
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलको दोस्रो खेलमा बिभागीय टिम नेपाल आर्मीले सहज जित निकालेको छ। स्याङजाको वालिङमा भएको खेलमा आर्मीले मधेशलाई ६–० गोल अन्तरले पराजित गरेको हो। आर्मीले खेलको ९ औ मिनेटमा ईन्दिरा राईको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल गर्दै ईन्दिराले अग्रता दोब्बर पारिन्। पहिलो हाफमा २ गोलले अगाडि…
नवौं राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत विहीबार सशस्त्र प्रहरी बलको एपीएफ र मधेश प्रदेश बिजयी भएका छन्। विहीबारको पहिलो खेलमा एपीएफले गण्डकी प्रदेशलाई र दोस्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बिजयी भएका हुन्। विहीबारको पहिलो खेलमा एपीएफ क्लवले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ। पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७…
गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेशले बिजयी सुरुवात गरेको छ। गण्डकी बोर्डिङ स्कुल लामौचौर पोखराको मैदानमा विहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले प्रदेश–१ लाई ७–० अन्तरले पराजित गर्दै बिजयी शुरुवात गरेको हो। गण्डकीका तर्फबाट सोनु बरालले १३ औं मिनेटमा खाता खोलेकी थिइन्। त्यसको २ मिनेटपछि नै…
गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बिजयी सुरुवात गरेको छ। पोखराको याम्दीस्थित गोष्तेघाट खेलमैदानमा विहीबारदेखि सुरु भएको खेलमा एनआरएनएले प्रदेश–१ लाई २–० अन्तरले पराजित गर्दै बिजयी सुरुवात गरेको हो। एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले गोल गरे। विमलले खेलको ८ औं मिनेटमा गोल गर्दै एनआरएनएको खाता…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबल खेलमा गण्डकीले तेस्रो जित निकालेको छ। प्रतियोगिताअन्तर्गत पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज (बुधबार) भएको खेलमा घरेलु गण्डकीले बागमतीलाई ३२–१४ ले जित्दै महत्वपूर्ण ३ अंक बटुलेको छ। लगातार ३ खेल जितेको गण्डकीले योसँगै ९ अंक बटुलेको छ। गण्डकीका विशाल बस्नेतले सर्वाधिक ६ गोल गरे। पुरुष ह्याण्डबलमा विभागीय आर्मीको…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुधबार फेन्सिङको पुरुष टिम फोयलमा बागमतीले नेपाली सेनालाई पन्छाउँदै स्वर्ण पदक जितेको छ। बागमतीको यो फेन्सिङ तेस्रो स्वर्ण पदक समेत हो। पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा नेपाली सेनाले रजत पदकमा चित्त बुझाउँदा सुदूरपश्चिम र प्रदेश–१ ले कास्य पदक प्राप्त गरेका छन्। महिला ईपी टिम इभेण्टको स्वर्ण नेपाली सेनाले…
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बुधबार नेपाल पुलिस क्लव र लुम्बिनी प्रदेश विजयी भएका छन्। जितसँगै पुलिस क्लव सूुहको शीर्षस्थानमा पुगेको छ। समूहमा सम्पन्न २ खेलमध्ये पुलिसले दुवैमा जित हासिल गर्दै ४ अंक जोडेको छ। बुधबारको खेलमा पुलिसले प्रदेश–१ माथि ११८ रनको फराकिलो जित निकाल्यो। पहिला व्याटिङ गरेको पुलिसले २० ओभरमा…
प्रदेश खेलकुद परिषद गण्डकीको कार्यबाहक सदस्य सचिवको रुपमा घनश्याम पौडेलले बुधबार कार्यभार सम्हालेका छन्। यूवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुखसमेत रहेका पौडेलले सदस्य सचिवको समेत कार्यभार सम्हालेका हुन्। सोमबार सदस्य सचिव तेजबहादुर गुरुङको उमेर हदका कारण पदावधी सकिएलगत्तै मन्त्रालयले पौडेलललाई कार्यबाहक सदस्य सचिवको जिम्मेवारी सुम्पिएको हो। पौडेलले कार्यवाहक सदस्य सचिवको रुपमा पहिलो पटक कार्यभार सम्हाल्ने…
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटनमा ओलम्पिक फ्लेम प्रज्वलन गरिदेंछ। ओलम्पिक टर्च आज (बुधबार) लुम्बिनी पुग्दैछ। उमेश मास्केको संयोजकत्वमा रहेको ओलम्पियन टोलीले ओलम्पिक टर्च काठमाडौंबाट लुम्बिनी लग्दैछन्। नवौंको आयोजनास्थल गण्डकी प्रदेशको राजधानी पोखरा पुग्नेछ। ओलम्पिक टर्च लैजाने मास्के संयोजक रहेको टोलीमा मुकुन्दहरी श्रेष्ठ, रामबहादुर गिरी, अर्जुन पण्डित राजकुमारी पाण्डे र भगवती केसी छन्।…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दोस्रो दिन फेन्सिङ एकल सेवरतर्फ एपीएफका राजेन्द्र गजुरेलले स्वर्ण जितेका छन्। त्यस्तै, महिलातर्फको फोयलमा आर्मीकी रमा सिंहले स्वर्ण जितेका छन्। पुरुषतर्फको इपीमा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जितिसकेका छन्। गजुरेलले एपीएफका लागि पहिलो स्वर्ण दिलाए। यसअघि, ७ औ राष्ट्रिय खेलकुदमा टिम इभेन्टमा रजत, ८ औंमा टिम र एकलमा रजत…