
सत्तारूढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व भागबन्डा मिलाइएको छ। आज (आइतबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेकपा एमाले ४, माओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको हो। सहमतिअनुसार एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने भएको छ भने माओवादी केन्द्रले वागमती…
गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशको आन्तरिक राजश्व बृद्धि गरेको दाबी गरेका छन्। करिब करिब मन्त्रीबाट विदा हुने अवस्थामा पुगेका मन्त्री बरालले मन्त्रालयमै आज (आइतबार) पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर यस्तो बताएका हुन्। मन्त्री बरालले आफ्नो डेढ वर्षको छोटो कार्यकालमा पनि प्रदेशको आन्तरिक राजश्व बृद्धि गर्न केही सार्थक प्रयास गरेको दाबी गरे। राजश्व अभिवृद्धिमा…
काठमाण्डौंको संकटा फुटबल क्लबले दोस्रो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ। संकटाले आज (शनिबार) पोखरा रंगशालामा भएको फाइनल खेलमा पाहुना टोली भुटनिज युथ स्पोर्ट्स क्लब (बीवाइएस्सी) लाई ३–२ गोलले हराउँदै संकटाले उपाधि जितेको हो। उपाधिसँगै संकटाले १२ लाख पुरस्कार जितेको छ। उपविजेता बनेको बीवाइएस्सीले ६ लाख पुरस्कार जित्यो। संकटाको जितमा सुरजज्यू ठकुरी,…
२२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज (शनिबार) दिउँसो साढे एक बजे हुँदैछ। काठमाण्डौंको संकटा फुटबल क्लब र पाहुना टोली अमेरीकाको भुटनिज युथ स्पोटर्स क्लब (बिवाइएस्सी) ले उपाधिका लागि फाइनल खेलमा प्रतिस्पर्धा गर्दैछन्। दुबै टोली उपाधि जित्ने रणनीति र दाउमा छन्। संकटा दोस्रो पटक उपाधि जित्ने दाउमा छ भने…
भुटनिज युथ स्पोर्ट्स क्लब (बीवाइएस्सी) युएसए पोखरामा जारी २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। बीवाइएस्सीले प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो। आज (बिहीबार) भएको प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा बीवाइएस्सीले चर्च ब्वाइज युनाइटेड क्लबमाथि १–० को जित निकाल्दै फाइनल पुगेको हो। बीवाइएस्सीको जितमा रोजिन प्रजापति नायक बने। रोजिनले पहिलो…
संकटा क्लबले पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा आज (बुधबार) भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा विभागीय सशस्त्रको एपीएफ क्लबलाई ४–१ ले पाखा लगाउँदै संकटाले फाइनल यात्रा तय गरेको हो। १९ संस्करणको विजेता संकटाले सुरुवाती ५ औं मिनेटमै अग्रता लियो। स्टेफन बिनोङले संकटालाई सुरुवाती अग्रता दिलाए। एपीएफका…
पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। पोखरा रंगशालामा मनाङ मस्र्याङ्दी र विदेशी भुटनिज स्पोर्ट्स क्लब (बीवाइएस्सी) युएसएबीचको अन्तिम क्वार्टरफाइनल सकिएसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो। प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलबाट विदेशी बीवाइएस्सी युएसएले सेमिफाइनल यात्रा तय गरेको छ। अब, बीवाइएस्सी युएसएसँगै संकटा क्लब, चर्च ब्वाइज युनाइटेड क्लब र…
संकटा क्लबले पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा आज (सोमबार) भएको प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलले हराउँदै संकटाले सेमिफाइनलमा स्थान बनाएको हो। सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी पहिलो खेलबाटै बाहिरियो। संकटाको जितमा मेस्सुके, सुरजज्यू ठकुरी र स्टेफेनले गोल गरे। आर्मीको…
नवप्रवेशी टोली चर्च ब्वाइज युनाइटेड क्लबले पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा आज (आइतबार) भएको प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई ३–१ ले पाखा लगाउँदै चर्च ब्वाइजले सेमिफाइनलमा स्थान बनाएको हो। आशिष चापागाइँको २ गोल मद्दतमा चर्च ब्वाइजले पहिलो हाफमा २ गोल र दोस्रो…
पोखराको अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएसँगै सुन्दर पर्यटकीय नगरीका पोखरेलीहरुले उनेर राखेको ५ दशक लामो सपना पूरा भएको छ। ५ दशक लामो प्रतीक्षापछि निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुने अवस्थासम्म आइपुग्नु पोखरा र पोखरेलीहरूका लागि गर्वको विषय हो। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भनेर तत्कालीन समयमा जग्गा अधिग्रहण गर्ने कार्यदेखि यसको निर्माणका निमित्त निरन्तर संघर्ष…