
नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुवुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन्। पुवुदुले राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किरहेको अवस्थामा राजीनामा दिएका हुन्। गत मंसीरमा नेपाल क्रिकेट संघ (क्यान)सँग नेपाल टिममा दोस्रो कार्यकालका लागि २ वर्षे सम्झौता गरेका पुवुदुले एक साता अगाडि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए। पुवुदुले आज (बुधबार) पत्रकार सम्मेलन गर्दैे…
आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन राष्ट्रिय खेलकुद परिषदले विभिन्न उपसमितिहरु गठन गरेको छ। आगामी असोजको २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने प्रतियोगिताका लागि राखेपले १२ वटा विषयगत उपसमितिहरु गठन गरेको हो। विविध १४ मध्ये १२ समितिका संयोजक र सचिवको नाम बुधबार पत्रकार सम्मेलनमार्फत राखेप सदस्य सचिव टंकलाल घिसिङले सार्वजनिक गरका…
पोखरा महानगरपालिका वडा नं २७, २९ र ३३ को संगमस्थल मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधाममा अखण्ड हरिनाम संकीर्तन सुरु गरिएको छ। एक महिने अखण्ड हरिनाम संकीर्तनमा तेस्रो दिन तनहुँ व्यासगुफाका पिठाधीश दामोदर बाबा सहभागी बनेका छन्। ऋषिमुनिहरूको साधनास्थलका रूपमा लिइने शुक्ला गण्डकी र बगादी नदीको संगमस्थलमा रहेको यस तीर्थस्थलमा यही साउन १ गतेदेखि महिनाभर लोक कल्याणको…
पर्यटकको बसाई अवधि लम्ब्याउन सहकार्य गरेर अगाडि बढ्ने विषयमा पोखरा महानगरपालिका र होटल संघ पोखरा नेपाल एकमत देखिएका छन्। नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान र विकास गर्दै पोखरा र वरपरका पर्यटकीय क्षेत्रको भ्रमणमा आउने पर्यटकहरुका लागि महानगर र होटल संघ एक मत देखिएका हुन्। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वागातार्थ संघले पोखरामा आयोजना गरेको कार्यक्रममा होटल…
श्रीलंकाको संसदले आज (बुधबार) जुलाई २० तारिकका दिन नयाँ राष्ट्रपतिका लागि मतदान गर्दैछ। राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि संसदमा मतदान हुन लागेको हो। राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभूतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ। श्रीलंकाका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन्।…
गत असार १८ गते लिइएको माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। जसमा देशभरबाट २३ हजार ७२ जना उत्तीर्ण भएका छन्। शिक्षक सेवा आयोगका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार १ सय ४५ जना उत्तीर्ण भएका छन्। बागमतीमा १ सय ८ जनाको परीक्षा रद्द गरिएको छ। यस्तै, प्रदेश १ मा…
श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज (बुधबार) साउन ४ गतेदेखि प्राथमिक शेयर ¬(आइपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूका लागि आइपीओ निष्काशन गरेपछि अब सर्वसाधारणका लागि विक्रि खुला गरेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९…
निर्वाचन आयोगले कास्कीसहित ८ जिल्लाबाट अनलाइन मतदाता नामावली फाराम भर्ने व्यवस्था मिलाएको छ। कास्की, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, मोरङ र झापा जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ। अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्ला (कास्की, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, मोरङ र झापा) को जिल्ला निर्वाचन कार्यालयमा…
१९ औं एसियाली खेलकुदको नयाँ मिति घोषणा गरेको छ। ओसिएले आयोजक चीनसँगको सहमतिमा मंगलबार एसियाड सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हाङझावमा गर्ने उल्लेख गरेको छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले यसअघि कोभिड–१९ महामारीका कारण स्थगित गरिएको थियो। यसअघि, एसियाड २०२२ सेप्टेम्बर १० देखि २५ (भदौ २५ देखि असोज ९ गते)…
सुडानको खार्तोममा भएको जातीय दंगामा परी मृत्यु हुनेको संख्या ६५ पुगेको बताइएको छ। सुडानको ब्लु नाइल प्रदेशमा भएको सो जातीय दंगाको घटनामा परी आइतबार बिहानसम्ममा मृत्यु हुनेको संख्या ६५ जना पुगेको यहाँको अल सुडान दैनिक पत्रिकाले जनाएको छ। सुडानको ब्लु नाइल प्रदेशका केही ठाउँमा जातीय दंगा भएका छन्। ती घटनामा परी कम्तीमा पनि ६५ जनाको…