Author Archive »

आहा ! रारा पोखरा गोल्डकप: संकटा सेमिफाइनलमा

संकटा क्लबले पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा आज (सोमबार) भएको प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलले हराउँदै संकटाले सेमिफाइनलमा स्थान बनाएको हो। सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी पहिलो खेलबाटै बाहिरियो। संकटाको जितमा मेस्सुके, सुरजज्यू ठकुरी र स्टेफेनले गोल गरे। आर्मीको…

अग्रज पत्रकार नारायण कार्कीलाई सम्मान

स्वतन्त्रताका सेनानी एवं अग्रज पत्रकार नारायण कार्की मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकीद्वारा सम्मानीत भएका छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकीले आफ्नो १४ औं स्थापना दिवसको अवसरमा एकेडेमीले पत्रकार कार्कीलगायत पूर्व फुटबल खेलाडी र नृत्यकर्मीलाई सम्मान गरेको हो। गण्डकी प्रदेशसभा सदस्य खगराज अधिकारीले पत्रकार कार्कीलाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेका हुन्। त्यस्तै, एकेडेमीले पूर्व फुटबल खेलाडी…

निरज गुरुङले जिते गण्डकी प्रदेशस्तरिय ठेलोको उपाधि

निरज गुरुङले गण्डकी प्रदेशस्तरिय ठेलो प्रतियोगिताको उपाधि जितेका छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकीले आफ्नो १४ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको गण्डकी प्रदेशस्तरिय ठेलो प्रतियोगितामा निरजले उपाधि जितेका हुन्। पोखरा रंगशालामा आज (सोमबार) आयोजित ठेलो प्रतियोगितामा निरजले १५.१९ मिटर ठेलो फाल्दै पहिलो भए। उनले नगद ३५ हजार रुपैयाँ नगद पुरस्कार जिते। त्यस्तै, प्रतिस्पर्धी किरण…

माघको ८ देखि पोखरामा तेस्रो संस्करणको टाइगर कप भलिबल

आगामी माघको ८ गतेदेखि पोखरामा तेस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता हुने भएको छ। ‘टाइगर ग्रुप अफ पोखरा नेपाल’को आयोजनामा तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ। प्रतियोगितामा २ विदेशी क्लबसहित महिला र पुरुषतर्फ गरी ५/५ टिमको सहभागिता…

गण्डकी प्रदेशसभाको अधिवेशन आज

गण्डकी प्रदेशसभाको आज (सोमबार) अधिवेशन सुरु हुँदैछ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आज (सोमबार) दिउँसो ३ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन्। अधिवेशन प्रदेशसभा भवन नदीपुरमा हुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले यसअघि, विज्ञप्तिमार्फत जनाएका जानकारी दिएका थिए। आज ११ बजे सर्वदलीय बैठक बस्दैछ। उक्त बैठकले नै संसद…

हरिबहादुर चुमान माओवादी केन्द्र गण्डकीको संसदीय दल नेता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन भएका छन्। सो दलको आइतबार साँझ बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र नं १ (२) बाट प्रत्यक्ष निर्वाचित चुमानलाई सर्वसम्मत दलको नेता चयन गरेको हो। उनका अनुसार ज्येष्ठ सदस्य कृष्ण धितालको अध्यक्षतामा दलको बैठक बसेको थियो। संसदीय दलको नेताबाहेकका अन्य पदाधिकारी…

आहा ! रारा पोखरा गोल्डकप: चर्च ब्वाइजसँग मच्छिन्द्र स्तब्ध

नवप्रवेशी टोली चर्च ब्वाइज युनाइटेड क्लबले पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा आज (आइतबार) भएको प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई ३–१ ले पाखा लगाउँदै चर्च ब्वाइजले सेमिफाइनलमा स्थान बनाएको हो। आशिष चापागाइँको २ गोल मद्दतमा चर्च ब्वाइजले पहिलो हाफमा २ गोल र दोस्रो…

अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा जे देखियो (फोटोफिचर)

पोखराको अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएसँगै सुन्दर पर्यटकीय नगरीका पोखरेलीहरुले उनेर राखेको ५ दशक लामो सपना पूरा भएको छ। ५ दशक लामो प्रतीक्षापछि निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुने अवस्थासम्म आइपुग्नु पोखरा र पोखरेलीहरूका लागि गर्वको विषय हो। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भनेर तत्कालीन समयमा जग्गा अधिग्रहण गर्ने कार्यदेखि यसको निर्माणका निमित्त निरन्तर संघर्ष…

देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै विमानस्थल निर्माणले पोखरामा मात्रै नभइ सिंगै देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने औंल्याएका छन्। विमानस्थल निर्माणका लागि आफूले लिएको पहलकदमीबारे चर्चा गर्दै आफैँले प्रधानमन्त्रीको रूपमा उद्घाटन गर्न पाउँदा हर्ष र गर्व दुवै लागेको समेत उनले बताए। प्रधानमन्त्री ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर जनताको निम्ति…

पूरा भयो पोखरेलीको ५ दशकदेखिको सपना

पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज (आइतबार) देखि संचालनमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका हुन्। आज पोखरामा आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन्। विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल शनिबार बिहान राजधानी…