
१०५ वर्षीया रामबाईले १०० मिटर दौडमा कीर्तिमान कायम गरेकी छन्। बोल्ट बजै नामले चर्चित गुजरातमा सम्पन्न न्याश्नन ओपन मास्टर्स एथलेटिक्स च्याम्पिअनसीपमा १०० मिटर दौड ४५.४० सेकेन्डमा पूरा गर्दै नयाँ भारतीय कीर्तिमान राखेकी हुन्। रामबाई १०० वर्षभन्दा माथि उमेर समूहमा एक्ली प्रतिस्पर्धी थिइन्। सामान्यतया दौडमा समर्थकहरूले धावकलाई छिटो दौडन ताली पिट्छन्। तर, उनका नातेदारहरू भने आफूले…
नेपाल प्रहरीका ३२ जना एसपी एसएसपी बढुवामा सिफारिस भएका छन्। आज (शनिबार) बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो। सिफारिसको पहिलो नम्बरमा गणेश चन्द छ्न्। उनी सिनयर ब्याचका हुन्। यस्तै डिल्लीराज विस्ट पनि बढुवाका लागि सिफारिसमा परेका छ्न्। निर्मला बलात्कार तथा हत्या प्रकरणमा उनी वर्खास्तीमा परेका थिए। (हेर्नुहोस, बढुवा सूची)…
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले आबे आबद्ध ‘विशेष संगठन’विरुद्ध गुनासो गरेको जनाएको छ। ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आबेलाई उक्त समूहको सदस्य भएको विश्वासमा आक्रमण गरेको बयान दिएका छन्। तर, समूहको नाम बताइएको छैन्। शुक्रबार बिहान एक राजनीतिक प्रचार कार्यक्रममा बोल्ने क्रममा आबेमाथि गोली प्रहार भएको थियो। उनको अस्पतालमा उपचारका…
जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको गोली हानी हत्या गर्ने ४१ वर्षीय नारा सहर निवासी व्यक्तिको नाम तेत्सुया यामागामी भएको जापानी संचार माध्यमले जनाएका छन्। घटनास्थलमै नियन्त्रणमा लिइएका उनी अहिले प्रहरी हिरासतमा छन्। उनी जापानी नौसेनाको सेल्फ डिफेन्स फोर्सको पूर्व सदस्य भएको बताइएको छ। तर, रक्षा मन्त्रालयले यसबारे औपचारिक पुष्टि गरिसकेको छैन। जापान ब्रोडकास्टिङ कर्पोरेसन एनएचकेले…
होटल संघ पोखरा नेपालको आयोजनामा हालै पोखरामा एक दिने टुर प्याकेज तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। तालिममा पर्यटन क्षेत्र सम्बद्ध तीन दर्जन व्यवसायीको सहभागिता थियो। आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा टेवा पुगोस् भन्ने उद्धेश्यका साथ नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा कार्यक्रम आयोजना गरिएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। सो अवसरमा बोल्दै सुवेदीले…
गोली प्रहारबाट गंभीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ। जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान आवेमाथि गोली प्रहार भएको थियो। जापानमा साना हतियार प्रतिबन्धित भएकाले कमै मात्रामा गोलीकाण्ड हुने गर्छन्। भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो। गोली लागेपछि उनी सडकमै ढलेका थिए। उनको शरीरबाट रगत बगेको…
आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गरिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सम्पन्न हुने उद्घोष गरिएको छ। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले निर्धारित मितिमै राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बताएका हुन्। शुक्रबार काठमाडौंमा सम्पन्न प्रतियोगिता मुल आयोजक कमिटीको पहिलो बैठकमा मन्त्री गहतराजले तोकिएको मितिमै प्रतियोगिता संचालन हुने बताए। कोभिडका कारण लामो समयदेखि रोकिएको…
बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड २०७८ को उपाधि बागलुङले जितेको हो । बागलुङले समग्रमा १० स्वर्ण, १३ रजत र ४ कास्यपदक सहित रनिङ शिल्ड हात पार्दा नवलपुरले ९ स्वर्ण, ६ रजतका साथ दोस्रो तथा स्याङजा ६ स्वर्ण २ रजत र…
अपर हेवाखोला हाइड्रोपावरको आइपीओ बिक्री खुल्ला गरिएको छ। कम्पनीले असार २४ गतेदेखि १५ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आइपीओ) जारी गरेको हो। प्रतिकित्ता १०० रुपैयाँ दरका १५ लाख कित्ता आइपीओ जारी गरेको कम्पनीले कुल निष्काशन मध्ये ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि…
गण्डकी प्रदेशसभा स्थागित भएको छ। प्रदेश सभामा नेकपा एमालेले अवरोध गरेको हो। बजेटमा आपत्ति जनाउँदै एमालेले विभिन्न माग अघि सारेर अवरोध गरेको हो। अहिले बजेटअन्तर्गत वार्षिक विकास कार्यक्रमको मन्त्रालयगत छलफल चलिरहेको छ। छलफल बिहीबार नै सुरु हुने भनिए पनि एमालेले अवरोध गर्ने देखेर बैठक सुरु हुनुअगावै सूचना टाँसेर शुक्रबारका लागि सारिएको थियो। शुक्रबारको बैठक सुरु…