
तनहुँको यातायात व्यवस्था कार्यालय विमलनगरमा स्थापना गरिएको छ। भौतिक, पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेश अन्तरगतको यातायात ब्यवस्था कार्यालय तनहुँले असार १ गते (बुधबार)देखि जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. ४ को बिमलनगरबाट सेवा समेत सुरु गरेको हो। यसअघि, डुम्रेको चिसापानीबाट सेवा दिँदै आएको थियो। कार्यालयले यहि जेठ २५ गतेबाटै सवारी साधनको दर्ता…
नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पूरा भएको छ। पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक असार ३ गते शुक्रबारबाट पोखरा ४ गैह्रापाटनमा रहेको गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ। असार ११ गतेसम्म मञ्चन हुने नाटकको पोखरा थिएटरको व्याच ४ र व्याच ५ का प्रशिक्षार्थीले लेखन तथा निर्देशन गरेका छन्। सहजकर्ताको रुपमा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले सघाउनेछन्।…
गण्डकी प्रदेश सरकारले करिब ३६ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यस प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले आज (बुधबार) प्रदेशसभा बैठकमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। आगामी आर्थिक वर्षमा २२ अर्ब १४ करोड रुपैयाँ पुँजीगत खर्च हुनेछ भने बाँकी चालुतर्फ खर्च हुने छ। यसैगरी, बजेटबाट २ अर्ब रुपैयाँ स्थानीय…
आज, असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ। गृह मन्त्रालयले सूचना निकालेर गएको २३ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार आजदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो। कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा २ दिन बिदा दिने निर्णय खारेज गरेको हो।…
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले अध्ययनका लागि काठमाडौं आएका विद्यार्थीहरुलाई पनि सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउन माग गरेको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्राविधिक निर्देशक डा.नारायणप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले सबै विद्यार्थीलाई सहुलियतमा चुल्हो उपलब्ध गराउन माग गरेको हो। अध्ययन गर्न देशका विभिन्न जिल्लाबाट काठमाडौं आई डेरा गरी बसेका विद्यार्थीहरुलाई विद्युतीय चुल्होको आवश्यकता…
अन्तरमहादेशीय प्लेअफमा पेरुलाई हराउँदै अस्ट्रेलिया कतारमा हुने सन् २०२२ को विश्व कप फुटबलमा छनोट भएको छ। गएराति भएको खेलमा अस्ट्रेलियाले पेरुलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराएको हो। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो। अस्ट्रेलिया सन् २००६ को विश्व कपपछि लगातार प्रतियोगितामा छनोट हुँदै आएको छ। फिफा विश्वकप फुटबलमा एसिया…
पोखरा–१७ स्थित ड्यामसाइड क्लबले सल्लाहकार चयन गरेको छ। क्लबले मंगलबार एक कार्यक्रमबीच अधिवक्ता केशवराज वराल, इञ्जीनियर किसानसिं गुरुङ र समाजसेवी कल्पना श्रेष्ठलाई २ वर्षको लागि क्लबको सल्लाहकारमा मनोनीत गरेको हो। सल्लाहकारमा मनोनित सबै जनालाई निर्वतमान अध्यक्ष पदमबहादुर ढकाल र अध्यक्ष प्रताप गुरुङले प्रमाण पत्र प्रदान गरे। खेल तथा सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान वनाउन सफल…
पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनको मिति तय भएको छ। संघका अध्यक्ष नारायण कोइरालाको अध्यक्षतामा आइतबार सम्पन्न बोर्ड बैठकले आउँदो भदौ २४ र २५ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। महाधिवेशनले आउँदो २ वर्षको लागि अध्यक्ष र पदाधिकारीसहित नयाँ कार्यसमिति चयन गर्नेछ। संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यक्रम सम्पन्न गर्नको लागि…
कास्की अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रुपा गाउँपालिकाले जितेको छ। पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा आइतबार भएको फाइनलमा अन्नपूर्ण गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै रुपाले उपाधि उचाल्न सफल बन्यो। रुपाले अन्नपूर्णलाई २९–२७, २३–२५, २५–२२, २०–२५ र १५–११ ले जितेको हो। विजेता रुपाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद हात पार्न सफल बन्यो।…
बीटी ट्रेनिङ सेन्टरको समूह ‘बी’ले पेनाल्टी शुट आउट प्रतियोगिताको उपाधि जितेको छ। विजयपुर फुटबल पेनाल्टी शुट आउट प्रतियोगितामा बीटी ट्रेनिङ सेन्टर समुह ‘बी’ ले ट्वान्टी फाइव ‘के’ लाई ८–७ ले जित निकाल्दै उपाधि जितेको हो। पोखरा महानगरपालिका वडा नं.२६ को विजयपुरमा आयोजना गरेको प्रथम विजयपुर फुटबल पेनाल्टी शुट आउट प्रतियोगितामा ४० टिमले प्रतिस्पर्धा गरेको थियो।…