Author Archive »

श्रीलंकामा सरकारी निवास कब्जा, राष्ट्रपति भागे, प्रधानमन्त्रीको राजीनामा

श्रीलंकामा जारी विरोध प्रदर्शनबीच आन्दोलनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका छन्। कब्जा गरेलगत्तै राजापाक्षे राष्ट्रपति भवनबाट भागेका छन्। राजापाक्षे कहाँ छन् भन्नेबारे कसैलाई जानकारी छैन। उनी श्रीलंकामा छन् वा देश छाडेर गएछन् भन्ने खुलेको छैन। यसैबीच, प्रधानमन्त्री विक्रमासिङ्गेले पनि पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । यहाँ आन्दोलनकारीले…

आजदेखि प्रदेश र स्थानीय तहमा भुक्तानी प्रणाली बन्द

महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आज (आइतबार)देखि बन्द हुने जनाएको छ। कार्यालयले चालू आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश र स्थानीय तहको भुक्तानी आजदेखि बन्द हुने जनाएको हो। वार्षिक खाताबन्दीका क्रममा प्रदेशभर स्थानीय तहमा सञ्चालित प्रणाली आजदेखि बन्द हुने महालेखाले उल्लेख…

जनताको सुरक्षाका लागि राजीनामा दिन तयार छु : श्रीलंका प्रधानमन्त्री

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफू पदबाट राजीनामा दिन तयार रहेको बताएका छन्। सरकार विरोधी प्रदर्शनले उग्र रूप लिएपछि उनले आफू राजीनामा दिएर संयुक्त सरकार बनाउन तयार रहेको बताएका हुन्। उनले देश र जनताको सुरक्षाका लागि आफू राजीनामा दिन तयार रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्। शनिबार साँझ उनले ट्विटरमार्फत सबै राजनीतिक दलका नेताहरूबाट आउने सबैभन्दा…

श्रीलंका संकट : राष्ट्रपति निवास प्रदर्शनकारीको कब्जामा

श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेको निवास प्रदर्शनकाहरूरीले कब्जामा लिएका छन्। हजारौँको सहभागितामा शनिबार आएका प्रदर्शनकारीहरूले राजधानी कोलम्बोस्थित राष्ट्रपतिको निवासलाई कब्जामा लिएका हुन्। राष्ट्रपति राजापाक्षेलाई भने सुरक्षित स्थानमा लगिएको छ। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले हवाइ फायर पनि गरेको थियो। उनीहरू राष्ट्रपति निवासतर्फ बढेको बीबीसीले जनाएको छ। यसैबीच, श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफू पदबाट राजीनामा दिन तयार रहेको…

युट्युबरलाई करको दायरामा ल्याउन सरकारलाई प्रेस काउन्सिलको सुझाव

प्रेस काउन्सिल नेपालले युट्युब च्यानल दर्ता एवं सूचीकरण गरी करको दायरामा ल्याउन सरकारलाई सुझाव दिएको छ। युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जालका सम्पर्क कार्यालय वा कम्पनीका प्रतिनिधि नहुँदा पीडित पक्षको सुनुवाइ नभएको, आपत्तिजनक सामग्री हटाउन समस्या भइरहेको भन्दै सरकारलाई यस्तो सुझाव दिएको हो। यसका साथै काउन्सिलले युट्युब सहितका सामाजिक सञ्जालको नियमनका लागि बेग्लै स्वतन्त्र निकाय बनाउन…

टी–२० विश्वकपको ट्रफी नेपाल ल्याइँदै

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले पुरुष टी–२० विश्वकपको ट्रफी नेपाल ल्याउने भएको छ। आईसीसी पुरुष टी–२० विश्वकप २०२२ को शुक्रबारदेखि काउन्ट डाउन सुरु गरेको आइसीसीले ट्रफीलाई विभिन्न १२ देशको २९ ठाँउमा प्रदर्शनीका लागि राखिने जनाएको छ। आइसीसीका अनुसार अगष्ट ३० र ३१ मा नेपालको काठमाडौंमा प्रदर्शनका लागि राखिनेछ। यसअघि, आइसीसीले २०१८ एकदिवसीय विश्वकपको ट्रफी पनि नेपाल…

आबेको शव टोक्योस्थित निवासमा ल्याइयो

गोली हानेर हत्या गरिएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको पार्थिव शरीर राजधानी टोक्योस्थित उनको निवासमा ल्याइएको छ। आबेको शव उनको निवासमा आइपुग्दा सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का कालो पोशाक लगाएका सदस्यहरूले सम्मान तथा श्रद्धान्जली प्रकट गरेका थिए। आबेको हत्यामा अहिले विश्वले नै आक्रोश र शोक व्यक्त गरिरहेको छ। आबेमाथि शुक्रबार बिहान दक्षिणी सहर नारामा…

माओवादी स्थायी कमिटीको पहिलो बैठकको निर्णय यस्तो रह्यो

नेकपा माओवादी केन्द्रको आज (शनिबार) बसेको बैठकले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेमाथि कारबाही गर्नेदेखि विद्यार्थी संगठनमा देखिएको समस्या समाधान गर्न छानबिन गर्नेसम्मका निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको स्थायी कमिटी बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ।   स्थायी कमिटीको पहिलो बैठकको निर्णयहरू   १. स्थानीय तह निर्वाचनमा घात अन्तर्घात गरेको आवाज उठेपछि…

तनहुँमा पनि ‘नाइरोबी फ्लाइ’को संक्रमण 

गण्डकी प्रदेशको क्षेत्रमा पनि ‘नाइरोबी फ्लाइ’ संक्रमण देखा परेको छ। गण्डकी प्रदेशको तनहुँ जिल्ला र आसपासका क्षेत्रमा केही दिनदेखि ‘नाइरोबी फ्लाई’ नामक किरा देखिन थाले को हो। स्वास्थ्य प्रवद्र्धन तथा निगरानी केन्द्रले यसबाट सतर्क रहन आग्रह गरेको छ। ‘नाइरोबी फ्लाइ’ले टोक्दा वा शरीरमा घर्षण हुँदा बिरामीको छालामा दाग, घाउ आउने पोल्ने जस्ता जटिल समस्याहरु देखिन्छन्।…

भुवनले जिते ‘शुक्ला दोधारा चाँदनी’ साइकल यात्राको उपाधि

महेन्द्रनगरका भुवन विष्टले ‘शुक्ला दोधारा चाँदनी’ साइकल यात्रा जितेका छन्। ‘स्वास्थ्य र पर्यावरणप्रतिको हाम्रो दायित्व’ भन्ने मूल नाराका साथ नेपाली सेनाले आयोजना गरेको उक्त साइकल यात्रामा बिष्ट प्रथम भएका हुन्। कञ्चनपुरको महेन्द्रनगरमा शनिबार नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले आयोजना गरेको साइकल यात्रामा बिष्टले १ घण्टा ४४ मिनेट ५१ सेकेण्डमा निर्धारित ४२…