
यु–१९ को साफ च्याम्पियनसीप प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ। यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको २ टोलीबीचको आज(मंगलबार) भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भएको हो। जीतसँगै भारत समूह विजेता बनेर सेमिफाइनल पुगेको छ। नेपाल उप विजेतामै सीमित बनेर सेमिफाइनलमा खेल्दैछ। भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा भारतलाई जीत दिलाउन रोहिन…
आइसीसी महिला टी–२० विश्वकपको एशिया छनोट खेलमा नेपाल हङकङसँग पराजित भएको छ। नेपाल हङकङसँग ७ विकेटले पराजित भएको हो। थाइल्यान्डको एआईटी ग्राउन्टमा नेपालले दिएको ३० रनको लक्ष्य हङकङले ४ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो। हङकङकी शनजीन शाहजादले नटआउट १५ रन बनाइन्। नेपालकी कविता कुँवरले २ विकेट लिइन्। यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको…
लोमान्थाङ अन्तराष्ट्रिय मिडिया समिट मुस्ताङको मार्फा पुगेको छ। नेपाल पे्रस युनियनको आयोजनामा सुरु भएको मिडिया समिटको टोली तेस्रो दिन मुस्ताङको मार्फा पुगेको हो। कास्कीको अन्नपूर्ण गाउँपालिका र पर्वतको जलजला गाउँपालिकामा कार्यक्रम गर्दै मिडिया समिटको टोली मुस्ताङ पुगेको हो। पोखराको अन्नपुर्ण केवलकारमार्फत फेवातालको मनोरम दृश्य अवलोकन गर्दै सराङकोट पुगेर यात्रा सुरु गरेको थियो। समिटमा सहभागी राष्ट्रिय…
नेपालले यु–१९ साफ च्याम्पियनसीपको सेमिफाइनलमा स्थान बनाएको छ। भारतको अरुणाञ्चलस्थित गोल्डेन जुबिली रंगशालामा भइरहेको १९ वर्षमुनिको साफ च्याम्पियनसीपमा श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो। सोमबार भएको खेलमा नेपालले श्रीलंकालाई ५–० ले हरायो। नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको हो। नेपालका लागि सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम ठकुरी, विज्ञान खड्का र लक्षु थापाले गोल…
प्रेस सेन्टर नेपालले आइतबार सरकारलाई १५ बुँदे ज्ञापन पत्र बुझाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ र मन्त्रालयका सचिव राधिका अर्याललाई भेटेर बुझाइएको ज्ञापन पत्रमा पत्रकारको हत्या, पत्रकारमाथि भौतिक आक्रमण, संचार गृहमाथि आक्रमण, पत्रकारको पेसागत असुरक्षाका घटनाले प्रेस स्वतन्त्रता अधिकार संकुचित भइरहेको उल्लेख छ। संघीय, प्रदेश र स्थानीय सरकारलाई एकसाथ ज्ञापन पत्र बुझाउने…
प्रेस सेन्टर नेपाल कास्की शाखाले जिल्ला प्रशासन कार्यालय कस्कीमा ज्ञापन पत्र बुझाएको छ। पत्रकारको पेसागत हकहितसहित १० बुँदे माग पेश गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत आइतबार संघीय सरकारलाई विभिन्न मागसहितको ज्ञापन पत्र बुझाइएको प्रेस सेन्टर कास्कीले जनाएको छ। प्रमुख जिल्ला अधिकारी पाण्डेले ज्ञापनपत्र बुझ्दै प्रेस सेन्टरले उठान गरेका मागहरू जायज र समय सान्दर्भिक…
पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर नेपाल तनहुँले ज्ञापन पत्र बुझाएको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई आइतबार ज्ञापनपत्र बुझाउँदै प्रेस सेन्टर नेपाल तनहुँले पेशागत सुरक्षाको माग गरेको हो। प्रेस सेन्टर नेपाल तनहुँकी अध्यक्ष अस्मिता खनाल, सचिव विनोद ढुंगानाले ७ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका हुन्। सार्वजनिक समारोह र सामाजिक सञ्जालबाट पत्रकार र पत्रकारिता…
प्रेस सेन्टर नेपाल नवलपुर शाखाले पत्रकारहरूको हकहित, पेशागत सुरक्षा तथा संचारमाध्यमको सुदृढीकरणका लागि विविध मागहरू अघि सार्दै सूचना तथा संचार प्रविधि मन्त्री माननीय पृथ्वीसुब्बा गुरुङलाई १० बुँदे ज्ञापन पत्र बुझाएको छ। प्रमुख जिल्ला अधिकारी भवेश्वर पाण्डेमार्फत ज्ञापनपत्र पठाइएको हो। शाखा सचिव राजु सुवेदी ‘कल्पित’ का अनुसार ज्ञापन पत्रमा संचारकर्मीहरूको पेशागत सुरक्षाको प्रत्याभूति, संचारमाध्यमहरूलाई राज्यले दिनुपर्ने…
पोखराबाट लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट सुरु गरिएको छ। नेपाल प्रेस युनियनको आयोजनामा मिडिया समिट सुरु गरिएको हो। शुक्रबारदेखि सुरु मिडिया समिटअन्तर्गत ‘पोखरा सेसन’ मा जलवायु परिर्वतन र प्रेस स्वतन्त्रताको विषयमा चिन्ता व्यक्त गरिएको छ। समिटअन्तर्गत आइतबार ‘पोखरा सेसन’ भएको हो। कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समयमा जलवायु परिवर्तनका असर र मिडियाका चूनौतिका विषयमा चिन्ता व्यक्त गरेका…
जुम्लाका दलबहादुर कुँवर र कल्पना बुढाले छैटौं जुम्ला–रारा अल्ट्रा म्याराथन जितेका छन्। ५१ किलोमिटर म्याराथन दूरी दलबहादुर कुँवरले ५ घण्टा ५३ मिनेट १७ सेकेण्डमा पूरा गरी उपाधि जितेका हुन्। सो स्पर्धामा ६ घण्टा ७ मिनेट ५५ सेकेण्डमा दूरी पूरा गर्दै त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ दोस्रो भए। त्यसैगरी, ६ घण्टा १० मिनेट ४ सेकेन्डमा दूरी…