुरस्कार–२०७८ बाट पुरस्कृत गरिने भएको छ। कलाकार दुर्गा बराल वात्स्यायनद्वारा स्थापित तथा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा संचालित उक्त पुरस्कार यस वर्ष कलाबार गुरुङलाई प्रदान गरिने भएको हो। प्रत्येक २/२ वर्षमा प्रदान गरिने उक्त पुरस्कारको राशी ११ हजार १ सय ११, ताम्रपत्र र दोषल्ला रहेको छ। वरिष्ठ कलाकार दुर्गा बराल…
सरकारले आइतवार पनि दिँदै आएको सार्वजनिक बिदा खारेज गर्ने भएको छ। आज (सोमवार) बसेको मन्त्रिपरिषद्को बैठकले असार १ गतदेखि लागू हुने गरी आइतवारको बिदा खारेज गरेको बैठकमा सहभागी एक मन्त्रीले जनसम्मतलाई बताएको छ। पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सरकारले जेठ १ गतेदेखि हप्तामा २ दिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।…
स्याङ्जाको पुतलीबजार नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला अस्पताल स्याङ्जामा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ। पुतलीबजार नगरपालिका स्याङ्जाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको पहलमा एक कार्यक्रमबीच जिल्ला अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको हो। जिल्ला अस्पताल स्याङ्जामा एक कार्यक्रमकाबीच उक्त रक्त सञ्चार केन्द्रको शुभारम्भ गरिएको हो। जिल्ला अस्पतालमा रगतको अभावमा बिरामीहरूले दुःख पाएका भन्ने…
आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटअन्तर्गत नेपालले भुटानमाथि ४ विकेटले जित निकालेको छ। भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा भेटाएको थियो। नेपालको जितमा सानु राजवंशीले नटआउट ३० रन बनाइन्। यस्तै, साना प्रभीनले १२ रन जोडिन्। बलिङतर्फ भुटानकी साङ्ए वाङ्मोले ३ विकेट लिइन्। यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको…
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनसरोकारका विषयलाई अघि सार्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सो पार्टीले सोमबार विज्ञप्ति जारी गर्दै विदेशी हस्तक्षेप बढेको तथा महंगी र भ्रष्टाचारले सीमा नाघेको भन्दै जेठ २५ देखि असार ५ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जारी गरेको विज्ञप्तिमा जेठ २५ गते किसानहरुले राजमार्ग, काठमाडौं…
प्रधानमन्त्री शेरबहादुर मन्त्री हेरफेर नगर्ने भएका छन्। देउवाले बजेट अधिवेशन चलिरहेको अवस्थामा मन्त्री हेरफेर नगर्ने अडान लिएका हुन्। देउवाले अडान लिएसँगै नयाँ मन्त्रीको सपथ समेत रोकिएको छ। प्रधानमन्त्री देउवा तत्काल मन्त्री फेर्न तयार नभएपछि नयाँ मन्त्रीको सपथ पनि रोकिएको छ। बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले अहिलेकै मन्त्रीलाई नियमित काम गर्न निर्देशन नै दिएका छन्।…