
कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो। प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागिएको छ। त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण…
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पोलिटब्युरोमा अब १५६ जना सदस्य रहने भएका छन्। यसअघि, १२५ जनाको पोलिटब्युरो रहने भनिएकामा आकांक्षी धेरै भएपछि संख्या बढाइएको हो। बैठकमा अध्यक्ष प्रचण्डले १५६ जनाको पोलिटब्युरो बनाउन सकिने वैधानिक आधार रहेको भन्दै संख्या बढाउने प्रस्ताव गरे। उनले १२५ भन्दा बढी नेताहरुको नाम पोलिटब्युरोमा रहने भन्दै बाचन गरे। केही नाम अझै…
नेकपा माओवादी केन्द्रले स्थायी कमिटीमा ४१ सदस्यीय बनाउने भएको छ। काठमाण्डौमा चलिरहेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीका सदस्यका एक तिहाइसम्म स्थायी कमिटी सदस्य बनाउन सकिने विधानमा भएको व्यवस्थाअनुसार ४१ सदस्यीय स्थायी कमिटी हुने जानकारी दिएका छन्। प्रचण्डले यसअघि नै सदस्य रहेका १५ जनाको नाम वाचन गरेका हुन्। बाँकीको नाम छिट्टै टुंगो…
सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिने अल्पकालीन अन्तरिम आदेश दिएको छ। निगम अध्यक्षमा ४ वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिएको हो। अधिकारी २०७८ कात्तिक ११ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए। आदेशमा अहिलेका दिपुराज…
माओवादी केन्द्रको १२५ सदस्यीय पोलिटब्युरो सदस्यमध्ये गण्डकी प्रदेशबाट मात्रै ४ दम्पत्तीले अवसर पाएका छन्। बिहीबार अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको उक्त संख्याको पोलिटब्युरो सदस्यमध्ये नेता देव गुरुङ, हितमान शाक्य, शिक्षामन्त्री देवेन्द्र पौडेल, युवा नेता देवेन्द्र पराजुलीको दम्पत्ती पोलिटब्युरो सदस्यमा नाम आएको छ। प्रस्तावित नामहरुमा नेता देव गुरुङकी यशोदा सुवेदी ‘प्रभा’, नेता हितमान शाक्यकी अमृता थापा, शिक्षामन्त्री…
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन्। पछिल्ला २ दिनमा बोरिस जोनसनको क्याबिनेटका धेरै मन्त्रीहरूले राजीनामा दिएका छन् र धेरै सांसदहरू उनको विरुद्धमा उभिएका छन्। उनको राजीनामापछि अब कन्जरभेटिभ पार्टीमा नेता पदका लागि प्रतिस्पर्धा हुने र अक्टोबरमा पार्टीको महाधिवेशनमा नयाँ प्रधानमन्त्रीको घोषणा गरिनेछ। यसैबीच, बोरिस जोनसनले प्रधानमन्त्रीको रूपमा भने निरन्तरता पाउनेछन्।…
बाजुराको बुढीगंगा नगरपालिकामा मतदान सुरु हुँदैछ। गत वैशाख ३० गते भएको निर्वाचन विवादपछि त्यसलाई रद्द गरिएको थियो। बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। बुढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन्। यस्तै उपमेयरमा कांग्रेसबाट रीता शाही र एमालेबाट मायाकुमारी खड्का उम्मेदवार छन्। निर्वाचनलाई स्वच्छ वातावरणमा सम्पन्न गर्न सुरक्षा…
पञ्जाबका मुख्यमन्त्री भागवंत मान विवाह बन्धनमा बाँधिएका छन्। ४८ वर्षका मुख्यमन्त्री मानले आफूभन्दा १६ वर्ष कम उमेरकी डा. गुरप्रीत कौरसँग विवाह गरेका हुन्। बिहीबार मुख्यमन्त्री निवासमा विवाह समारोह आयोजना गरिएको थियो। विवाहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि सहभागी भएका थिए। यो मुख्यमन्त्री मानको दोस्रो विवाह हो। उनी पहिलो श्रीमतीसँग सन् २०१५ मा अलग भएका थिए।…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आमसंचार विधेयक प्रेसमैत्री हुने दाबी गरेका छन्। ‘यो वा त्यो बहानामा प्रेसमाथि नियन्त्रण गर्न हुँदैन, त्यसबारे आफूले निर्देशन समेत दिइसकेको छु।’ नेपाल प्रेस युनियन कास्कीको महाधिवेशन लक्षित भेलालाई बुधबार सम्बोधन गर्दै उनले लोकतन्त्रका लागि लडेका संचारमाध्यममाथि अंकुश लगाउने गरी आमसंचार विधेयक नआउने विश्वास दिलाए। आमसंचार विधेयक संसदमा छलफलका क्रममा…
अविरल वर्षाका कारण पोखरा लगायत कास्कीका केही ठाउँहरु डुबानमा परेका छन्। शुक्रबार बेलुकीदेखि परेको अविरल वर्षाका कारण घरहरु डुबानमा परेका हुन्। घर डुबानमा परेकाहरुलाई उद्धार समेत गरेको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पोखराको वडा नं २५ को हेमजालगायत म्याग्दी टोल, सुन्दरपुरी, खहरेटारीमा गरी करिब ७० घर डुबानमा परेको हो। घर डुबानमा परेका करिब ३…