Hero News »

निसिमको निधनमा प्रदेश खेलकुद गण्डकीद्वारा दु:ख व्यक्त

प्याराग्लाइडिङ खेलाडी निसिम थापामगरको निधनमा प्रदेश खेलकुद परिषद गण्डकीले दु:ख व्यक्त गरेको छ। नेपाल आर्मीका खेलाडी २६ वर्षिय निसिमको आइतबार प्रतिस्पर्धाका क्रममा निधन भएको थियो। प्रदेश खेलकुदका उपाध्यक्ष धोजकुमार गुरुङ र कार्यवाहक सदस्य सचिव घनश्याम भुसालले संयूक्त प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धी प्याराग्लाइड्रि दुर्घटनामा परी निसिमकामे निधनप्रति प्रदेश खेलकुद मर्माहत एवं स्तव्ध…

राष्ट्रिय खेलकुद: नेपाली सेनाका डुवानाले राष्ट्रिय कीर्तिमान तोडिन्

राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपाली सेनाकी डुवानाद्वारा दोश्रो दिन पनि राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्। डुवानाले ५० मिटर ब्रेष्ट स्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। फिसटेल एकेडेमीमा भएको प्रतियोगितामा डुवानाले ५० मिटर ब्रेष्टस्ट्रोकमा १३ औं सागमा कीर्तमान राखेको आफ्नै ३५:४६ सेकेन्डको समयमा सुधार गर्दै ३५:२३ सेकेन्ड समयको नयाँ कीर्तिमान कायम गरेकी हुन्। उक्त स्पर्धामा एपीएफकी रोयल…

राष्ट्रिय खेलकुद: नेपाली सेनाका नासिर याह्या हुसेनले आफ्नै २ राष्ट्रिय कीर्तिमान तोडे

राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपाली सेनाका नासिर याह्या हुसेनले २ राष्ट्रिय कीर्तिमान तोडेका छन्। पहिलो दिन पनि १ राष्ट्रिय कीर्तिमान कायम गरेका नासिरले दोश्रो दिन नासिरले २०० मिटर फ्रिस्टायल र २०० मिटर ब्यक्तिगत मिड्लेमा गरी २ कीर्तिमान तोडेका हुन्। नासिरले २०० मिटर फ्रिमा आफ्नै नाममा रहेको १ मिनट ५८:३० सेकेन्डको समयमा सुधार गर्दै १ मिनट ५५:३९…

राष्ट्रिय खेलकुद: फुल कन्ट्याक्ट कराँतेमा गण्डकी, आर्मी र सशस्त्रलाई समान ३ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँते खेलमा गण्डकी प्रदेश, नेपाल आर्मी र सशस्त्र प्रहरीले समान ३/३ वटा स्वर्ण जितेका छन्। शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिस्पर्धामा गण्डकीले पुरुषफर्तको ३०—४०, ४५—५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०—५५ तौल समूहमा १ स्वर्ण जितेको हो। त्यसैगरी, नेपाल…

राष्ट्रिय खेलकुद: आइटीएफमा आर्मीलाई ७ स्वर्ण

बागलुङमा जारी आइटीएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी ७ स्वर्ण पदकसहित अग्रस्थानमा छ। अहिलेसम्मको खेलमा बागमती प्रदेशले ३ र गण्डकीले १ स्वर्ण जितेको छ। एकल प्याट्रनमा ६ र टिम प्याटर्नमा एक स्वर्ण जित्दै आर्मीले जारी प्रतियोगितामा आफ्नो वर्चश्व कायम राखेको हो। आइतबार भएको पुरुष टिम प्याट्रनमा नेपाल आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले…

अब, केही दिनसम्मलाई प्याराग्लाइडिङ उडानमै रोक

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशै भरका प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ। प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्नलाई अर्को व्यवस्था नहुन्जेल सम्मलाई स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन्। प्रवक्ता निरौलाका अनुसार सुरक्षा व्यवस्थालाई मजबुत बनाउने उद्देश्यले अर्को व्यवस्था नहुञ्जेल सम्मका लागि देशैभरका प्याराग्लाइडिङ स्थगित गरिएको हो। प्राधिकरणले प्याराग्लाइडिङ…

नवौं राष्ट्रिय : प्याराग्लाइडिङ दुर्घटना हुँदा आर्मीका खेलाडी निशिमको निधन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निसिम थापाको निधन भएको छ। आइतबार विहान उडानको केही समय पछि नै उनी दुर्घटनामा परेका हुन्। पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाबाट सहभागी २८ वर्षिय निशिम पोखरा सराङकोटबाट उडान भरेका थिए। प्रतियोगिता अन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रीको खेल जारी थियो। ‘उडानलगत्तै, उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो,’ एक…

राष्ट्रिय खेलकुद: एथलेटिक्समा आर्मीका २ कीर्तिमान

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लबले आइतबार २ नयाँ कीर्तिमान कायम गरेको छ। पोखरा रंगशालाको ट्रयाकमा बिहान भएको ४ सय मिटर महिला हडल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन्। जयरानीले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन्। यसअघि, उनले ४४ औं…

राष्ट्रिय खेलकुद: साइक्लिङको डाउनहिलमा आर्मीलाइ २ स्वर्ण

गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (शनिबार) पोखरामा भएको साइक्लिङको डाउनहिल विधामा पुरुष र महिला तर्फ दुवै स्वर्०ा नेपाल आर्मीका खेलाडीले जितेका छन्। पुरुषतर्फ नेपाल आर्मीका राजेश मगरले १४ सय मिटरको दूरी रहेको डाउनहिल १ मिनेट ४९.१० सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्। त्यस्तै, बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१०…

राष्ट्रिय खेलकुद: पौडीबाजहरु नयाँ रेकर्ड कायम गर्दै

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि पोखरामा सुरु भएको पौडी प्रतियोगीतामा नयाँ रेकर्ड कायम भएको छ। १३ औँ सागमा १५ सय मिटर फ्री–स्टाइलमा १७ मिनेट ४९.९५ सेकेण्ड लगाएका त्रिभुवन आर्मी क्लवका नासीर याहा हुसेनले शनिबार विहान फिस्टेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगिताको १५ सय मिटर फ्री–स्टाइलमा १६ मिनेट ५०.२१ सेकेण्डमा दूरी पूरा गर्दै यसअघिको आफ्नै रेकर्ड…