
गण्डकी प्रदेशले एथलेटिक्स छात्रातर्फ स्वर्ण पदक जितेको छ भने छात्रतर्फ रजत पदक जितेको छ। काठमाण्डौमा जारी १२ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा छात्रातर्फ रिले ४हर्डल्स१०० मिटरमा गण्डकीले स्वर्ण पदक जितेको हो। योसहित एथलेटिक्समा गण्डकीले दोश्रो स्वर्ण हात पारेको छ। गण्डकीको टोलीमा रहेका चन्द्रकला खराल, जानकी खराल, बिनिता सार्की र पार्वती नेपाली रिले दौड टिममा थिए।…
१२ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा गण्डकी प्रदेशले छात्र भलिबलमा स्वर्ण पदक जितेको छ। लुम्बिनी प्रदेशविरुद्ध भएको फाइनल खेलमा ३–२ सेटले जित निकाल्दै गण्डकीले स्वर्ण पदक जितेको हो। पहिलो र दोश्रो सेट २५–११ र २५–१० ले सहज रुपमा आफ्नो पक्षमा पारेको गण्डकीले तेश्रो र चौथो सेट भने लुम्बिनीलाई सुम्पिन पुग्यो। लुम्बिनीले तेश्रो सेट २५–२० र…
प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा प्रभात त्रिपाठी निर्विरोध निर्वाचित भएका छन्। मञ्च कतारको हालै सम्पन्न छैटौं अधिवेशनले त्रिपाठीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। जसको उपाध्यक्षहरूमा विजय बस्नेत, प्रेमबहादुर विश्वकर्मा, बालकृष्ण भित्रीकोटी, अफ्सर अलि खान छन्। सचिवमा बिनेश तामाङ, उपसचिवमा गफुर अहमद, शेख शाहनवाज, तिलक सिलवाल र छमबहादुर चन्द चयन छन्। त्यस्तै सदस्यहरुमा किरण सिलवाल, अलि…
नेपाल पौडी संघले नेपालमा आयोजना भएको दक्षिण एशियाकै उच्च प्रतियोगिता १३ र्औ दक्षिण एशियाली खेलुदमा नेपालको प्रतिनिधित्व गर्दै नेपालको गौरव बिश्वसामु प्रस्तुत गर्न सफल पौडी खेलाडीहरु गौरिका सिंह, डुवाना लामा, टिशा शाक्य र अनुशिया तण्डुकारलाई नगदसहित सम्मान पत्रले सम्मान गरेको छ। गौरिकालाई १ लाख, डुवानालाई ५० हजार र टिशा तथा अनुशियालाई २५ हजार रुपैयाँ नगदले…
साउदीस्थित नपाली दूतावासले फेसबुक लाइभमा जोडिन त्यहाँस्थित नेपालीलाई आग्रह गरेको छ। दूतावासले भोली (शुक्रबार) आफ्नो आधिकारिक फेसबुक पेजमा हुने लाइभ कार्यक्रममा जोडिन नेपालीहरुलाई आग्रह गरेको हो। भोली (शुक्रबार, जुलाई १५ तारिख) दिउँसो २ बजेदेखि ३ बजेसम्म दूतावासको आधिकारिक फेसबुक पेजमा हुने लाइभ कार्यक्रम हुँदैछ। दूतावासले बुधबार साँझ एक सुचना जारी गर्दै फेसबुक लाइभको माध्यमबाट समेत…
निसर्ग बाटिका स्कुल १० औं एनएसए कप खुला तथा उमेर समूह प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल बनेको छ। निसर्गले १० स्वर्ण १० रजत र १३ कास्य पदकका साथ १०९ अंक हासिल गर्दै टिम च्याम्पियन बनेको हो। दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ९ स्वर्ण १० रजत र ८ कास्यका साथ ९६ अंक र तेश्रो स्थानमा रहेको…
नेपाल पौडी संघको आयोजनामा भएको १० औं एनएसए कप खुला तथा उमेर समूह प्रतियोगितामा नासिर याह्या हुसेन र डुवाना लामाले नयाँ किर्तिमान राख्न सफल भएका छन्। नासिरले १०० मिटर ब्यास्ट्रोकमा तेन्जिनले हिट चरणमा कायम गरेको १ मिनट ५.८७ सेकेन्डको कीर्तिमानलाई भंग गर्दै १ मिनट ४.४६ सेकेन्डका साथ नयाँ कीर्तिमान कायम गरेका हुन्। यसैगरी, नासिरले १००…
नेपाली बजारमा ४ दिनयता सुनको भाउ घट्दो क्रममा छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार गत आइतवारयता सुनको भाउ घटिरहेको छ। उक्त दिन तोलाको ९४ हजार ८०० रूपैयाँमा कारोबार भएको सुन सोमवार १०० रूपैयाँ घटेर ९४ हजार ७०० रूपैयाँ कायम थियो। मंगलवार तोलामा २०० रूपैयाँ घटेर ९४ हजार ५०० रूपैयाँ कायम थियो। बुधवार सोही दरबाट घटेर…
कर्मचारी सञ्चय कोषले रिक्त दरवन्दीमा आवेदन मागेको छ। कोषमा रिक्त रहेका पदहरुमा लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगिताद्धारा स्थायी पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट मिति २०७९।०३।२८ गते देखि अनलाइन दरखास्त आव्हान गरेको हो। कर्मचारी सञ्चय कोषको लागि सव ईन्जिनियर लगायत अन्य पदहरुमा कर्मचारीहरुको आवेदन मागेको हो। योग्य उम्मेदवारहरुले सूचनामा तोकिएबमोजिम प्रक्रिया पूरा गरी अनलाइन…
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको शेयर बिक्री नभएर बाँकी रहेका ३७ हजार ६२३ कित्तासहित कुल २३ लाख ६६ हजार २४० कित्ता शेयर निष्काशन गरेको जनाएको छ। कम्पनीले जारी गरेको आह्वानपत्रअनुसार तीन…