Author Archive »

दुबई राजपरिवारका सदस्यको पोखरा भ्रमण

दुबई राजपरिवारका सदस्य शेख मोहम्मद बिन माक्तुम जुमा ला माक्तुमले पोखराको भ्रमण गरेका छन्। उनले पोखरा भ्रमण सकेर फर्किएका छन्। उनले पोखराको डेभिसफल, गुप्तेश्वर गुफा, फेवाताल लगायतका पर्यटकीय स्थलको भ्रमण गरे । भ्रमणपछि उनले पोखराको सुन्दरताको प्रसंशा समेत गरे । ‘पोखरा साँच्चै सुन्दर छ। यसको प्रचार राम्रोसँग भए पर्यटक बढ्छन्,’ उनले भने, ‘म छिटै लामो…

एसीसी महिला टी–२० च्याम्पियनसीपमा नेपाल हङकङसँग पराजित

एसीसी महिला टी–२० च्याम्पियनसीपमा नेपाल हङकङसँग ७ विकेटले पराजित बनेको छ। मलेसियाको किनरारा मैदानमा नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५ ओभर ५ बलमा मात्रै ३ विकेट गुमाएर भेटायो। हङकङकी मिरिको हिलले सर्वाधिक ४५ रन बनाइन्। बलिङतर्फ नेपालकी संगीता राईले २ र सीता मगरले १ विकेट लिए। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको…

गोरखाका १६ विद्यालयलाई विपद जोखिम न्यूनीकरणका खेल सामग्री

गोरखाका १६ सामुदायिक विद्यालयलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धी खेल सामग्री वितरण गरिएको छ। एकीकरण नेपाल गोरखाले आयोजना गरेको कार्यक्रममा गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानाले ति विद्यालयलाई सामग्री वितरण गरेका हुन्। विपद् व्यवस्थापनसम्बन्धी विभिन्न ७ प्रकारको खेल सामग्रीहरु वितरण गरेको हो। कागजको भाडा वनाउने तरिका, विपद्सम्वन्धी सर्प र भ¥याङ, आगलागीसम्वन्धी रिले दौड, पहिरो र भू–क्षयसम्वन्धी रुमालचोरी…

असार ९ गतेबाट ‘गण्डकी प्रज्ञा उत्सव’

गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने ‘गण्डकी प्रज्ञा उत्सव’ कार्यक्रमको तयारी पूरा भएको छ। मंगलबार आयोजकले पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार उत्सव यहीं असार ९ गतेबाट ११ गतेसम्म प्रतिष्ठानकै प्राङ्गण पोखरा–१ वगर उपल्लो क्याम्पस गेटमा हुनेछ। उत्सव अन्तर्गत पहिलो दिन असार ९ गते विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी २० जना कलाकारद्वारा पर्यटन, संस्कृति, धार्मिक…

रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरे

चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन्। उनले दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ राखेको बताएका छन्। मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहबाट उनले आफ्नो पार्टीको घोषणा गरेका हुन। राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’ हुने बताएका छन्। घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीको चुनाव चिह्न ‘घण्टी’ हुने बताए। भ्रष्टाचारीहरूको दिमागमा घण्टी बजाउन आफूले पार्टीको…

कतारमा कार्यरत नेपाली महिला श्रमिकका लागि स्वास्थ्यसम्बन्धी जनचेतना

कतारमा कार्यरत महिला श्रमिकका लागि एक दिने महिला स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यकम गरेको छ। गैरअवसीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति र एनएअरएन कतारको महिला विभागको सहकार्यमा आयोजित कार्यक्रममा त्यहाँस्थित नेपाली महिलाहरुले भोग्नुपर्ने समस्याबारे छलफल गरेको थियो। कतारका लागि नेपाली राजदुत लक्ष्मण खनालले आयोजक संस्थालाई धन्यवाद दिँदै भविष्यमा यस्तै कार्यक्रमको आयोजना गर्न सुझाव दिए। उनले आगामी…

पोखरा–८ को योजना तर्जुमा गोष्ठी, ठूला योजनालाई प्राथमिकतामा राख्न सुझाव

पोखरा महानगरपालिका–८ ले वर्ष २०७९/०८० का लागि वार्षिक योजना तर्जुमा गोष्ठी गरेको छ। योजना तर्जुमा गोष्ठीमा वडा ८ स्थित विभिन्न संघसंस्था, टोलविकास समिति, क्लव, आमा समुह, वडास्थित राजनीतिक दलका प्रतिनिधि, जननिर्वाचित प्रतिनिधिलगायतको सहभागिता थियो। कार्यक्रमका सहभागीहरुले वडाभित्र आफ्नों संस्थाले गर्न चाहेका योजनाबारे अवगत गराएका थिए। स–साना गतिविधि भन्दापनि ठूलाखाले योजनालाई प्राथमिकतामा राख्न उनीहरुले जनप्रतिनिधिलाई सुझाव…

गरिबीका कारण पढ्न नपाएका बालबालिकालाई निशुल्क पढाउँछौं : अध्यक्ष बानियाँ

ठूलीमजुवास्थित संरचना टोलको बाटो उद्घाटन गरिएको छ। पोखरा महानगरपालिका–१५ ठूलीमजुवास्थित गल्ली नं ३ को नयाँ ढलान बाटोको वडाध्यक्ष तोरणबहादुर बानियाँले उद्घाटन गरेका हुन्। उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बानियाँले निर्वाचनका बेला व्यक्त गरिएका प्रतिवद्धता अनुरुप पोखरा–१५ लाई ३३ वटै वडामध्ये नमुना र सभ्य नागरिक बसेको वडा बनाउने अभियानमा लागेको बताए। उनले पूर्वाधारको विकासले मात्र…

पोखरा स्पोटर्स अवार्डलाई सघाउने खेलकुद संघसंस्थाको प्रतिबद्धता

छैटौं संस्करणको ‘पोखरा स्पोटर्स, अवार्ड २०७८’ सफल बनाउन गण्डकी प्रदेशका खेल संघसंस्थाहरुले सघाउने प्रतिबद्धता जनाएका छन्। पोखरामा शनिबार आयोजना गरिएको भेलामा उनीहरुले कार्यक्रमलाई सफल पार्न रचनात्मक सुझाब समेत दिएका छन्। अवार्ड कार्यक्रमलाई विवादरहित बनाउनुपर्नेमा उनीहरुको जोड थियो। खेलाडी, प्रशिक्षक, खेल संघ र लाइफटाइम अचिभमेन्ट अवार्डको लागि प्रतिभा छनोट गर्ने आधारबारे उनीहरुले जिज्ञाशा समेत राखे। उनीहरुको…

एसीसी महिला टी–२० च्याम्पियनसीप: नेपालले भुटानलाई ५० रनले हरायो

एसीसी महिला टी–२० च्याम्पियनसीपमा नेपालले विजयी सुरुवात गरेको छ। मलेसियामा सम्पन्न खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७ ओभर ५ बलमा अलआउट बन्यो। भुटानले ४४ रन मात्र बनाउन सक्यो। भुटानका लागि छिरिङ जाङमोले १६, एनगावाङ छोडेनले ८, सोनाम छोडेनले ५ र पेमा सोल्डेनले ४…