
आचार्ये थरका धनाढ्य घरका, सपन्नताका धनी। खोज्दैछन् रस काब्यका कविहरू, श्रष्टा कहाँ छौ भनी।। सा¥है शून्य भयो नि आज चँुदीका, जंघार खोल्सी खोला। हृनद्वै हो कि कतै कि संगी मिलनै, बोकेर हिँड्यौ झोला।। बाँधेथे पटुकी लबेद सुरुवाल, टोपी छ लौ माथमा। तिल्चामल सरिझैं कपाल उनको,रामायण हातमा।। चौताराबीचमा बसेर बटुवा, झोला कसेको थियो। बाजे ढोग गरें…
गण्डकी प्रदेशमा आज (बुधबार) सार्वजनिक विदा छ। प्रदेश सरकारले २०९ औं भानु जयन्ती मनाउन आज सार्वजनिक बिदा दिएको हो। तनहुँमा जन्मिएका आदिकवि भानुभक्त आचार्यलाई ‘गण्डकीको गौरव’ भन्दै उनको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले बिदाको घोषणा गरेको हो। अघिल्लो वर्षको चैत १८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट भानु जयन्तीमा बिदा दिने निर्णय गरेको थियो। वि.सं. १८७१ असार २९…
गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन्। गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो। त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान…
पोखरामा आगामी असौज ६ देखि ९ गते सम्म आयोजना हुने ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसीप–२०२२’ सफल बनाउन सहभागीहरुले प्रतिवद्धता जनाएका छन्। प्रतियोगिताको तयारी स्वरुप पोखरामा आज (आइतबार) सम्पन्न बैठकमा सहभागीहरुले प्रतिवद्धता जनाएका हुन्। बैठकमा आफ्ना भनाई राख्दै प्रतियोगिताको आयोजक संस्थामध्येको एक नेपाल तेक्वान्दो संघका उपाध्यक्ष इन्जिनियर सञ्जीव रेग्मीले तेस्रो संस्करणको माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय…
तनहुँको ऋषिङ गाउँपालिकाले गाउँका १६ जना बुहारीहरु सम्मानीत भएका छन्। गाउँ र समाजमा राम्रो आचरण देखाउने बुहारीलाई गाउँपालिकाले सम्मान गरेको हो। गाउँपालिकाको १२ गाउँसभा तथा बजेट सार्वजनिक समारोहमा उनीहरूलाई सम्मान गरेको हो। सत्कर्म गर्न र राम्रो आचरणप्रति प्रोत्साहन गर्न बुहारी सम्मान कार्यक्रम राखिएको जनाइएको छ। गाउँ सभाको अवसरमा ३२ एकल पुरुष र ६४ ज्येष्ठ नागरिकलाई…
लमजुङको बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० को लागि ७७ करोड ५३ लाख ३ हजार बराबरको बजेट पारित गरेको छ। आगामी आर्थिक वर्षका लागि पारित भएको बजेटमा चालुतर्फ ४१ करोड ९३ लाख र पुँजीगततर्फ ३५ करोड ६ लाख ३ हजार रहेको छ। नगर उपप्रमुख पद्मा गुरुङले प्रस्तुत गरेको बजेटमा आर्थिक विकासतर्फ ६ करोड ९६ लाख ५०…
बुढीगंगा नगरपालिका मेयर–उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ। आज (आइतबार) सकिएको मतगणनाअनुसार मेयरमा रामबहादुर बानियाँले ४ हजार ४७७ मत ल्याएर विजयी बनेका हुन्। उनका निकटतम् प्रतिद्धन्दी नेपाली काँग्रेसका रंगबहादुर खातीले ३ हजार ७७४ मत प्राप्त गरे। त्यस्तै, उपमेयरमा एमालेकी माया कुँवरले ४ हजार ७२७ मत ल्याएर जित निकालेकी छन्। प्रतिद्धन्दी नेपाली काँग्रेसकी रीता…
काजकिस्तानकी इलिना रुबिकिनाले विम्बल्डन टेनिसको उपाधि जितेकी छन्। शनिबार भएको फाइनलमा रुबिकिनाले ट्युनिसियाकी ओन्स जाबेरलाई ३–६, ६–२, ६–२ ले पराजित गरिन्। २३ वर्षीया रुबिकिनाको यो करियरको पहिलो ग्रान्डस्लाम उपाधि हो। रुबिकिना ग्रान्डस्लाम जित्ने र विम्बल्डन जित्ने पहिलो काजाकिस्तानको खेलाडी बनेकी छन्।
पोखरा महानगरपालिकाको बजेट पारित भएकोछ। आइतबार बसेको नगर सभाले आगामी आर्थिक वर्ष ०७९\८० को ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट सर्वसम्मत पारित गरेको हो। यसैगरी नगरसभाले न्यायिक समिति, लेखा समिति र विद्यायन समिति गठन गरेको छ। न्यायिक समितिको संयोजक महानगरका उपप्रमुख मञ्जुदेवि गुरुङको संयोजकत्वमा भावना श्रेष्ठ र कालिदाश पोखरेल सदस्य रहेको समिति…
संयुक्त राज्य अमेरिकाले श्रीलंकाका नेताहरूलाई आर्थिक स्थिरता प्राप्तिका लागि यथाशीघ्र काम गर्न आह्वान गरेको छ। अमेरिकाको विदेश विभागका प्रवक्ताले श्रीलंकाको कुनैपनि नयाँ सरकारले दीर्घकालीन आर्थिक स्थिरता पाउन र श्रीलंकाली जनताको असन्तुष्टि सम्बोधन गर्न समाधानहरूको पहिचान तथा कार्यान्वयनका लागि छिटो काम गर्नुपर्ने सल्लाह दिएका छन्।